दरको पाकशास्त्र
दर: के खाने ? के नखाने ? व्रत बस्ने कि नबस्ने ? 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दर: के खाने ? के नखाने ? व्रत बस्ने कि नबस्ने ? 

काठमाडौं । तीजको दर खाने परम्परागत शैलीमा परिवर्तन देखिएको छ । तीजको अघिल्लो दिन खाइने दर अहिले काम गर्ने ठाउँ, साथी, नातागोता वा सङ्घसंस्था सबै ठाउँमा सम्मानपूर्वक दर खुवाइने गरिएको छ । दर तीजको व्रत बस्ने पहिलो दिन खाने भएपछि पछिल्लो समय महिना दिन अघि देखि नै खान थालिएको देखिन्छ । तीजको व्रतको तयारी स्वरूप बिहीबार आज दर खाने तयारीमा नेपाली महिला छन् । दर खाने दिनसँगै चार दिने तीज पर्व बिहिबादेखि सुरु भएको छ । दर खाएपछि औपचारिक रूपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्त ऋषिको पूजा गरी तीज समापन हुन्छ ।

दर खाँदा बढी चिल्लो, पिरो र मसलायुक्त खाना खानु हुँदैन । अघिल्लो दिन मसलायुक्त र चिल्लो खाने तर भोलिपल्ट केही नखाँदा पेटको समस्या देखिनुका साथै शरीरमा ग्लुकोजको मात्रा कम भएर बिरामी हुने खतरा रहन्छ । दर व्रतको एक दिनअघि खाइने भएकाले त्यो खानेकुरा भोलिपल्ट व्रत बस्न सजिलो हुने खालको हुनुपर्छ । पाचन प्रक्रियामा असर नगर्ने हुनुपर्छ । त्यसैले दरमा क्यालोरी, चिल्लो र मसला कम भएको खानेकुरा समावेश गर्नुपर्छ । साथै फाइबर र प्रोटिनयुक्त खानेकुरा जस्तो तरकारी, फलफूल, सम्पूर्ण अन्न हुनुपर्छ ।

सामान्यतया दरको रुपमा खाने परिकार भनेको दूध हालेर तयार पारिएको ढकनी, चाम्रे, कुरौंनी आदि हुन् । कसैले खिर खान्छन् भने कसैले ढकनी र चाम्रे खाने गर्छन् । पोषणविद्हरुका अनुसार परापूर्वकालदेखि दरको रुपमा जे खानेकुरा खाइन्थ्यो ती खानेकुराहरु अहिले पनि महिलाहरुको लागि एक्सपेन्सिभ र लक्जरियस खानेकुरामा गनिन्छ । जुन वैज्ञानिक हिसाबले पेटको स्वास्थ्यलाई ध्यान दिएर तयार पारिएका परिकारहरु हुन् ।

जस्तो सुरुमा घिउ र दूधको परिकार खाइन्छ, त्यसले पाचन प्रणालीमा समस्या निम्त्याउन सक्ने भएकोले अन्तिममा दही खाएर पाचन प्रक्रिया सवल बनाउने गरिन्छ । जुन घिउ र दूधबाट बनेको ढकनी लगायतका खानेकुराहरु छन्, त्यसले सिंगै एकदिनभरका लागि मान्छेलाई तागत दिने शक्ति राख्छ त्यसैले पनि दरको रुपमा बढी दूधजन्य खानेकुरा खाने गरिएको पाइन्छ ।

दर खाने दिन बढी चिल्लो, पिरो खाना खाने र भोलिपल्ट केही नखाई व्रत बस्ने गर्दा पेटको समस्या तथा ग्लुकोजको मात्रा कम भएर व्रतको दिन स्वास्थ्य समस्या नै निम्तिन सक्छ । दरमा धेरै थरीका परिकार समावेश हुन्छन् । दरको दिन परिकार तयार गर्ने क्रममा तेल तथा मसलामा विशेष ध्यान दिन आवश्यक छ । सकेसम्म घरमै परिकार तयार बनाएर खाँदा राम्रो हुन्छ । भोलिपल्ट व्रत बस्नुपर्ने भएकाले बढी चिल्लो, पिरो र तारेका खानेकुरा खानु हुँदैन ।

दरका नाममा अघिल्लो दिन अत्यधिक खाने र भोलिपल्ट पानी समेत नखाई व्रत खस्दा स्वास्थ्यमा झनै असर पर्न सक्छ । हामीले खाएको खानेकुरा पच्न नै तीन–चार घण्टा लाग्छ । राति अबेरसम्म खानेकुरा खाएर सुत्दा खानेकुरा राम्ररी पच्न पाउँदैन र पाचन सम्बन्धी समस्या निम्तिन सक्छ ।

पछिल्लो समय महिलामा मधुमेह, उच्च रक्तचाप, थाइराइड लगायत समस्या पनि देखिएकाले तीजको दरका नाममा जथाभाबी रूपमा अत्यधिक खानेकुरा खानु हुँदैन । दर खानु भन्दा पहिला आफ्नो स्वास्थ्य अवस्थाबारे सचेत हुनुपर्छ । यस्तै बढी क्यालोरी खाएको खानेकुरा खाँदा वजन बढ्ने समस्या हुन्छ । 

अखाद्य रङ तथा केमिकल मिसिएका मिठाईले पेट दुखाउने, बान्ता गराउने, पखाला लगाउने एवं फुड प्वाइजनिङ लगायत समस्या ल्याउँछन् । दरमा दही, फलफूल, हरियो सलाद आदि समावेश गर्नु र व्रतको दिनमा पनि आफ्नो शरीरको ख्याल गरी आवश्यकता अनुसार फलफूल र पानी खानु राम्रो हुन्छ । 

पोषणका लागि दरमा दुग्ध खाद्य पदार्थ खानु राम्रो मानिन्छ । दूध, दही, मखन, घिउ जस्ता खानेकुराले शरीरलाई लामो समय शक्ति दिने भएकाले यसबाट बनेका खानेकुरा सन्तुलित रूपमा खानुपर्छ । यसका साथै फलफूल तथा अन्नबाट बनेका परिकार खानुपर्छ । मधुमेह, रक्तचाप, ग्यास्ट्रिकका समस्या भएका बिरामीले दर खाँदा खानाको सन्तुलनमा विशेष ध्यान दिनुपर्छ । 

दरको नाममा मादक पदार्थ सेवन गर्नु स्वास्थ्यको लागि हानिकारक हो । तीजभन्दा धेरै दिनअघि हुने गरेका दर कार्यक्रममा मदिराजस्ता हानिकारक कुरा प्रयोगलाई निरुत्साहित गरिनुपर्छ । यस्तै मौसम वर्षातको भएकाले यो मौसममा बजारका खानेकुरा तथा सागसब्जी अस्वस्थ पनि हुन सक्छ । राम्रोसँग पखालिएको र पकाइएको खानेकुरा मात्र खानुपर्छ । घरमै बनाइएको ताजा र पोषिलो खाना खानुपर्छ । बासी, सडेका, ढुसी परेका खानेकुराबाट टाढा रहनुपर्छ । दरका लागि बनाइएको खानेकुरा नसिद्धिएर पछिका लागि राखेर खाँदा स्वास्थ्य समस्या हुन सक्ने भएकोले ताजा र स्वच्छ खानेकुरा मात्र खानुपर्छ । रमझम गरी रमाइलो गर्ने तीजमा बिरामी परेर हुने बिजोगबाट बच्न खानेकुराको स्वच्छतामा ध्यान दिनैपर्छ । 

तीज भन्ने बित्तिकै व्रत मात्र होइन, रमाइलो र नाचगान पनि उत्तिकै हुने पर्व हो । तर तीजमा व्रत बसेका महिलाले खाली पेटमा नाच्दा पनि ख्याल गर्नुपर्छ । आफ्नो स्वास्थ्यलाई ख्याल गरेर मात्र मनोरञ्जन गर्दा फाइदा पुग्छ । 

नियमित औषधी प्रयोग गर्ने महिलाको लागि तीजको निराहार व्रत उपयुक्त हुँदैन । पानी पनि नखाई व्रत बस्दा उनीहरूको ज्यान पनि जान सक्छ । यदि व्रत बस्नै पर्ने अवस्था भए पानी तथा फलफूल धेरै खानुपर्छ र औषधी त छुटाउनै हुँदैन । शरीर कमजोर हुनेहरूले व्रत बस्दा शरीर झन् कमजोर हुनसक्छ । त्यसैले बिरामी भएका महिलाहरूले व्रत नबस्दा ठिक हुन्छ । यस्तै गर्भवती, मधुमेह, उच्च रक्तचाप, श्वासप्रश्वास तथा फोक्सोको समस्या भएका वा अन्य कुनै दीर्घरोग लागेका महिलाले व्रत बस्नु हुँदैन । 

(स्रोतः विभिन्न सञ्चारमाध्यमहरु)

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१४ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप