साकोस सञ्जालको क्षमता विकास अनुशिक्षण -चितवन
नेफ्स्कून र सदस्य संघ संस्थाको रणनीतिक योजनाबीच तादात्म्य आवश्यक
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून र सदस्य संघ संस्थाको रणनीतिक योजनाबीच तादात्म्य आवश्यक

चितवन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा चितवनमा साकोस सञ्जालको क्षमता विकास अनुशिक्षण कार्यक्रम भदौ १९ गते सम्पन्न भएको छ । नेफ्स्कून र सदस्य संघ संस्थाको रणनीतिक योजनासँग तादात्म्य मिल्दा मात्र अभियान बलियो हुने भएकाले संघको चार वर्षे रणनीतिक मार्गचित्रका सम्बन्धमा अनुशिक्षण गरिएको हो । 

संघका कार्यवाहक अध्यक्ष दामोदर अधिकारीको सभाध्यक्षतामा सम्पन्न भएको उक्त अनुशिक्षण कार्यक्रममा संघका लेखा सुपरिवेक्षण समिति संयोजक इन्द्रराज ज्योती पौडेल, सञ्चालक सदस्य गोपाल प्रसाद गौतम, जिल्ला बचत संघ चितवनकी अध्यक्ष बिद्या कोइराला सहित चितवन र नवलपुरबाट १ सय सहकारीकर्मीको सहभागिता थियो । संघका कार्यवाहक अध्यक्ष दामोदर अधिकारीले संघले सुपरिवेक्षणको दायरालाई बृहत बनाउँदै लगेको एवम् संघले अनुशिक्षण गरेको सुशासनका न्युनतम शर्तपनि नमान्ने संस्थाहरुलाई संघले सँधै बोकेर हिँडन नसक्ने बताउनुभयो । 

बचत तथा ऋण सहकारीहरु कडा सुपरिवेक्षणको दायरामा बस्नुपर्ने विषयमा दुइमत नभएपनि हाल वित्तीय सहकारी ऐन नआउँदासम्म ऐन आए सरह करारीय ऐक्यबद्धताको शर्तहरुमार्फत संस्थाहरु सुपरिवेक्षणमा रही नीति तथा विधि पालना गरी सुरक्षित रुपमा सञ्चालित छन भन्ने प्रत्याभूति दिने गरी संघको मार्गचित्र तयार गरिएको बताउनुभयो ।

हाल कुनै संस्था समस्यामा परे सबैले एक अर्कालाइ दोष दिएर उम्किन खोजिएकोले अब सदस्यको विश्वास आर्जन गर्नको लागि जवाफदेही हुने विधिको मार्गचित्र संघले तयार गरेको बताउनुभयो । संघले अबको चार वर्षमा १ सय संस्थाहरुको जवाफदेही भूमिका सहितको करारीय सम्झौता हुने, १ हजार संस्थालाइ गुणस्तर सुनिश्चितता र जोखिम सुपरिवेक्षणमार्फत  प्रत्यक्ष निगरानी र पृष्ठपोषण गर्ने र बाँकी सदस्यलाइ वृद्धि र विकासका क्रियाकलापहरुमार्फत सेवा प्रदान गर्ने गरी लक्ष्य निर्धारण गरिएको जानकारी गराउनुभयो । 

संघका लेखा सुपरिवेक्षण समिति संयोजक पौडेलले सहकारीका वर्तमान समस्याहरु सहकारीकर्मीको खोल ओढेका तर मनमा सहकारी नभएकाहरुबाट आएको बताउँदै संस्था सञ्चालनका लागि सुशासन पहिलो शर्त रहेको बताउनुभयो ।

संघले हाल सदस्य सूचना प्रणाली मार्फत संस्थाको जोखिमस्तर मापन गर्न सकिने गरी गैह्रस्थलगत सुपरिवेक्षणको काम गरिरहेकोले सबै सदस्य संघसंस्थाले अनिवार्य रुपमा हरेक महिना उक्त प्रणाली मार्फत सूचना पठाउनुपर्ने बताउनुभयो । संस्था सुशासन र वित्तीय सूचकमानहरुको स्तरमान कायम गरी सञ्चालन भएका छन भन्ने विषय सुनिश्चित नगरिएसम्म विश्वास आर्जन गर्न नसकिने भएको र सो संस्था नियमित सुपरिवेक्षणमा रहेको संस्थाको रुपमा पहिचान कायम हुन सकेमा मात्र अभियान बलियो हुने भएकोले अब शंका होइन त्यसको निवारण हुने गरी कार्य गर्न जरुरी रहेको उहाँले बताउनुभयो । 

कार्यक्रममा चितवन बचत संघकी अध्यक्ष विद्या कोइरालाले सबै संस्थाहरु गुणस्तर सुनिश्चितताको कार्यक्रममार्फत संस्थाको स्वास्थ्य अवस्था जाँच नगरे जुनसुकै बेला पनि समस्यामा पर्न सक्नेतर्फ सचेत तुल्याउनुभयो । संघका सञ्चालक सदस्य गोपाल प्रसाद गौतमले सबै सहभागीहरुलाई स्वागत गर्नुभएको थियो ।  


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३९ दिन अगाडि

पाठकबाट थप