मदन पुरस्कारका लागि सहकारी विषयमा लेखिएको पुस्तक पनि छनोटमा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मदन पुरस्कारका लागि सहकारी विषयमा लेखिएको पुस्तक पनि छनोटमा

काठमाडौं । नेपाली साहित्यको प्रतिष्ठित पुरस्कार मदन पुरस्कारका लागि सार्वजनिक उत्कृष्ट पाँच कृतिमध्ये सहकारी विषयमा लेखिएको कृति पनि परेको छ । मदन पुरस्कार २०८० का लागि उत्कृष्ट पाँच कृतिको छोटो सूची मदन पुरस्कार गुठीले केही दिनअघि सार्वजनिक गरेको थियो ।

गुठीमा प्राप्त ३०४ पुस्तक मध्येबाट छानिएका पाँच कृतिमा भक्त स्याङ्तानको डम्फुको आत्मालाप, जीवन क्षेत्रीको नुन-तेल, भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि, मोहन मैनालीको मुकाम रणमैदान र रोशन थापा ‘नीरव’को सन्त्रासका साठी दिन छन् ।

कवि, लेखक, भाषा रोशन थापाको कृति सन्त्रासका साठी दिन सहकारीका सम्बन्धमा लेखिएको औपन्यासिक कृति हो । छोटो सूचीको छनौटमा परेका यी पाँच कृतिमध्येबाट एक लाई २०८० सालको श्रेष्ठ कृतिका रूपमा चार लाख राशीको मदन पुरस्कार प्रदान गरिन्छ । 

सहकारी विषयमा लेखिएको थापाको उपन्यासमा सहकारी पीडितहरुको दुःख र पीडालाई फरक तरिकाले प्रस्तुत गरिएको छ । उपन्यासमा नेपालमा सहकारी संकट, संकट आउनाको कारण आर्थिक अपचलन भएको अनि आर्थिक लोभ र लाभको सम्मिश्रणले निम्त्याएको जटिल समस्यालाई प्रतीकीकरण गर्दै त्यस्तो समस्याले गर्दा उत्पन्न जटिलताबाट सामान्य नागरिकको जीवनमाथि परेको त्रास एवं कष्टकर अवस्थालाई प्रयोगपरक शैलीमा रोचक ढंगमा कथानक बनाई प्रस्तुत गरिएको छ।

केही समयअघि एक अनलाइनलाई दिएको अन्तवार्तामा लेखक थापाले यो एउटा प्रतीकात्मक र प्रयोगात्मक उपन्यास भएको बताउँदै यसमा एक कथामा विवरणात्मक र वर्णनबाट होइन(पूरै प्रतीक र सूक्ष्म रूपमा अनेक प्रयोग गरिएको दाबी गर्नुभएको थियो । यसमा नेपाली भाषाप्रतिको मोहलाई निजात्मक ढङ्गबाट प्रस्तुत गरिएको छ । उहाँले पुस्तकमा ठूलो दर्शन नभएपनि जस्तै समस्यामा पनि अन्ततः सङ्घर्ष गर्नैपर्छ भन्ने चेतनालाई साधारणीकरण गरिएको दाबी गर्नुभएको थियो ।

लेखक थापाले भन्नुभयो, ‘मैले उठान गरेको उपन्यासमा सन्त्रास त्यो आजको नेपाली सन्दर्भमा देखा परेको सहकारी समस्या र यसले निम्त्याएको त्रासले निरीह नागरिकलाई नजानिँदो किसिमले कसरी अँठ्याउन पुगेको छ(यसबारेको चित्रण हो । यसैले मैले उठान गरेको मूल विषयवस्तु नै यही हो । समस्या जताबाट हेरे पनि र जुन युगमा पुगेर देखिए पनि हुन त त्यो सन्त्रास नै हो र त्यो भयावह छ-तर हार्न हुन्न-सङ्घर्ष गर्नुपर्छ भन्ने मूलभाव यसको विषय हो ।

जब आर्थिक मामलाको कुरा आउँछ-जस्तै घाँटी जोडिएको मित्र पनि घातकी हुन सक्छ यसले भयावहजन्य सन्त्रास निम्त्याउन सक्छ,यसमा डराएर होइन, सङ्घर्ष गरेर हिँड्नुको कुनै विकल्प छैन । पाठकले यही भावलाई बुझे निश्चय पनि यो उपन्यास रचिनुको सार्थकता सबल हुनेछ ।’

कृतिका प्रकाशक शिखा बुक्सका अनुसार ‘सन्त्रासका साठी दिन’ उपन्यासले हाल सहकारी संस्थाका केही सञ्चालकका बेइमानीले पीडित नेपाली बचतकर्ताका साथै सोझा सिधा सञ्चालकसमेत पीडामा रहेको कथा बोलेको छ । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

पाठकबाट थप