काठमाडौं । एशियाली ऋण महासंघ (अकू) को आयोजनामा सेप्टेम्बर ५ देखि ७ (भदौं २० देखि २२) सम्म इन्डोनेसियाको बालीमा आयोजना हुने ‘एशियन क्रेडिट युनियन फोरम– २०२४’ मा कार्यपत्र प्रस्तुतिका लागि नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा.शिवजी सापकोटा आज त्यसतर्फ जाँदै हुनुहुन्छ । फोरमको अघि सेप्टेम्बर २ देखि ४ सम्म हुने सिईओ वर्कशपमा समेत उहाँ सहभागी हुनुहुनेछ ।
यसैबीच, नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी सहित सहायक कार्यकारी अधिकृतहरु लगायतले उहाँलाई आज एक संक्षिप्त कार्यक्रमसहित बिदाइ गर्नुभएको छ । बरिष्ठ उपाध्यक्ष अधिकारीले नेपाली साकोस अभियानको तर्फबाट गरिने प्रस्तुती, फोरमका सिलसिलामा हुने साइडलाइन बैठकहरुसँगै समग्रमा कार्यक्रम सफलताको शुभकामनासहित सिईओ डा. सापकोटालाई बिदाई गर्नुभएको हो । बरिष्ठ उपाध्यक्ष अधिकारीले यस्ता अन्तर्राष्ट्रिय भ्रमणहरु सिकाइको प्रभावकारी प्लेटफर्म हुने भन्दै यो पटकको फोरमकको सिकाइ नेपाली साकोस अभियानका लागि पनि विगतका मञ्चहरु भन्दा अझै बढी उपलब्धीमूलक हुने विश्वास व्यक्त गर्नुभयो ।
यसैगरी, संघका सिईओ डा. सापकोटाले पनि अकू फोरममा एशिया प्रशान्त क्षेत्रीय क्रेडिट युनियन अभियानबारे मात्र नभई, नेपालको साकोस अभियानको प्रस्तुति तथा विश्व अभियानका समसामयिक विषयहरुमा पनि विषयविज्ञहरुबाट प्रस्तुति, छलफल र मन्थनसहित निष्कर्ष निकाल्ने कार्यक्रम भएकाले नेपालको अभियानका लागि धेरै नै लाभदायक हुने दाबी गर्नुभयो ।
फोरममा संघका सिईओ डा. सापकोटाले क्रेडिट युनियनको भावी कार्यदिशा तय गर्ने विषयमा बहसपैरवी तथा नियामकीय संरचनाको महत्वबारे प्रस्तुतीकरण गर्नुहुनेछ । उहाँले Shaping the Future of Credit Union Movements: Policy Advocacy and Regulatory Frameworks विषयमा प्रस्तुतीकरण गर्नुहुने कार्यक्रम छ । सोही सत्रमा उहासँगै अफ्रिकन कनफेडेरेशन अफ कोअपरेटिभ अफ सेभिङ्स एण्ड क्रेडिट एशोसिएसन्सका सिईओ जर्ज ओम्बाडाले पनि प्रस्तुती गर्नुहुनेछ । उत्र सत्रको सहजीकरण फिलिपिन्सका डिभेलपमेन्ट एजुकेशटर बेट्सी जोई टानले गर्नुहुने कार्यक्रम छ ।
यसैबीच, भदौं २३ गते (सेप्टेम्बर ८) मा अकूको वार्षिक साधारण सभा समेत आयोजना हुँदैछ ।
२१ घण्टा अगाडि
२२ घण्टा अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
९ दिन अगाडि
१० दिन अगाडि
११ दिन अगाडि
२१ घण्टा अगाडि
२८ दिन अगाडि
१६ दिन अगाडि
१९ दिन अगाडि
२० दिन अगाडि
१७ दिन अगाडि
१९ दिन अगाडि
२६ दिन अगाडि