३४ वर्षमा विकू साकोस
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
३४ वर्षमा विकू साकोस

काठमाडौं । विजय विकास स्रोत केन्द्र (विजय युवा क्लब) को विचार, नेतृत्व र परिकल्पना अनुसार २६ जनाले दैनिक ५० पैसाबाट सुरुवात भएको विकू बचत तथा ऋण सहकारी संस्था लि. आजबाट ३४ वर्षमा प्रवेश गरेको छ ।

स्थानीय स्तरमा छरिएर रहेको सानो सानो पुँजीलाई बचतको माध्यमबाट एकीकृत गरी त्यसैको परिचालनबाट संस्थामा संलग्न सदस्यहरूको आर्थिक तथा सामाजिक स्तर माथि उकास्दै आत्मनिर्भरता बढाउने अभिप्रायले विसं २०४८ साल भाद्र ५ गते विकूको स्थापना भएको थियो ।

‘बचत नै विकासको बीउ हो’ भन्ने मनसायका साथ संस्थाको सुरुआतदेखि नै बचत सङ्कलन तथा ऋण परिचालन कार्यक्रममा दिइएको निरन्तरताको फलस्वरूप सहकारी ऐन २०४८ अन्तर्गत २०५० साल जेठ ५ गते तत्कालीन जिल्ला सहकारी कार्यालय नवलपरासीमा दर्ता गरिएको थियो ।

एक ग्रामीण समुदायमा सुरुआत गरिएको यो संस्था अहिले नेपालका सहकारी संस्थाहरूको माझमा एक अग्रणी एवम् सबल संस्थाको रूपमा परिचित भइसकेको छ । विकू साकोस सहकारीको परिचायक बनेको छ । 

विकूलाई वर्तमान अवस्थासम्म ल्याउनमा प्रवद्र्धक संस्था विजय विकास स्रोत केन्द्रको अग्रणी र अहम् भूमिका छ । हाल ‘हाम्रो लक्ष्य खुसी एवम् स्वस्थ सदस्य’ भन्ने आदर्श अभियानका साथ अघि बढेको विकूको कुल सम्पत्ति १० अर्ब ४० करोड पुगेको छ । 

विकू बचतले १ लाख २१ हजार ६४९ सदस्यको आर्थिक, सामाजिक र सांस्कृतिक पक्षमा मात्र नभएर वित्तीय साक्षरता, स्वास्थ्य साक्षरता, प्रविधि साक्षरता र वित्तीय समावेशिताका पक्षमा समेत महत्वपूर्ण अभियान सञ्चालन गरिरहेको छ ।

संस्थाले हाम्रो लक्ष्य खुसी एवं स्वस्थ सदस्य, We Never Say No, B2 (Best and Biggest), M2 (Member and Mobile First), गर्भदेखि स्वर्गसम्म, भरपर्दो पनि, मन पर्दो पनि भन्ने जस्ता विषयलाई कार्य सम्पादनको प्रमुख मार्गदर्शन मान्दै उच्च प्राथमिकताका साथ कार्यान्वयनमा जोड दिएको छ । विज्ञान र प्रविधिको वर्तमान समयमा सदस्यको इच्छा र चाहना अनुसारका कार्यक्रम र सेवालाई उच्च महत्वपूर्णका साथ अगाडि बढाएकोे छ । सदस्य सेवा र सदस्य सन्तुष्टि विकू बचतका लागि महत्वपूर्ण विषय हो । 

आन्तरिक र बाह्य रूपमा अझ बढी सशक्त र प्रभावकारी बनाउने अभियान अन्तर्गत जगेडा कोषमा आधारित संस्था निर्माण गर्ने काममा विकू अघि बढेको छ । आन्तरिक लेखापरीक्षण, प्रविधि लेखापरीक्षण र क्षमतामा आधारित ऋण लगानीको थालनी विकूले गरेको छ ।

२०८१ असार मसान्तसम्म संस्थाको सेयर पुँजी ८९ करोड १० लाख, जगेडा कोष ६७ करोड ३५ लाख, विभिन्न कोष २१ करोड ८३ लाख र कूल संस्थागत पुँजी ७७ करोड ३५ लाख रुपैयाँ पुगेको छ । 

८ अर्ब ३४ करोड ३४ लाख बचत संकलन गरेको विकूले ६ अर्ब ९६ करोड ३२ लाख लगानी गरेको छ । संस्थासँग ३७.४० प्रतिशत तरलता छ । संस्थाको कूल सम्पत्ति १० अर्ब ४० करोड रुपैयाँ पुगेको छ । संस्थाबाट ८ हजार ११३ जनाले कर्जा लिएका छन् ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

पाठकबाट थप