नेफ्स्कूनको ३७औं स्थापना दिवस
सहकारी व्यवस्थापक कोर्षबाट १० जना दीक्षित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी व्यवस्थापक कोर्षबाट १० जना दीक्षित

काठमाडौं । नेफ्स्कूनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को सम्बन्धनमा सञ्चालन गरेको छोटो अवधिको सहकारी व्यवस्थापक कोर्ष उत्तिर्णहरुलाई आज दीक्षित गरेको छ ।

संघको ३७औं स्थापना दिवसका अवसरमा दिक्षान्त समारोह आयोजना गरी कोष उत्तिर्ण १० जनालाई प्रमाणपत्र सहित दीक्षित गरेको हो । कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले दिक्षितहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको हो । साथमा नेफ्स्कून अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा संघका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा रहनुभएको थियो ।

उक्त कोर्ष उत्तिर्ण गर्नेहरुमा रोप्लाका कर्णबहादुर गिरी, घनश्याम झा (धनुषा), नितु भण्डारी (चितवन), पवन फुयाल (नुवाकोट), मञ्जु कुमारी महतो (धनुषा), रमेश श्रेष्ठ (काभ्रेपलाञ्चोक), लक्ष्मी पौड्याल (सिन्धुपाल्चोक), शुक्रराज अवाल (काठमाडौं), सुनिल तिमल्सिना (ललितपुर) तथा सुष्मिता श्रेष्ठ (रामेछाप) रहनुभएको छ । औपचारिक रुपमा कोर्ष पूरा गर्ने १० जना भएपनि आज कार्यक्रममा भने ९ जना मात्र उपस्थित हुनुभएको थियो । सुनिल घिमिरे (ललितपुर) अनुपस्थित रहनुभएको थियो ।

नेफ्स्कूनले सीटीईभीटी बाट सम्वन्धन प्राप्त गरी सहकारी क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन र व्यवस्थापन गर्ने उद्देश्यका साथ २०७६ सालदेखि ६ सय घन्टा अवधिको सहकारी व्यवस्थापक प्रमाणीकरण कोर्ष सञ्चालन गर्दै आएको छ । हाल सम्म ८४ जनाले अध्ययन गरेको उक्त कोर्षबाट निर्दिष्ट कार्य सम्पन्न गरी ५७ जना उत्तीर्ण भई दिक्षित हुनु भएको छ । ९ महिनाको उक्त कोर्ष संघले भर्चुअल विधिबाट अध्यापन गराएको थियो । कोर्ष अन्तर्गत सैद्धान्तिक एवम् प्रयोगात्मक कक्षाहरु सञ्चालन भएका थिए । 

उक्त कोर्षमा १४ वटा मोड्युल सैद्धान्तिकका साथै व्यावहारिक कक्षा सञ्चालन गरिएको थियो । मोड्युलमा सहकारीको इतिहास विकासक्रम, योजना निर्माण, शुसासन, कार्यलय व्यवस्थापन, मानव संसाधन व्यवस्थापन, वित्तिय व्यवस्थापन, प्रविधिको व्यवस्थापन, बस्तु तथा सेवा निर्माण, संस्थाको जोखिम विश्लेषण व्यवस्थापन,प्रतिवेदन तयारी लगाएका विषयमा २० प्रतिशत सैद्धान्तिक र ८० प्रतिशत व्यावहारिक कक्षा भएको थियो । उक्त मोड्युलमा सिकेका कुराहरु सहभागीहरुले छनौट गर्नु भएको सहकारीका एक महिना कार्यगत अभ्यास सम्पन्न गरी सो को प्रतिवेदन संघमा पेश गर्नु भएको थियो । 

संघले आगामी दिनमा राष्ट्रिय सीप परिक्षण बोर्डसंग सहकार्य र समन्वय गरी सहकारी व्यवस्थापन कोर्षको सीप परिक्षण (Skill Test) गर्ने लक्ष्य लिएको छ । 

हाल संघले परिषद्को सम्वन्धनमा सहकारी व्यवस्थापक कोर्ष (६०० घण्टा), बचत तथा ऋण परिचालन कोर्ष (४० घण्टा) र रिपेप्सनिष्ट कम क्यासियर कोर्ष (३९० घण्टा) छोटो अवधिको कोर्ष सञ्चालन गरिरहेको छ । यसैगरी, संघले आगामी दिनमा ऋण अधिकृत प्रमाणिकरण कोर्ष र लेखा अधिकृत प्रमाणिकरण कोर्ष सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

नेफ्स्कूनले ‘एउटै अभियानः एउटै आवाज, सुरक्षित साकोसः समुन्नत समाज’ भन्ने भाव सहित आफ्नो ३७औं स्थापना दिवस मनाएको हो । 

 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

९ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

११ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

११ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३३ दिन अगाडि

पाठकबाट थप