सहकारी आन्दोलनको औचित्यमाथि प्रश्न उठाउनु ठीक होइन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी आन्दोलनको औचित्यमाथि प्रश्न उठाउनु ठीक होइन

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सहकारी क्षेत्रमा विद्यमान समस्याहरुलाई देखाएर यो आन्दोलनको औचित्यमाथि नै प्रश्न उठाएको भन्दै त्यो ठीक नभएको बताउनुभएको छ । सहकारी क्षेत्रमा देखिएको समस्याले सहकारी आन्दोलनको औचित्यलाई खण्डित गर्न नसक्ने उहाँले बताउनुभयो । उपप्रधानमन्त्री समेत रहनुभएका अर्थमन्त्री पौडेलले समस्या जहाँ छन् त्यहाँ प्रवेश गरेर समाधान गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय समाचार समिति (रासस) सँगको अन्तर्वार्तामा उहाँले सहकारीमा देखिएका विकृतिलाई समाधान गर्दै सहकारी आन्दोलनलाई सबल, सशक्त र प्रभावकारी बनाएर जानुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, 'हाम्रो अर्थतन्त्रको महत्वपूर्ण खम्बाका रुपमा सहकारी क्षेत्रलाई अगाडि बढाउनुपर्छ । सहकारीहरु सहकार्यमा आधारित छन्, सहलगानीमा आधारित छन् । त्यसकारण उनीहरु स्वनियमनमा पनि छन् । यही आधारमा सञ्चालित हुन्छन् । पछिल्ला दिनमा स्वनियमनले मात्रै काम गरेन । त्यसमा विकृति, विसङ्गति देखा नपरोस्, बचतकर्ता पीडित नहुन् भनेर स्वनियमनका अतिरिक्त एउटा नियमनकारी प्रबन्ध, कानुनी, संरचनागत प्रबन्ध पनि आवश्यक छ भन्ने अनुभूति भएको छ । सहकारीमा देखिएका समस्या समाधान गर्ने कोणबाट विचार गर्दा नियमनका लागि कानुनी प्रबन्ध नै अहिलेको समाधान हो । सहकारी आन्दोलनको समस्याको समाधान यो हो भन्ने कोणबाट छलफल केन्द्रित भएको छ । हामीले सहकारी आन्दोलनभित्र देखिएका विकृतिलाई नियन्त्रण र नियमन गर्न नियमनकारी प्रबन्ध गर्नुपर्छ । कानुनी व्यवस्था गर्नुपर्छ । अहिले सहकारी क्षेत्रको समस्या जटिल देखिएको र कठिन भएको भने सत्य हो ।' 

एक अर्को प्रश्नमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री पौडेलले सहकारी क्षेत्रमा देखिएको यो समस्या सम्बोधन गर्नका लागि सरकारले शीघ्र प्रभावकारी र परिणाममुखी प्रयास अगाडि बढाउँने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, 'हामी यसलाई विलम्ब गर्ने, कुनै ढिलाढाला गर्ने पक्षमा छैनौं । शीघ्र प्रभावकारी प्रयास गर्छौं । नियमनको व्यवस्था गरेर साँचो अर्थको सहकारीको प्रवर्धन गर्ने काममा सरकार अगाडि बढ्छ ।'

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप