विश्व क्रेडिट युनियन सम्मेलन-२०२४
ओकूको साधारण सभामा सहभागी हुन नेफ्स्कून अध्यक्ष ढकाल र सिईओ सापकोटा अमेरिका जाँदै
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ओकूको साधारण सभामा सहभागी हुन नेफ्स्कून अध्यक्ष ढकाल र सिईओ सापकोटा अमेरिका जाँदै

काठमाडौं । अमेरिकाको बोस्टन शहरमा आयोजना हुने विश्व ऋण परिषद् (ओकू) को वार्षिक साधारण सभामा सहभागिताका लागि नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा. शिवजी सापकोटा आज अमेरिका जाँदै हुनुहुन्छ ।

उहाँहरुलाई भ्रमण सफलताको शुभकामनासहित आज केन्द्रीय कार्यालयमा संघका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, सञ्चालकहरु सुशिल कुमार बस्न्यात र खेमराज सुवेदी, निवर्तमान लेखा सुपरिवेक्षण समिति संयोजक नवराज सापकोटासँगै सहायक कार्यकारी अधिकृतहरु लगायतले बिदाइ गर्नुभएको थियो । 

ओकूको आयोजनामा यही जुलाई २१ देखि २४ सम्म बोस्टन शहरमा हुने  विश्व क्रेडिट युनियन सम्मेलन-२०२४ (World Credit Union Conference 2024) ताका जुलाई २२ मा ओकूको साधारण सभा हुँदैछ ।

ओकूको प्रत्यक्ष सदस्यको नाताले नेफ्स्कूनले साधारण सभामा सहभागिता जनाउँदै आएको छ । यो सँगै ओकू सञ्चालक समिति सदस्यमा पनि नेफ्स्कूनले उमेदवारी सहित आफ्नो दाबेदारी प्रस्तुत गरेको छ ।

नेपाली सहकारी अभियानमात्र नभई दक्षिण एशियाली क्रेडिट युनियनकै एकमात्र प्रतिनिधिको रुपमा नेफ्स्कूनका अध्यक्ष ढकालले ओकू सञ्चालक सदस्यमा उम्मेदवारी दिनुभएको छ । ओकू बोर्डमा यो वर्ष रिक्त ४ जना सञ्चालक पदको लागि ५ जनाको उमेदवारी परेको छ ।  

यसैबीच, बिदाइ कार्यक्रममा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष अधिकारी लगायले अध्यक्ष ढकाललाई आसन्न निर्वाचनमा समेत सफलताको शुभकामना दिदैं ओकूको बोर्डमा उम्मेदवारी दिनु समग्र अभियानकै लागि गौरवको विषय भएको भन्दै विजयको शुभकामना व्यक्त गर्नुभएको थियो । नेफ्स्कून सन् २०१८ देखि ओकूको प्रत्यक्ष सदस्य रहँदै आएको छ । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप