१७औं वार्षिक साधारण सभा: नव सृृजनशील साकोस
छोटो समयमै धेरे मिहेनत गरेर काम गरेको छौं : नेफ्स्कून अध्यक्ष  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
छोटो समयमै धेरे मिहेनत गरेर काम गरेको छौं : नेफ्स्कून अध्यक्ष  

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले नेफ्स्कूनको वर्तमान सञ्चालक समिति निर्वाचित भएको छोटो समयमै धेरे मिहेनत गरेर नतिजा आउने गरी काम गरेको दाबी गर्नुभएको छ । काठमाडौंको चाबहिल मुख्य कार्यालय रहेको नव सृृजनशील बचत तथा ऋण सहकारी संस्था लि.को १७औं वार्षिक साधारण सभाका प्रमुख अतिथि ढकालले नयाँ सञ्चालक समिति निर्वाचित भैसकेपछि युद्धस्तरमा अथक काम गरी स्थितिलाई सहज बनाउने जिम्मेवारीको नेतृत्व गरेको जानकारी गराउनुभयो ।

साकोसका अध्यक्ष विश्वनाथ अर्यालको अध्यक्षतामा आयोजित सभामा नेफ्स्कून अध्यक्ष ढकालले साकोसहरुको केन्द्रीय अभिभावक संघ नेफ्स्कूनको पिल्लर दरिलो बनाउन यसका सदस्य संघ संस्थाहरुको साथ उत्तिकै आवश्यक पर्ने भन्दै त्यसका लागि आग्रह पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेफ्स्कूनको पिल्लरलाई विगतमा हामीले समाएको पुगेन कि ? अब यसलाई सबै सदस्य संघ संस्थाहरुले हल्लिन नदिने गरी फरक ढंगले समाउनुपर्छ । किनकि यो हल्लिदा धेरै ठाउँमा परकम्प आउँदोरहेछ भन्ने हामीले विगतमा आभाष गरिसकेका छौं ।’ नयाँ सञ्चालक समिति निर्वाचित भएपछि त्यो कमजोर पिल्लरलाई सामूहिक भावका साथ गतिलो अडेसा दिएर व्यवस्थापन गर्न सफल भएको दाबी अध्यक्ष ढकालले गर्नुभयो । उहाँले छोटो समयमै धेरे मिहेनत गरेर नतिजा आउने गरी काम गरेको बताउनुभयो । 

सहकारी क्षेत्रमा पछिल्लो समय देखिएका विषयहरुप्रति इंगित गर्दै अध्यक्ष ढकालले अब यो भन्दा ठूलो भवितव्य वा प्रतिकूलता भविष्यमा पुनरावृत्ति नहुने विश्वास व्यक्त गर्नुभयो । राज्यसँग पनि सहकार्य गरेर नेफ्स्कूनले यस्ता समस्याहरुको पुनरावृत्ति नहोस् भनेर काम गरेको विषय सबैमा ज्ञात भएको पनि उहाँले बताउनुभयो ।

नेफ्स्कूनले साकोसहरुको जोखिम सुपरिवेक्षणका लागि सहकारी विभागसँग मिलेर सार कार्यक्रम गरेको जानकारी गराउँदै उहाँले यस आर्थिक वर्षभर थप सघनताका साथ यस्तो सहकार्य निरन्तर रहने पनि बताउनुभयो । यसले साकोसहरुको जोखिम मापन गरी रोकथाम तथा उपचारात्मक कदम चाल्न सघाउन पुर्याउने विश्वास अध्यक्ष ढकालले व्यक्त गर्नुभयो । यसैगरी, ३ दर्जन बढी जिल्ला संघहरुसँग सञ्जाल साझेदारी भएको जानकारी पनि उहाँले गराउनुभयो ।

सहकारीमा ‘’म वा ‘मैले’ भन्ने विषय विलकुल स्वीकार्य भाषा नभएको उहाँको तर्क थियो । ‘सहकारी हुनका लागि म भन्दा माथि उठ्नै पर्छ, अध्यक्ष ढकालले भन्नुभयो, ‘केवल हामी भनेर मात्र पनि हुँदैन, त्यसभित्र सामूहिक अपनत्व हुनुपर्छ । यसो भयो भने मात्र कुनै किसिमको समस्या आउँदैन ।’

उहाँले भन्नुभयो, ‘यस्तो प्रतिकुलताका बीच सहकारीहरु सर्भाइभ हुनुनै ठूलो उपलब्धि हो ।’ उहाँले समयमै साधारण सभा गर्ने, सदस्यका कुरा सुन्ने र मितव्ययीता अपनाउँदै सदस्यहरुलाई सेवा पुर्याउनु पर्नेमा जोड दिनुभयो । उहाँले नेपाल स्ट्याण्डर्ड गुणस्तर सुनिश्चितता कार्यक्रम प्रोवेशनमा आबद्ध नव सृजनशील साकोसले उत्कृष्ट कार्य गरेको सहज विश्वास गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा बागमती प्रोस्कूनका सञ्चालक ठाकुर प्रसाद बास्कोटा, कास्कूनकी सञ्चालक सीमा पुरी, नेफ्स्कून चाबहिल सदस्य सेवा कार्यालय प्रमुख राधा पोखरेललगायतको उपस्थिति थियो ।

उद्यमशीलता विकास र दिगो आर्थिक लक्ष्य प्राप्तिका लागि नव सृजनशीलको परिकल्पना बोकेको साकोसको २०८१ असार मसान्तसम्म २ करोड ४ लाख बढी सेयर पुँजी रहेको छ भने कुल सम्पत्ति २६ करोड ३९ लाख बढी रहेको छ ।  

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप