नेफ्स्कूनको ३७औं स्थापना दिवस कार्यक्रम भव्य रुपमा सम्पन्न   
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको ३७औं स्थापना दिवस कार्यक्रम भव्य रुपमा सम्पन्न   

काठमाडौं । नेपालका वित्तीय सहकारीहरुको प्रवर्धन, विकास, व्यावसायिकरण, गुणस्तर सुनिश्चितता हुँदै सञ्जाल व्यवस्थापनको चरणमा क्रियाशील नेफ्स्कूनले ‘एउटै अभियानः एउटै आवाज, सुरक्षित साकोसः समुन्नत समाज’ भन्ने भाव सहित आफ्नो ३७औं स्थापना दिवस कार्यक्रम भव्य रुपमा मनाएको छ ।

२०४५ साल साउन ३२ गते स्थापना भएको मुलुककै जेठो सहकारी संघ नेफ्स्कूनले ३६ औं वर्षको इतिहास पूरा गरेको गौरब, यसका ओझिलो इतिहास, महत्वपूर्ण माइलस्टोनहरु र अपार सम्भावनाहरुको एकमुष्ट खुसीयाली सरकार, सहकारी अभियान, प्रमुख राजनीतिक दलका सहकारी विभाग प्रमुखहरु, अभियानका अग्रजहरु, विकास साझेदारहरु, सञ्चार जगत तथा अन्य सरोकारवालाको उपस्थितिमा सभ्य एवम् भव्य कार्यक्रम गरी साटासाट गरेको हो ।

संघका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा दिउँसो १ बजे काठमाडौंमा आयोजित स्थापना दिवस समारोहका प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी रहनुभएको थियो । यस्तै, पूर्व मन्त्री एवम् राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष एवम् केशव प्रसाद बडाल, नेपाली कंग्रेस, नेकपा एमाले तथा नेकपा माओवादीका सहकारी विभाग प्रमुख क्रमशः देवेन्द्रराज कडेल, खगराज अधिकारी तथा लिलामणि पोखरेल, नेकपा समाजवादीका सांसद एवम् पूर्व मन्त्री राजेन्द्र पाण्डे, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष श्रीमण कुमार गौतम, राष्ट्यि सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्ल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल, सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेसँगै नेफ्स्कूनका वर्तमान सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति, पूर्व अध्यक्षहरु, सञ्चालकहरु, तथा व्यवस्थापन प्रमुखहरु, अभियानका अग्रजहरु, संघको विकास साझेदार निकायका प्रतिनिधिहरु, संञ्चारकर्मीहरु, प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा नेतृत्वको व्यवस्थापन समूह लगायतको सहभागिता रहेको थियो । 
कार्यक्रमका वक्ताहरुले नेफ्स्कूनको स्थापना दिवसको उपलक्ष्यमा बधाई शुभकामनासहित सहकारी अभियानका वर्तमान समस्याहरु समाधान गर्न एकताबद्ध प्रयास आवश्यक भएको धारणा राख्नुभएको थियो । सहकारी अभियानको एकभई सरकार र सरोकारावालहरुसँग सिरियस भएर मुद्दा तथा तथ्यपरक ढंगले छलफल गर्दा जस्तै समस्याहरु पनि विस्तारै समाधान हुँदै जाने धारणा व्यक्त गर्नुभएको थियो ।

उहाँहरुले सहकारी अभियानको योगदान महत्वपूर्ण भएपनि केहीमा आएको विचलनको बाछिटा सबैमा परेको भन्दै सबै गलत हुन भन्ने भाष्य चिर्नुपर्नेमा जोड दिनुभएको थियो । अतिथि वक्ताहरुले नेफ्स्कूनका उपलब्धिहरुको चर्चा गर्दै सहकारी अभियानको छवि पुनजागृत गराउनुपर्ने टड्कारो आवश्यकता भएको धारणा राख्नुभएको थियो ।

नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले स्वागत मन्तव्य राख्दै संघको गरिमा, अग्रजहरुको योगदान, वर्तमान सहकारी चुनौतीहरु र त्यसको सामनाका लागि गरिएका प्रयासहरुबारे जानकारी गराउनुभएको थियो । 

संघका महासचिव घनश्याम अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रममा संघका प्रमुख कार्यकारी अधिकृत सापकोटाले संघको इतिहास, उपलब्धि, रणनीतिक योजना तथा चुनौतीहरु, तथा अबको बाटो समेटिएको प्रस्तुतीकरण गर्नुभएको थियो ।
ने

फ्स्कूनसँग खुसी साट्न सहकारी अभियानकर्मीहरु, अगुवाहरु, प्रदेश तथा जिल्लास्तरीय संघहरु तथा प्रारम्भिक संस्थाका प्रतिनिधिहरु लगायतको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।

२०४५ साल साउन ३२ गते तत्कालीन साझा केन्द्रका अध्यक्ष भोजराज घिमिरेको पहलमा बचत समूह राष्ट्रिय संघ तदर्थ समिति गठन भएको दिनको सम्झनामा प्रत्येक वर्ष आजकै दिनलाई नेफ्स्कूनले स्थापना दिवसको रुपमा मनाउँदै आएको छ । 

संघ २०४५ साल साउन २३ गते स्थापना भएपनि सहकारी ऐन २०४८ आएपछि साउन २९ गते औपचारिक दर्ता भएको थियो । संघले स्थापना भएको मितिलाई स्थापना दिवसको रुपमा मनाउँदै आएको छ । स्थापना दिवसकै अवसरमा नेफ्स्कूनले साकोस अभियानमा योगदान पुर्याउने व्यक्तिहरु, उत्कृष्ट कार्यसम्पादन गर्ने व्यवस्थापकहरु एवम् गुणस्तरीय सदस्य सेवामा समर्पित संघ संस्थाहरुलाई सम्मान पुरस्कार घोषणा गरेको छ । स्थापना दिवसमा घोषित सम्मान पुरस्कार नेफ्स्कूनले वार्षिक साधारणसभामा प्रदान गर्दै आएको छ । 

यसैगरी, सदस्य संघ संस्थाहरुमा सुशासन प्रवर्धनका लागि एकीकृत स्वनियमन मार्गदर्शन जारी गर्नुका साथै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को सम्बन्धन्नमा संघले संञ्चालन गरेको सहकारी व्यवस्थापक कोर्ष उत्तिर्णहरुलाई दीक्षित गरिएको थियो ।  

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप