जाली नोट पहिचान तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जाली नोट पहिचान तालिम सम्पन्न

रामेछाप । नेफ्स्कून मन्थली सदस्य सेवा कार्यालयको आयोजनामा सदस्य साकोसहरुको लागि जाली नोट पहिचान तालिम सम्पन्न भएको छ । तालिममा १९ साकोसवाट २४ जनाको सहभागिता थियो ।

तालिम सहभागीहरुले आवश्यक तालिम मार्फत सिकेका विषय व्यवहारमा लागु गरी साकोस र सदस्यहरुलाई समेत सिकाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै उहाँहरुले नेफ्स्कून प्रति आभार समेत व्यक्त गर्नुभयो । 

तालिम समापनमा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. रामेछापका अध्यक्ष जगन्नाथ दाहालले हाल बजारमा जाली नोटको जोखिम बढिरहेको अवस्थामा नेफ्स्कूनले तालिम आयोजना गरी सजगता तथा सचेतना जगाएकोमा धन्यवाद दिनुभयो । उहाँले साकोसका कर्मचारीमा जागिरे मनोवृत्ति मात्र नभई सदस्यहरुको भावना अनुरुप प्रभावकारी सेवा प्रवाह गर्नसक्ने हुनुपर्नेमा जोड दिनुभयो ।          

तालिम सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नुभएकोे थियो । तालिम व्यवस्थापन नेफ्स्कून मन्थली सदस्य सेवा कार्यालय ईन्चार्ज सूर्य बहादुर थापा र व्यवसाय सहायक सुनीता दाहालले गर्नुभएको थियो ।  
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप