ओकू वार्षिक साधारणसभा- २०२४
ओकू सञ्चालक सदस्यमा नेफ्स्कून अध्यक्ष ढकालको उम्मेदवारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ओकू सञ्चालक सदस्यमा नेफ्स्कून अध्यक्ष ढकालको उम्मेदवारी

काठमाडौं । विश्वभरका बचत ऋण सहकारीहरुको छाता संगठन-विश्व ऋण परिषद् (ओकू) को सञ्चालक समिति सदस्य पदमा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी प्रस्तुत गर्नुभएको छ ।

अमेरिकाको बोस्टन शहरमा आयोजना हुने विश्व ऋण परिषद् (ओकू) को बार्षिक साधारण सभा अन्तर्गत सञ्चालक सदस्य पदको निर्वाचनका लागि उहाँले आफ्नो दाबेदारी प्रस्तुत गर्नुभएको हो । 

यो वर्ष नेपाली सहकारी अभियानमात्र नभई दक्षिण एशियाली क्रेडिट युनियनकै एकमात्र प्रतिनिधिको रुपमा नेफ्स्कूनका अध्यक्ष ढकालले ओकू सञ्चालक सदस्यमा उम्मेदवारी दिनुभएको हो । ओकू बोर्डमा यो वर्ष रिक्त ४ जना सञ्चालक पदको लागि ५ जनाको उमेदवारी परेको छ ।  

ओकूको आयोजनामा यही जुलाई २१ देखि २४ सम्म बोस्टन शहरमा हुने विश्व क्रेडिट युनियन सम्मेलन–२०२४ ताका जुलाई २२ मा ओकूको वार्षिक साधारण सभा हुँदैछ ।

४ जना सञ्चालक सदस्य पदको लागि नेफ्स्कून अध्यक्ष ढकालसँगै ब्राजिलस्थित सिक्रेडी, आयरल्याण्डको केन्द्रीय बचत संघ आइएलसीयू, अफ्रिकी बचत संघ एकोस्का र क्यारेबियन बचत संघ सीसीसीयूका तर्फबाट पनि उम्मेदवारी परेको छ ।

यसैबीच, साधारण सभामा सहभागी हुन आज अमेरिका जान लाग्नुभएका नेफ्स्कून अध्यक्ष ढकाल तथा प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाको बिदाइ कार्यक्रममा सञ्चालक समितिको तर्फबाट संघका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी तथा सञ्चालकहरु सुशिल कुमार बस्न्यात र खेमराज सुवेदी तथा व्यवस्थापनको तर्फबाट सहायक कार्यकारी अधिकृतहरु लगायतले ओकू बोर्डमा उम्मेदवारी दिनु समग्र अभियानकै लागि गौरवको विषय भएको भन्दै शुभकामना व्यक्त गर्नुभएको थियो । साथै उहाँहरुले भ्रमण नेपालको साकोस अभियानका लागि नै उपलब्धिमूलक बन्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

यसैबीच, अध्यक्ष ढकालको अनुपस्थितिमा संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी संघका बरिष्ठ उपाध्यक्ष एवम् प्रवक्ता दामोदर अधिकारीलाई प्रदान गरिएको छ ।

अध्यक्ष ढकालले आफ्नो अनुपस्थितिमा संघको अध्यक्षको भूमिकाबाट सम्पन्न गर्नुपर्ने क्रियाकलापहरु गर्न बरिष्ठ उपाध्यक्ष अधिकारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गर्नुभएको हो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप