साकोस सञ्जालको क्षमता विकास अनुशिक्षण -चितवन
नेफ्स्कून र सदस्य संघ संस्थाको रणनीतिक योजनाबीच तादात्म्य आवश्यक
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून र सदस्य संघ संस्थाको रणनीतिक योजनाबीच तादात्म्य आवश्यक

चितवन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा चितवनमा साकोस सञ्जालको क्षमता विकास अनुशिक्षण कार्यक्रम भदौ १९ गते सम्पन्न भएको छ । नेफ्स्कून र सदस्य संघ संस्थाको रणनीतिक योजनासँग तादात्म्य मिल्दा मात्र अभियान बलियो हुने भएकाले संघको चार वर्षे रणनीतिक मार्गचित्रका सम्बन्धमा अनुशिक्षण गरिएको हो । 

संघका कार्यवाहक अध्यक्ष दामोदर अधिकारीको सभाध्यक्षतामा सम्पन्न भएको उक्त अनुशिक्षण कार्यक्रममा संघका लेखा सुपरिवेक्षण समिति संयोजक इन्द्रराज ज्योती पौडेल, सञ्चालक सदस्य गोपाल प्रसाद गौतम, जिल्ला बचत संघ चितवनकी अध्यक्ष बिद्या कोइराला सहित चितवन र नवलपुरबाट १ सय सहकारीकर्मीको सहभागिता थियो । संघका कार्यवाहक अध्यक्ष दामोदर अधिकारीले संघले सुपरिवेक्षणको दायरालाई बृहत बनाउँदै लगेको एवम् संघले अनुशिक्षण गरेको सुशासनका न्युनतम शर्तपनि नमान्ने संस्थाहरुलाई संघले सँधै बोकेर हिँडन नसक्ने बताउनुभयो । 

बचत तथा ऋण सहकारीहरु कडा सुपरिवेक्षणको दायरामा बस्नुपर्ने विषयमा दुइमत नभएपनि हाल वित्तीय सहकारी ऐन नआउँदासम्म ऐन आए सरह करारीय ऐक्यबद्धताको शर्तहरुमार्फत संस्थाहरु सुपरिवेक्षणमा रही नीति तथा विधि पालना गरी सुरक्षित रुपमा सञ्चालित छन भन्ने प्रत्याभूति दिने गरी संघको मार्गचित्र तयार गरिएको बताउनुभयो ।

हाल कुनै संस्था समस्यामा परे सबैले एक अर्कालाइ दोष दिएर उम्किन खोजिएकोले अब सदस्यको विश्वास आर्जन गर्नको लागि जवाफदेही हुने विधिको मार्गचित्र संघले तयार गरेको बताउनुभयो । संघले अबको चार वर्षमा १ सय संस्थाहरुको जवाफदेही भूमिका सहितको करारीय सम्झौता हुने, १ हजार संस्थालाइ गुणस्तर सुनिश्चितता र जोखिम सुपरिवेक्षणमार्फत  प्रत्यक्ष निगरानी र पृष्ठपोषण गर्ने र बाँकी सदस्यलाइ वृद्धि र विकासका क्रियाकलापहरुमार्फत सेवा प्रदान गर्ने गरी लक्ष्य निर्धारण गरिएको जानकारी गराउनुभयो । 

संघका लेखा सुपरिवेक्षण समिति संयोजक पौडेलले सहकारीका वर्तमान समस्याहरु सहकारीकर्मीको खोल ओढेका तर मनमा सहकारी नभएकाहरुबाट आएको बताउँदै संस्था सञ्चालनका लागि सुशासन पहिलो शर्त रहेको बताउनुभयो ।

संघले हाल सदस्य सूचना प्रणाली मार्फत संस्थाको जोखिमस्तर मापन गर्न सकिने गरी गैह्रस्थलगत सुपरिवेक्षणको काम गरिरहेकोले सबै सदस्य संघसंस्थाले अनिवार्य रुपमा हरेक महिना उक्त प्रणाली मार्फत सूचना पठाउनुपर्ने बताउनुभयो । संस्था सुशासन र वित्तीय सूचकमानहरुको स्तरमान कायम गरी सञ्चालन भएका छन भन्ने विषय सुनिश्चित नगरिएसम्म विश्वास आर्जन गर्न नसकिने भएको र सो संस्था नियमित सुपरिवेक्षणमा रहेको संस्थाको रुपमा पहिचान कायम हुन सकेमा मात्र अभियान बलियो हुने भएकोले अब शंका होइन त्यसको निवारण हुने गरी कार्य गर्न जरुरी रहेको उहाँले बताउनुभयो । 

कार्यक्रममा चितवन बचत संघकी अध्यक्ष विद्या कोइरालाले सबै संस्थाहरु गुणस्तर सुनिश्चितताको कार्यक्रममार्फत संस्थाको स्वास्थ्य अवस्था जाँच नगरे जुनसुकै बेला पनि समस्यामा पर्न सक्नेतर्फ सचेत तुल्याउनुभयो । संघका सञ्चालक सदस्य गोपाल प्रसाद गौतमले सबै सहभागीहरुलाई स्वागत गर्नुभएको थियो ।  

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२२ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप