अकू फोरम-२०२४
अकू फोरम सुरु, जनउत्थान साकोसले पायो 'एक्सेस ब्राण्ड'
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अकू फोरम सुरु, जनउत्थान साकोसले पायो 'एक्सेस ब्राण्ड'

काठमाडौं । एशियाली ऋण महासंघ (अकू) को आयोजना एवम् क्रेडिट युनियन सेन्ट्रल अफ इन्डोनेसियाको आतिथ्यतामा बालीमा अकू फोरम २०२४ सुरु भएको छ । यसअघि प्रि फोरमका कार्यक्रमहरु सम्पन्न भएसँगै मुख्य आकर्षणको फोरम आज सुरु भएको हो । भोलिसम्म चल्ने फोरममा विभिन्न समसामयिक विषयमा प्यानल छलफल तथा ब्रेकआउट सत्रहरु सञ्चालन हुनेछन् । 

यसैबीच, फोरमको उद्घाटन सत्रमा यो वर्ष नेपाली साकोस अभियानको प्रतिनिधित्व गर्दै रुपन्देहीको कोटिहवा मुख्य कार्यालय रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले ‘एक्सेस ब्राण्ड' प्राप्त गरेको छ ।

एसियाली ऋण महासंघ (अकू) को प्राविधिक सहयोगमा नेफ्स्कूनद्वारा प्रर्वदित साकोसहरुको गुणस्तर सुनिश्चितता सम्बन्धी अन्तराष्ट्रिय मापदण्डको 'ए वन कम्पेटिटिभ च्वाइस फर एक्सिलेन्स इन् सर्भिस एण्ड साउन्डनेस' (एक्सेस) कार्यक्रममा आवद्ध जनउत्थान साकोस यो वर्ष पनि ब्राण्ड प्राप्त गर्न सफल भएको हो ।

इन्डोनेसियाको बालीमा जारी अकू फोरम २०२४ को पहिलो दिन आयोजित औपचारिक उद्घाटन समारोहमा साकोसलाई ब्राण्ड प्रदान गरिएको हो । अकूका अध्यक्ष योनसीक किम र प्रमुख कार्यकारी अधिकृत एलिनिता भी स्यान रोके (लेनी) ले जनउत्थान साकोसका कार्यवाहक अध्यक्ष गिरीप्रसाद पुन र प्रमुख कार्यकारी अधिकृत रणबहादुर थापालाई प्रदान गर्नुभएको हो । 

यसैबीच, नेफ्स्कूनले जनउत्थान साकोसलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ । अकू फोरममा सहभागी हुनुभएका संघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, महासचिव घनश्याम अधिकारी तथा कोषाध्यक्ष दिपक थापा तथा प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले प्रत्यक्ष रुपमा तथा सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

यसैगरी, संघका कार्यवाहक अध्यक्ष दामोदर अधिकारीले पनि सामाजिक सञ्जालमार्फत जनउत्थान साकोसलाई यो अन्तर्राष्ट्रिय सम्मानको लागि बधाई शुभकामना व्यक्त गर्नुभएको हो । यसैगरी, राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमै साकोसलाई बधाई तथा शुभकामना व्यक्त गरिएका छन् ।

यस वर्ष (सन् २०२४–२०२५) नेपालबाट ब्राण्ड प्राप्त गर्ने जनउत्थान मात्रै रहेको छ । गत वर्ष नेपालबाट जनउत्थान र चण्डेश्वरी साकोसले ब्राण्ड पाएका थिए । गत वर्ष जनउत्थानले सिल्भर ब्राण्ड प्राप्त गरेको थियो । यो वर्ष ब्रोञ्ज प्राप्त गरेको हो । २०७६ सालमा नेपालका २४ साकोसले एक्सेस ब्राण्ड पाएका थिए ।

ब्राण्ड प्राप्त गरेसँगै ४० हजार सदस्य, सञ्चालक, अग्रज नेतृत्व, लेखा सुपरीवेक्षण समिति, सल्लाहाकार, उपसमिती, कर्मचारीहरु लगायतमा साकोसले हार्दिक कृतज्ञता व्यक्त गरेको छ । ब्राण्डले सहकारीप्रति सदस्यको विश्वास थप बढ्ने साकोसले जनाएको छ । सहकारी संस्थालाई सुरक्षित, बलियो, दिगोरुपमा संचालन गर्न एक्सेस ब्राण्डलाई निकै महत्वपूर्ण सूचक मानिन्छ ।

४० हजार १९० सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको जनउत्थान मुलुककै एक अग्रणी एवम् उत्कृष्ट सहकारी संस्थाको रुपमा स्थापित छ । जनउत्थान साकोसले नेफ्स्कून, राष्ट्रिय सहकारी बैंक, लगायत थुप्रै निकायबाट सम्मान पुरस्कार प्राप्त गरिसकेको छ ।

सदस्य र समुदाय केन्द्रीय वित्तीय गर्दै आएको संस्थाले सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा समेत उल्लेख योगदान पुन्याएको छ । संस्थागत पुँजीलाई  प्राथमिकतामा राखेर अगाडि बढेको संस्थामा जगेडा कोषमा मात्रै ३४ करोड  पुगेको छ ।

जगेडा कोषलाई क्रमश वृद्धि गर्दै जाने र १ अर्बको कोष पुगेपछि शुन्य प्रतिशत मार्जिनमा सदस्यहरुलाई ऋण लगानी गर्ने लक्ष्य साकोसले लिएको छ । अहिले पनि संस्थाले सदस्यहरुलाई विना प्रशासनिक शुल्क ऋण लगानी गर्दै आएको छ भने सदस्य बन्दा पनि प्रवेश शुल्क नलिने साकासले जनाएको छ । 

भर्खरै
दोलखाका तिन साकोसमा उद्यम–उद्यमी म्याट्रिक्स अभिमुखीकरण 
दोलखाका तिन साकोसमा उद्यम–उद्यमी म्याट्रिक्स अभिमुखीकरण 

१५ घण्टा अगाडि

उद्यमशीलता प्रर्बधनका लागि संसेवन साकोसको पहल, लघु व्यवसायिक खेल तालिम सञ्चालन
उद्यमशीलता प्रर्बधनका लागि संसेवन साकोसको पहल, लघु व्यवसायिक खेल तालिम सञ्चालन

१५ घण्टा अगाडि

महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

१६ घण्टा अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

३ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

३ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 
नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

३ दिन अगाडि

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

४ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

७ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

३ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

३ दिन अगाडि

दोलखाका तिन साकोसमा उद्यम–उद्यमी म्याट्रिक्स अभिमुखीकरण 
दोलखाका तिन साकोसमा उद्यम–उद्यमी म्याट्रिक्स अभिमुखीकरण 

१५ घण्टा अगाडि

महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

१६ घण्टा अगाडि

Notice
Notice

११ दिन अगाडि

उद्यमशीलता प्रर्बधनका लागि संसेवन साकोसको पहल, लघु व्यवसायिक खेल तालिम सञ्चालन
उद्यमशीलता प्रर्बधनका लागि संसेवन साकोसको पहल, लघु व्यवसायिक खेल तालिम सञ्चालन

१५ घण्टा अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२७ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२५ दिन अगाडि

पाठकबाट थप