जनउत्थान साकोसलाई एक्सेस ब्राण्ड २०२४
'यो खुसी र गौरवको क्षण हो, ४० हजार बढी सदस्य असली बधाईका हकदार'
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'यो खुसी र गौरवको क्षण हो, ४० हजार बढी सदस्य असली बधाईका हकदार'

काठमाडौं । जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि.की अध्यक्ष ज्ञानु पौड्यालले साकोसले एक्सेस ब्राण्ड २०२४ प्राप्त गरेको खुसी साट्दै साँचो सफलताको हकदार ४० हजार बढी सदस्य भएको बताउनुभएको छ । एसियाली ऋण महासंघ (अकू) को प्राविधिक सहयोगमा नेफ्स्कूनद्वारा प्रवर्तित साकोसहरुको गुणस्तर सुनिश्चितता सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डको 'ए वन कम्पेटिटिभ च्वाइस फर एक्सिलेन्स इन् सर्भिस एण्ड साउन्डनेस (एक्सेस)' कार्यक्रममा आवद्ध जनउत्थान साकोसले एक्सेस ब्राण्ड २०२४ प्राप्त गर्न सफल भएको हो । 

इन्डोनेसियाको बाली प्रान्तमा आज सुरु भएको अकू फोरमको उद्घाटन कार्यक्रममा साकोको प्रतिनिधित्व गर्दै संस्थाका कार्यवाहक अध्यक्ष गिरीप्रसाद पुन र प्रमुख कार्यकारी अधिकृत रणबहादुर थापाले ब्राण्ड ग्रहण गर्नुभएको हो । अकूका अध्यक्ष योनसीक किम र प्रमुख कार्यकारी अधिकृत एलिनिता भी स्यान रोके (लेनी) ले ब्राण्ड प्रदान गर्नुभएको थियो ।

नेफ्स्कून सञ्चालक समेत रहनुभएकी साकोसकी अध्यक्ष पौड्यालले खुसी साट्नुभयोे, 'नेपाली साकोस अभियानको प्रतिनिधित्व गर्दै अकू फोरममा ब्राण्ड प्राप्त गर्नु साँच्चै भन्ने हो भने सबैको लागि खुसी र गर्वको विषय हो ।  त्यसमा पनि विशेषतः साकोसका ४० हजार सदस्य, सञ्चालक समिति, व्यवस्थापन, शुभेच्छुक, शुभचिन्तक, सञ्चारजगत लगायत सबैलाई यो अवसरमा हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु ।'

उहाँले सबैको हौसला र प्रेरणाले साकोसले आगामी दिनमा सदस्य सेवाका दिशामा थप प्रगति हासिल गर्ने दाबी गर्नुभयो । यसैगरी, उहाँले यस प्रकारको अन्तर्राष्टिर्य रेकग्निशनले मुलुकका सबै साकोसहरुलाई प्रेरणा र उर्जा प्रवाह गरेको पनि विश्वास व्यक्त गर्नुभयो ।

उहाँले ४० हजार बढी सदस्य, सञ्चालक, अग्रज नेतृत्व, लेखा सुपरीवेक्षण समिति, सल्लाहाकार, उपसमिति, कर्मचारीहरु लगायतमा म मनैबाट धन्यवाद भन्न चाहन्छु । यसैगरी, हामीलाई यो अवसरमा बधाई तथा शुभकामना व्यक्त गर्ने सबैप्रति जनउत्थान साकोस आभारी छ । ब्राण्डले सहकारीप्रति सदस्यको विश्वास थप बढ्ने उहाँले बताउनुभयो । अध्यक्ष पौड्यालले सहकारी संस्थालाई सुरक्षित, बलियो, दिगो रुपमा संचालन गर्न एक्सेस ब्राण्डलाई निकै महत्वपूर्ण सूचक मानिने भन्दै यसले नेपाली साकोस अभियानको अन्तर्राष्ट्रिय छवि विस्तार गर्ने विश्वास व्यक्त गर्नुभयो ।

यसैगरी, अध्यक्ष ज्ञानु पौड्यालले फिलिपिन्सको टागुम कोअपरेटिभले एक्सेस गोल्ड ब्राण्ड प्राप्त गरेको उक्त संस्थालाई पनि बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

४० हजार १८६ सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको जनउत्थान मुलुककै एक अग्रणी एवम् उत्कृष्ट सहकारी संस्थाको रुपमा स्थापित छ । जनउत्थान साकोसले नेफ्स्कून, राष्ट्रिय सहकारी बैंक, लगायत थुप्रै निकायबाट सम्मान पुरस्कार प्राप्त गरिसकेको छ ।

यसैबीच, नेफ्स्कूनले पनि आफ्नो सदस्य संस्था जनउत्थान साकोसलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ । अकू फोरममा सहभागी हुनुभएका संघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, महासचिव घनश्याम अधिकारी तथा कोषाध्यक्ष दिपक थापा तथा प्रमुख कार्यकारी अधिकृत डा। शिवजी सापकोटाले प्रत्यक्ष रुपमा तथा सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

यसैगरी, संघका कार्यवाहक अध्यक्ष दामोदर अधिकारीले पनि सामाजिक सञ्जालमार्फत जनउत्थान साकोसलाई यो अन्तर्राष्ट्रिय सम्मानको लागि बधाई शुभकामना व्यक्त गर्नुभएको हो । यसैगरी, राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमै साकोसलाई बधाई तथा शुभकामना व्यक्त गरिएका छन् ।

यस वर्ष (सन् २०२४–२०२५) नेपालबाट ब्राण्ड प्राप्त गर्ने जनउत्थान मात्रै रहेको छ । गत वर्ष नेपालबाट जनउत्थान र चण्डेश्वरी साकोसले ब्राण्ड पाएका थिए । गत वर्ष जनउत्थानले सिल्भर ब्राण्ड प्राप्त गरेको थियो । यो वर्ष ब्रोञ्ज प्राप्त गरेको हो । 


 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप