क्लोजिङ २०८०/८१
सहकारीहरुले भने, ‘सदस्यज्यूहरु, हार्दिक धन्यवाद !’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीहरुले भने, ‘सदस्यज्यूहरु, हार्दिक धन्यवाद !’

काठमाडौं । सहकारीहरुले गएको आर्थिक वर्षान्तको खाताबन्दीलाई सफल बनाउन सहयोग पुर्याउने सदस्यहरुप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

मुलुकको अर्थतन्त्रमा आएको पछिल्लो संकुचनसँगै सहकारी क्षेत्रमा देखिएका यावत् प्रतिकूलताहरु चिर्दै बार्षिक खाताबन्दीलाई सकारात्मक, सफल र सुखद बनाउन प्राथमिक भूमिका निर्वाह गर्ने आफ्ना सदस्यहरुलाई सहकारी संघ संस्थाहरुले अन्तर्मनबाटै आभार व्यक्त गरेका हुन् ।

उनीहरुले आर्थिक वर्ष २०८०/८१ को क्लोजिङलाई सफल बनाउने सदस्यहरुलाई सार्वजनिक रुपमा धन्यवाद व्यक्त गरेका हुन् ।

समयमै ऋणको किस्ता र ब्याज अनि नियमित मासिक बचत भुक्तानी गरी लक्ष्य प्राप्तिमा सहयोग गर्ने सदस्यहरुलाई  सहकारीहरुले भनेका छन्, ‘सदस्यज्यूहरु, हार्दिक धन्यवाद !’

यसैगरी, उनीहरुले सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा उपसमितिहरु, कर्मचारीहरु, सहकारी अभियान, नियामक निकाय, सरोकारवाला तथा आम शभचिन्तक एवम् शुभेच्छुकहरुप्रति पनि सालतमामीलाई सुखद बनाउन आ–आफ्नो क्षेत्रबाट सहयोगी भूमिका निर्वाह गरेकोमा प्रशंसा गरेका छन् ।

साथै आगामी वर्षहरुमा पनि सदस्यहरुबाट यस्तै किसिमको साथ, सहयोग र सद्भाव मिल्ने विश्वास समेत  उनीहरुलेव्यक्त गरेका छन् । केही सहकारीहरुले भने बारम्बार आफ्नो कर्तव्यबोध नगर्ने केही सदस्यहरुका सम्बन्धमा बिशेष मुल्याङ्कन गरिएको जनाएका छन् । 

अघिल्लो आर्थिक वर्षलाई सफल र सुखद बिदाइ गरेका सहकारी संघ संस्थाहरुले नयाँ आर्थिक वर्षमा थप नवीन ढंगले सदस्यको सर्वोपरि हितमा काम गर्ने प्रतिवद्धतासमेत जनाएका छन् ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप