चन्द्रपुरको श्री विन्दवासिनी साकोसले मनायो १५औं स्थापना दिवस, मिरा सफ्टवेयरको प्रयोग सुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चन्द्रपुरको श्री विन्दवासिनी साकोसले मनायो १५औं स्थापना दिवस, मिरा सफ्टवेयरको प्रयोग सुरु

काठमाडौं ।  रौतहट जिल्ला चन्द्रपुर नगरपालिका ५ स्थित श्री बिन्दबासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भदौ १ गते एक विशेष कार्यक्रम गरी आफ्नो १५ औं स्थापना दिवस कार्यक्रम मनाएको छ भने मिरा इआरपी सफ्टवेयरको समेत प्रयोग शुरु गरेको छ ।

संस्थाका अध्यक्ष गोबिन्द प्रसाद कोइरालाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष ऋषिराम काफ्लेले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा संस्था का सचिव राजेन्द्र प्रसाद तिमल्सिनाले संस्थाको भावी कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष जगत नारायण कुमारले संस्थाको आर्थिक बर्ष ८०/८१ को वित्तीय प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा संस्था का सल्लाहकार बिनोद चन्द्र कोइराला र कानुनी सल्लाहकार शिव बहादुर कोइरालाले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको थियो । कार्यक्रममा संस्थाका लेखा सुपरिवेक्षण समिति संयोजक भरत प्रसाद आचार्यले संस्थाको लेखा प्रतिवेदन माथि प्रकाश पार्नु भएको थियो । संस्थाका व्यवस्थापक जनार्दन कोइरालाले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाका संचालक समितिका पदाधिकारी, लेखा सुपरिवेक्षण समिति पदाधिकारी , सल्लाहकार, विभिन्न उपसमिति पदाधिकारी, सम्पर्क केन्द्र प्रतिनिधि  र कर्मचारी गरी ५७ जनाको सहभागिता थियो । 

संस्थामा हाल १६,०३३,३०० सेयर पुँजी, ९२,०५७,३५० बचत निक्षेप, ऋण लगानी रु ८७,१३१,०८२ गरी कुल सम्पत्ति १४२,११९,२४८ रहेके छ । साकोसमा हाल २६१२  सदस्य संख्या रहेका छन् । साकोसले ५,१५१,१९८ मुनाफा गरेको जानकारी गराइएको थियो ।  

कार्यक्रममा सहकारी संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष बिभु कुमार पोख्रेल, चन्द्रपुर नगरपालिका सहकारी शाखा प्रमुख शेख नसरे आलम, नव बिकास साकोसका अध्यक्ष देब बहादुर सापकोटा, एकीकृत साकोसका अध्यक्ष कृष्ण बहादुर खड्का, सफल साकोसका अध्यक्ष देबकी नेपाल, स्वस्तिक साकोसका अध्यक्ष नरेन्द्र बहादुर राणा, चन्द्रोदय साकोसका अध्यक्ष बसन्त आचार्य, निर्मल साकोसका सचिव प्रकाश तिमल्सिना, रेडियो गुन्जनका स्टेशन म्यानेजर सन्जय कार्की, संकल्प साकोसका संचालक सदस्य भरत प्रसाद अधिकारी, नेफ्स्कून सदस्य सेवा कार्यलय हरिवनका शाखा प्रमुख महेश बराल लगायतको सहभागिता रहेको थियो ।  वक्ताहरुले संस्था को १५ औं स्थापना दिवसको अवसरमा बधाईसहित भावी प्रगतिका लागि शुभकामना दिनुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप