हरितालिका तीज २०८१
नेफ्स्कूनद्वारा तीजको शुभकामनासँगै महिला सहकारीकर्मीहरुसँग अन्तरक्रिया आयोजना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा तीजको शुभकामनासँगै महिला सहकारीकर्मीहरुसँग अन्तरक्रिया आयोजना

काठमाडौं । हरितालिका तीजको पूर्वसन्ध्यामा नेफ्स्कूनले महिला सहकारीकर्मीहरुका लागि शुभकामनासँगै अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । 

नेफ्स्कून विराटनगर सेवा केन्द्रबाट प्राप्त समाचार अनुसार स्थानीय १५ वटा साकोस तथा विराटनगर महानगरपालिका सहकारी शाखाको समेत प्रतिनिधित्वमा महिला सहकारीकर्मीहरुसँग अन्तरक्रियासँगै तीजको शुभकामना कार्यक्रम आयोजना गरिएको  छ । संघको विराटनगर सेवा केन्द्र व्यवस्थापन समिति संयोजक नेफ्स्कून सञ्चालक लक्ष्मी सापकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा महिला साकोसकर्मीहरुबाट सुझावहरु समेत संकलन गरिएको केन्द्र इन्चार्ज लक्ष्मण अधिकारीले जानकारी गराउनुभयो । 

यसैगरी, नेफ्स्कून सुनसरी सदस्य सेवा कार्यालय अन्तर्गत लेटाङ सेवा केन्द्रको आयोजनामा आज साकोसका महिला व्यवस्थापक तथा महिला सेवा केन्द्र प्रमुखहरुसँग शुभकामना आदानप्रदानसँगै अन्तरक्रिया कार्यक्रम गरिएको छ । सदस्य संस्थाहरुसँगको सम्बन्धलाई थप निकटता प्रदान गर्ने, आवश्यकताकाहरुको सम्बोधन गर्ने, सुझावहरु ग्रहण गर्ने, व्यावसायिक प्रगाढता बढाउने अनि आँगनमै आइसकेको तीजको शुभकामना समेत प्रदान गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा २१ जनाको सहभागिता रहेको लेटाङ सेवा केन्द्र प्रमुख गणेश भण्डारीले जानकारी गराउनुभयो ।

कार्यक्रममा नेफ्स्कून सुनसरी सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्य गोपाल बारकोटीले महिलाहरुले सञ्चालन गरेका सहकारीहरु, महिला व्यवस्थापक भएका सहकारीहरुमा सुशासन, इमानदारी, विश्वसनीयता अनि पारदर्शीता रहेको बताउनुभयो । महिलाहरुको सञ्चालन तथा व्यवस्थापन अरुका लागि पनि प्रेरणा हुने उहाँले बताउनुभयो । यसैगरी, कार्यक्रममा रमाइलो जनएकता साकोसकी व्यवस्थापक कृष्णकुमारी दवाडीले नेफ्स्कूनले महिला साकोसकर्मीहरुलाई महत्वका साथ यस प्रकारको अन्तरक्रियासँगै तीजको शुभकामना कार्यक्रम राखेकोमा कृतज्ञता व्यक्त गर्नुभएको थियो । यस्तै धारणा अन्य सहभागीहरुको पनि रहेको सेवा केन्द्र प्रमुख गणेश भण्डारीले जानकारी गराउनुभयो । महिला दिदीबहिनीहरुको उत्साहजनक सहभागितामा भव्य रुपमा कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो । 

यसैगरी, नेफ्स्कून केन्द्रीय कार्यालयमा पनि आज तीजको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप