महिलालाई उत्पादनसँग जोडेर आत्मनिर्भर बनाउन सहकारी 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महिलालाई उत्पादनसँग जोडेर आत्मनिर्भर बनाउन सहकारी 

कैलाली । आफ्नो स्वामित्वमा रहेको जमिनमा सागसब्जीका बेर्ना लगाउनुभएकी टीकापुर नगरपालिका–१ वनगाँउकी सरिता चौधरी सातामा दुई दिन बेर्ना बेच्न टीकापुर कृषि बजार पुग्नुहुन्छ ।

“जागिर खानलाई पढाइ छैन, खेती गर्नलाई प्रशस्त जमिन छैन । भाडामा जमिन लिएर काम गर्न लगानी छैन”, उहाँ भन्नुहुन्छ, “थोरै जमिनमा सागसब्जीबेर्ना उत्पादन गरेर बिक्री गर्दा घरको खर्च टरेको छ ।” उहाँले वर्षभरि प्रायः यामअनुसार सागसब्जीका बेर्ना उत्पादन गर्दै आउनुभएको छ । एक कठ्ठा जग्गामा बेर्ना उत्पादन गर्दै आउनुभएकी उहाँले बेर्ना बिक्री गरेर वार्षिक रु दुईदेखि तीन लाख आम्दानी हुने गरेको बताउनुभयो ।

सागसब्जीका बेर्ना उत्पादन गर्ने किसानलाई कृषि हाटबजारले राम्रो साथ दिएको छ । थोरै जमिन भएकालाई पनि हाटबजारमा पाइने सागसब्जीका बेर्नाले सहज बनाएको छ । टीकापुरकै सुदेशु चौधरीले कृषि हाटबजार लक्ष्यित गरेर सागसब्जीका बेर्ना तयार पार्ने गरेको सुनाउनुहुन्छ ।

“हामीले बिक्री गर्ने बेर्ना व्यावसायिक कृषिखेती गर्ने किसानभन्दा घरको आँगन वरपर बचेको जमिनको सदुपयोग गर्नेले किन्ने हो”, उहाँ भन्नुहुन्छ, “बेर्ना बेचेर आएको पैसाले घर खर्च, बेर्ना उत्पादनका लागि लाग्ने लागतसहित थोरै भए पनि बचत हुने गरेको छ ।” वार्षिक रु चारदेखि पाँच लाखसम्मको सागसब्जीका बेर्ना आफूले बिक्री गर्दै आएको सुदेशु बताउनुहुन्छ ।

वीणा चौधरी पनि एक दशकभन्दा लामो समयदेखि तरकारीको बेर्ना उत्पादन गर्दै आउनुभएको छ । अरुले व्यवसाय गरेको हेरेर सागसब्जीबेर्ना उत्पादन सुरु गर्नुभएकी चौधरीले छ महिनाको सागसब्जीका बेर्ना उत्पादन तालिम नै लिनुभएको छ । तालिम लिएपछि व्यावसायिक रूपमा उहाँको परिवार नै त्यसैमा निर्भर छ ।

उहाँको फार्ममा कैलालीका विभिन्न पालिकाबाट बेर्ना किन्न आउने गरेको उहाँ बताउनुहुन्छ । सागसब्जी बेर्ना बिक्रीका लागि कृषि हाटबजार किसानका लागि बरदान बनेको उहाँ बताउनुहुन्छ । “उत्पादन भएको बेर्नाको बजारीकरणमा समस्या त छैन, तर पनि हाटबजारले बजारीकरणमा थप सहयोग पुर्याएको छ”, उहाँ भन्नुहुन्छ । बेर्ना बिक्रीबाट वार्षिक रु छ लाखसम्म कमाइ हुने गरेको बताउनुभयो ।

सृजना चौधरीको आठजनाको परिवार तरकारीको बेर्ना उत्पादन गर्ने र बिक्री गर्नमै व्यस्त छ । हप्ताको दुई दिन सृजनाको परिवारको चारजना कृषि हाटबजारमा बेर्न बिक्री गर्न पुग्नुहुन्छ । कृषि हाटबजारमा पनि फरकफरक ठाउँमा बसेर उहाँहरूले बेर्ना बिक्री गर्नुहुन्छ । पाँच कठ्ठामा सागसब्जी बेर्ना उत्पादन गर्दै आउनुभएका उहाँका परिवारको आर्थिक स्रोतको मुख्य आधार नै तरकारीको बेर्ना हो ।

बेर्ना बिक्री गरेर आएको पैसाले उहाँको घरको हरेक खर्च व्यवस्थापन हुन्छ । “जमिन भएको भए तरकारीखेती पनि गरिन्थ्यो । भएको जमिन बेर्ना उत्पादनका लागि कम भएको छ”, सिर्जना भन्नुहुन्छ, “कृषि हाटबजारले हामीले उत्पादन गरेको बेर्नाले माग धान्न सकेको छैन । आवश्यकतानुसार बेमौसमी सागसब्जीबेर्ना पुर्याउन सकिएको छैन ।”

रामलक्ष्मी चौधरी गृहिणी हुनुहुन्छ । श्रीमान् शिक्षण पेशामा हुँदा छिमेकीबाट तरकारीको बेर्ना उत्पादन गर्न सिक्नुभएकी रामलक्ष्मीले घरको खर्च टार्न श्रीमान्सँग पैसा माग्नुपरेको छैन । आफ्नो घर छेउमा रहेको एक कठ्ठा जग्गा भाडामा लिएर बेर्ना उत्पादन गर्दै आउनुभएकी रामलक्ष्मीले बेर्ना बिक्री गरेर वार्षिक रु दुईदेखि तीन लाखसम्म आम्दानी गर्ने गरेको बताउनुभयो । उहाँले उत्पादन गरेको बेर्नाको बजारीकरणको आधार त्यहीँ कृषि हाटबजार हो ।

टीकापुरमा केही महिलाले महिला कृषि सहकारी संस्था दर्ता गरेर तरकारीको बेर्ना उत्पादन सुरु गर्नुभएको छ । किस्निनिया महिला कृषि सहकारी दर्ता गरेर तरकारीको बेर्नासहित महिलालाई उत्पादनसँग जोड्ने प्रयास भइरहेको सहकारी संस्थाकी अध्यक्ष करिष्मा कठरिया बताउनुहुन्छ ।

“हामी अहिले एक सय एकजना महिला सहकारीमा आवद्ध भएर काम गरिरहेका छौँ । खासगरी महिलालाई उत्पादनसँग जोडेर आत्मनिर्भर बनाउने उद्देश्यले सहकारी स्थापना गरेका थियौँ”, उहाँले भन्नुभयो, “त्यसैअनुसार तरकारीको बेर्ना उत्पादन सुरु गरेका छौँ भने अन्य कृषिसँग सम्बन्धित व्यावसायिक कार्यक्रम पनि सञ्चालन गर्दै आएका छौँ ।”

टीकापुरमा हप्ताको पाँच दिन कृषि हाटबजार सञ्चालन हुँदै आएको छ । हरेक मङ्गलबार र शुक्रबार सागसब्जीका बेर्नासहित उत्पादन भएको कृषिउपज बिक्रीका लागि कृषि हाटबजार पुग्ने गरेका छन् ।

(रासस)

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप