सीजेएन- १४औं स्थापना दिवस
‘जिम्मेवार र जवाफदेही पत्रकारिता आजको आवश्यकता’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘जिम्मेवार र जवाफदेही पत्रकारिता आजको आवश्यकता’

काठमाडौं । सरकार र सहकारी अभियान दुबैले जिम्मेवार र जवाफदेही पत्रकारिता आजको आवश्यकता भएको बताएका छन् । सहकारी क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई इंगित गर्दै सरकार र अभियान दुबैले विषयवस्तु बुझेर, प्रष्ट भएर, प्रमाणित गरी वस्तुनिष्ठ आधारमा समाचार सम्प्रेषण गर्न आग्रह गरे ।

नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को १४औं स्थापना दिवस कार्यक्रमका वक्ताहरुले असहजत परिस्थितिबाट अघि बढिरहेको सहकारी क्षेत्रमा विश्वास सृजना गर्ने काममा पत्रकारहरुको महत्वपूर्ण भूमिका हुने भन्दै जिम्मेवार र जवाफदेही पत्रकारिताका लागि आग्रह गरेका हुन् । तथ्य र प्रामाणिकतालाई आधार बनाएर पत्रकारिताको अभ्यास गर्नुपर्ने उनीहरुको भनाइ थियो ।

कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले समाचारको प्रभाव संगीन हुने भन्दै सहकारी क्षेत्रलाई बदनाम गराउन खोज्ने तत्वहरुप्रति पत्रकारिता जगत चनाखो हुनुपर्ने बताउनुभयो । मन्त्री अधिकारीले 'सहकारी सबै खराब हुन्' भन्ने भ्रम फिजाउने काम भैरहको भन्दै यस विषयमा सञ्चारमाध्यम थप सजग र संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।

‘राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाएका सहकारीहरु पनि छन्’, मन्त्री अधिकारीले भन्नुभयो, ‘सबैलाई एउटै किसिमले हेर्न मिल्दैन । सबै सहकारी खराब हुन वा क्षेत्र नै खराब हो भन्न मिल्दैन । मुलुकका लागि सहकारी क्षेत्रको महत्व संविधानमै उल्लेख छ । यो हामीले भनिरहन पर्दैन ।’

समाचार सम्प्रेषणमा सत्यता आवश्यक हुने मन्त्री अधिकारीको भनाइ थियो । तथ्य र प्रामाणिक आधारसहितको पत्रकारिता आजको आवश्यकता भएकोमा मन्त्री अधिकारीको जोड थियो । मन्त्री अधिकारीले प्रभाव अनि प्रविधिको दृष्टिकोणले सञ्चारमाध्यम राज्यको पहिलो अंगको रुपमा देखिएको जीकिर पनि गर्नुभयो । 

अर्को एक प्रसङ्गमा मन्त्री अधिकारीले सहकारीका समस्या समाधान गर्न सरकार प्रयासरत रहेको अवगत गराउँदै वर्षौदेखिका समस्या समाधान गर्न समय लाग्ने बताउनुभयो । कर्जा असुली न्यायाधिकरण स्थापनाको विषय केही दिनमै मन्त्रिपरिषद्मा लाने तयारी भएको उहाँले जानकारी गराउनुभयो । यस्तै, बचत तथा कर्जा सुरक्षण कोष, कर्जा सूचना केन्द्रको विषयमा पनि सकारात्मक पहल अघि बढिरहेको बताउनुभयो । यद्यपि, कानूनी जटिलताहरुका कारण गति द्रुत हुनेमा भने स्वयं मन्त्री अधिकारी पनि ढुक्क हुनुहुन्नथ्यो ।

यस्तै, सहकारी अभियानको तर्फबाट आफ्नो धारणा राख्दै राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले पनि पत्रकारिता जिम्मेवार, जवाफदेही हुनुपर्ने सुझाउनुभयो । ‘पत्रकारिता अहिले पहिलो अंग हो’, मल्लले भन्नुभयो,‘ सत्य र असत्य तपाईहरुले छुट्याउनुपर्छ । सिरियस भएर कलम चलाउनुपर्छ ।’ उहाँले अध्ययन पत्रकारिताको अभाव रहेको भन्दै विषयबस्तु बुझेर, गहिराइमा डुबेर पेशागत धर्म निर्वाह गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो । पत्रकारिताले न्याय दिलाउनसक्नुपर्ने भनाइ अध्यक्ष मल्लको थियो । यस्तै, सहकारीमार्फत भएका राम्रा गतिविधिहरुको प्रवर्धनमा पत्रकारिता क्षेत्रको ध्यान कम गएको गुनासो उहाँको थियो । अध्यक्ष मल्ले सीजेएनसँग सहकार्यका लागि अभियान सधै तयार रहेको पनि उल्लेख गर्नुभयो ।

अर्को प्रसङ्गमा उहाँले सरकारसँगको लबिङ पोजेटिभ भएको पनि दाबी गर्नुभयो भने सहकारी पिडितहरुलाई आफ्ना कुराहरु महासंघमार्फत राख्न सुझाव पनि दिनुभयो ।

कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरले पनि सहकारी क्षेत्रलाई मर्यादित, व्यवस्थित, सुशासित र सदस्यप्रति जवाफदेही बनाउन पत्रकारिता क्षेत्रको अहम् भूमिका हुने बताउनुभयो । उहाँले केही सहकारीमा समस्या देखिएको भन्दै यो क्षेत्रप्रति विश्वास जगाउन सञ्चारमाध्यमको निरन्तर खबरदारी आवश्यक भएको उल्लेख गर्नुभयो । यसैगरी, राष्ट्रिय सहकारी बैंकका सञ्चालक एवम् ललितपुर जिल्ला बचत संघका अध्यक्ष रामहरि बजगाईले पनि सहकारी क्षेत्रलाई जगेर्ना गर्ने, मर्यादित बनाउने, व्यवस्थित गर्ने अनि सरकार र अभियान दुबैलाई कानून कार्यान्वयनमा निरन्तर झक्झक्याउने काम पत्रकारिता क्षेत्रको भएको बताउनुभयो ।

सीजेएनका अध्यक्ष काजी श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा  नेफ्स्कून सञ्चालक सदस्य खेमराज सुवेदी, सहकारी विभागका उपरजिष्ट्रारा टोलराज उपाध्याय, राष्ट्र बैंकका उपनिर्देशक डा. रमेश चौलागाई, सीजेएनका संस्थापक अध्यक्ष यादव हुमागाई लगायतको उपस्थिति थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप