सदस्यसँग नेफ्स्कून
अभियानमा परेको बाछिटा हटाउन सबैसँगै अघि बढ्नुपर्छः नेफ्स्कून कार्यवाहक अध्यक्ष
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अभियानमा परेको बाछिटा हटाउन सबैसँगै अघि बढ्नुपर्छः नेफ्स्कून कार्यवाहक अध्यक्ष

मकवानपुर । नेफ्स्कूनका कार्यवाहक अध्यक्ष दामोदर अधिकारीले 'सदस्यसँग नेफ्स्कून' कार्यक्रम अन्तर्गत मकवानपुर जिल्लाका सदस्य संघ संस्थाहरुको भ्रमण गरी उनीहरुका समस्या, सम्भावना, माग, सुझाव, चिन्ता अनि चासोहरुबारे जानकारी लिनुभएको छ । 

संघ तथा साकोसका सञ्चालक समितिका प्रतिनिधिहरु,लेखा सुपरिवेक्षण समिति, व्यवस्थापकसँग भएको उक्त भेटघाट बागेश्वरी महिला साकोस, नमुना प्रगति साकोस, हातेमालो साकोससँगै जिल्ला बचत संघ मकवानपुरसँग पनि भएको हो । भेटघाटसँगै संघको मकवानपुर सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति बैठकमा पनि उहाँ सहभागी हुनुभयो ।

सदस्य संस्थाहरुको वर्तमान अवस्था र चुनौती, स्थिरीकरण कोष र स्तरीकरण कार्यक्रमको औचित्य र सदस्य संस्थाहरुको नेफ्स्कूनसँग अपेक्षा र सुझाव संकलनसँगै समसायिक विषयवस्तुहरुमा अनौपचारिक तर महत्वपूर्ण छलफल भएको थियो । साथै अहिलेको विषम अवस्थामा झनै सदस्य केन्द्रित रही वस्तु तथा सेवा मार्फत सदस्य सन्तुष्टिलाई ख्याल राख्न उहाँले अनुरोध गर्नुभयो । 

नेफस्कूनको सदस्य सूचना प्रणालीमा प्रवृष्टि गरी यसको जोखिम विश्लेषाणत्मक प्रतिवेदन उपयोग गर्न पनि कार्यवाहक अध्यक्ष अधिकारीले अनुरोध गर्नु भयो । अहिले समग्र सहकारी अभियानमा परेको बाछिटा हटाउन सबैसँगै अघि बढ्न आवश्यक रहेको धारणा उहाँको थियो ।  नेफ्स्कून सदैव आफ्ना सदस्यको लागि बहस पैरवी तथा सुरक्षणमा सचेत रहेको जानकारी गराउनुभयो ।

यसैगरी, संघको छैठौं रणनीतिक व्यावसायिक योजना र त्यसले लिएका मुख्य उद्देश्य तथा लक्ष्यसँगै तिनमा सदस्य संघसंस्थाहरुको भूमिका तथा जिम्मेवारीबारे पनि उहाँले अवगत गराउनुभएको थियो ।

भेटघाटमा नेफ्स्कून सञ्चालक सदस्य तथा मकवानपुर सदस्य कार्यालय व्यवस्थापन उपसमिति संयोजक गोपल प्रसाद गौतम ,उपसमिति सदस्य राजु गौतम र सदस्य सेवा कार्यालय इन्चार्ज बिदुर खड्का, संघको टाडी सेवा केन्द्र प्रमुख ज्योति महत पनि सहभागी हुनुहुन्थ्यो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप