नेफ्स्कूनको सूचना तथा सञ्चार संयन्त्रलाई थप प्रभाकारी बनाइने, सञ्चारमाध्यमहरुसँगको प्रगाढ सम्बन्धमा जोड 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको सूचना तथा सञ्चार संयन्त्रलाई थप प्रभाकारी बनाइने, सञ्चारमाध्यमहरुसँगको प्रगाढ सम्बन्धमा जोड 

काठमाडौं । नेफ्स्कूनले सदस्य र सरोकारवालाहरुका लागि प्रवाहित गर्ने  सूचनाहरुसँगै सहकारी तथा साकोस अभियानका समसामयिक गतिविधिहरुलाई थप प्रभावकारी, सदस्यमैत्री, सकारात्मक र विश्वासिलो ढंगले प्रकाशन तथा प्रसारण गर्ने निर्णय गरेको छ । यसका लागि संघको अनलाइन न्यूज पोर्टल साकोस आवाज, संघका अन्य डिजिटल तथा छापा प्रकाशनहरुलाई समयसापेक्ष सुधार गर्ने तथा बाहिरी सञ्चारमाध्यमहरुसँगको सम्बन्धलाई थप प्रगाढ बनाउने निर्णय गरेको छ ।

यी गतिविधिहरुमार्फत मुलुकको सहकारी अभियानलाई सकारात्मक ढंगले तरंगित गर्ने काममा संघको सूचना तथा सञ्चार उपसमितिले रणनीतिक उद्देश्यमा आधारित रही क्रियाकलापहरु आयोजना गर्ने निर्णय गरेको छ ।

नेफ्स्कून सूचना तथा सञ्चार उपसमितिका संयोजक संघका बरिष्ठ उपाध्यक्ष एवम् प्रवक्ता दामोदर अधिकारीको अध्यक्षतामा आज संघको केन्द्रीय कार्यालय, नयाँ बानेश्वरमा बसेको उपसमितिको बैठकले संघको सञ्चार संयन्त्रलाई थप ‘सार्प’ बनाउने निर्णय गरेको हो ।

बैठकमा संयोजक अधिकारीसँगै सदस्यहरु ज्ञानु पौड्याल तथा देवकुमार श्रेष्ठको उपस्थिति रहेको थियो । व्यवस्थापनका तर्फबाट संघका सहायक कार्यकारी अधिकृत गणेश प्रसाद तिमिल्सिना तथा सञ्चार अधिकृत रञ्जनमणि पौड्याल सहभागी हुनुभएको थियो ।

बैठकले अघिल्लो बैठकको समीक्षा गर्नुका साथै संघको नयाँ सञ्चालक समिति निर्वाचित भैसकेको परिस्थितिमा संघका प्रकाशन तथा प्रकाशनहरुलाई कसरी थप प्रभावकारी, सदस्यमुखी तथा आम जनमानसमा सहकारी तथा साकोस अभियानसम्बन्धी प्रभावकारी सूचना, जानकारी, गतिविधि तथा समाचार सम्प्रेषण गर्ने भन्ने विषयमा छलफल गरेको थियो ।

उपसमिति संयोजक अधिकारीले अहिलेको युग सञ्चारको युग भएको भन्दै सहकारी तथा साकोस अभियानका गतिविधिहरुलाई उत्तरदायी संघको नाताले कसरी प्रभावकारी ढंगले समयमै तर पत्रकारिताको मूल्य, मान्यता र सिद्धान्त अनुरुप सम्प्रेषण गर्न सकिन्छ भन्ने विषय एबीसी (एक्युरेसि, ब्रेभिटी एण्ड क्ल्यारिटी) को आधारमा निर्धारण गरिनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा उपसमिति सदस्यहरु ज्ञानु पौड्याल तथा देवकुमार श्रेष्ठले संघको अनलाइन न्यूज पोर्टल साकोसआवाजलाई थप परिस्कृत र परिमार्जित गर्दै सदस्यका सफलताका कथाहरु, स्थलगत खोजमूलक तथा अन्वेषणात्मक सामाग्रीहरु पस्कनुपर्ने धारणा राख्नुभयो ।

उहाँहरुले साकोस आवाजको डिजिटल प्लेटफर्मलाई थप प्रभावकारी रुपमा सहकारी तथा साकोस अभियानको सूचना, जानकारी, लेख, गतिविधि आदि अझ सिर्जनशीलता, नवीनता तथा फराकिलो रुपमा समावेशी ढंगले सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो । यस अन्तर्गत नेफ्स्कूनको इतिहास, यसका वस्तु तथा सेवा, ब्यानर कार्यक्रमहरु, राष्ट्रिय अन्तर्राष्ट्रिय गतिविधिहरु, सदस्यका कथाहरुलाई विशेष ग्राह्यताका साथ समावेश गर्ने विषयमा बैठकले आवश्यक निर्णय समेत गरेको छ ।

बैठकले साकोस अभियानका गतिविधिहरु अझ बढी सञ्चारमाध्यमहरुमा सकारात्मक ढंगले सम्प्रेषण गर्नका लागि नेपाल सहकारी पत्रकार समाज (सिजेएन) तथा अन्य सम्बन्धित निकायहरुसँग समन्वय गर्ने र नियमति भेटघाट तथा अन्तरक्रियाका आधारमा अघि बढ्ने निर्णय पनि गरेको छ । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप