नेफ्स्कूनको ३७औं स्थापना दिवस
सहकारी व्यवस्थापक कोर्षबाट १० जना दीक्षित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी व्यवस्थापक कोर्षबाट १० जना दीक्षित

काठमाडौं । नेफ्स्कूनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को सम्बन्धनमा सञ्चालन गरेको छोटो अवधिको सहकारी व्यवस्थापक कोर्ष उत्तिर्णहरुलाई आज दीक्षित गरेको छ ।

संघको ३७औं स्थापना दिवसका अवसरमा दिक्षान्त समारोह आयोजना गरी कोष उत्तिर्ण १० जनालाई प्रमाणपत्र सहित दीक्षित गरेको हो । कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले दिक्षितहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको हो । साथमा नेफ्स्कून अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा संघका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा रहनुभएको थियो ।

उक्त कोर्ष उत्तिर्ण गर्नेहरुमा रोप्लाका कर्णबहादुर गिरी, घनश्याम झा (धनुषा), नितु भण्डारी (चितवन), पवन फुयाल (नुवाकोट), मञ्जु कुमारी महतो (धनुषा), रमेश श्रेष्ठ (काभ्रेपलाञ्चोक), लक्ष्मी पौड्याल (सिन्धुपाल्चोक), शुक्रराज अवाल (काठमाडौं), सुनिल तिमल्सिना (ललितपुर) तथा सुष्मिता श्रेष्ठ (रामेछाप) रहनुभएको छ । औपचारिक रुपमा कोर्ष पूरा गर्ने १० जना भएपनि आज कार्यक्रममा भने ९ जना मात्र उपस्थित हुनुभएको थियो । सुनिल घिमिरे (ललितपुर) अनुपस्थित रहनुभएको थियो ।

नेफ्स्कूनले सीटीईभीटी बाट सम्वन्धन प्राप्त गरी सहकारी क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन र व्यवस्थापन गर्ने उद्देश्यका साथ २०७६ सालदेखि ६ सय घन्टा अवधिको सहकारी व्यवस्थापक प्रमाणीकरण कोर्ष सञ्चालन गर्दै आएको छ । हाल सम्म ८४ जनाले अध्ययन गरेको उक्त कोर्षबाट निर्दिष्ट कार्य सम्पन्न गरी ५७ जना उत्तीर्ण भई दिक्षित हुनु भएको छ । ९ महिनाको उक्त कोर्ष संघले भर्चुअल विधिबाट अध्यापन गराएको थियो । कोर्ष अन्तर्गत सैद्धान्तिक एवम् प्रयोगात्मक कक्षाहरु सञ्चालन भएका थिए । 

उक्त कोर्षमा १४ वटा मोड्युल सैद्धान्तिकका साथै व्यावहारिक कक्षा सञ्चालन गरिएको थियो । मोड्युलमा सहकारीको इतिहास विकासक्रम, योजना निर्माण, शुसासन, कार्यलय व्यवस्थापन, मानव संसाधन व्यवस्थापन, वित्तिय व्यवस्थापन, प्रविधिको व्यवस्थापन, बस्तु तथा सेवा निर्माण, संस्थाको जोखिम विश्लेषण व्यवस्थापन,प्रतिवेदन तयारी लगाएका विषयमा २० प्रतिशत सैद्धान्तिक र ८० प्रतिशत व्यावहारिक कक्षा भएको थियो । उक्त मोड्युलमा सिकेका कुराहरु सहभागीहरुले छनौट गर्नु भएको सहकारीका एक महिना कार्यगत अभ्यास सम्पन्न गरी सो को प्रतिवेदन संघमा पेश गर्नु भएको थियो । 

संघले आगामी दिनमा राष्ट्रिय सीप परिक्षण बोर्डसंग सहकार्य र समन्वय गरी सहकारी व्यवस्थापन कोर्षको सीप परिक्षण (Skill Test) गर्ने लक्ष्य लिएको छ । 

हाल संघले परिषद्को सम्वन्धनमा सहकारी व्यवस्थापक कोर्ष (६०० घण्टा), बचत तथा ऋण परिचालन कोर्ष (४० घण्टा) र रिपेप्सनिष्ट कम क्यासियर कोर्ष (३९० घण्टा) छोटो अवधिको कोर्ष सञ्चालन गरिरहेको छ । यसैगरी, संघले आगामी दिनमा ऋण अधिकृत प्रमाणिकरण कोर्ष र लेखा अधिकृत प्रमाणिकरण कोर्ष सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

नेफ्स्कूनले ‘एउटै अभियानः एउटै आवाज, सुरक्षित साकोसः समुन्नत समाज’ भन्ने भाव सहित आफ्नो ३७औं स्थापना दिवस मनाएको हो । 

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१६ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप