नव दीपज्योति महिला उत्थान साकोस: २२औं वार्षिक साधारण सभा
सहकारी प्रवर्धन, नियमन तथा अनुगमनमा थप सघनता आवश्यक: नेफ्स्कून अध्यक्ष 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी प्रवर्धन, नियमन तथा अनुगमनमा थप सघनता आवश्यक: नेफ्स्कून अध्यक्ष 

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी क्षेत्रको प्रवर्धन, नियमन तथा अनुगमनको विषयमा थप सघनता आवश्यक भएको बताउनुभएको छ । समुदायमा आधारित र सदस्य केन्द्रीत सहकारीले आफ्नो तर्फबाट हरसम्भव सदस्य सेवा गरेपनि यो क्षेत्रको प्रवर्धन, नियमन तथा अनुगमन जसले गर्नुपर्ने हो त्यो भने सोचे र खोजेअनुरुप हुन नसकेको हो कि भनी जिज्ञासा राख्नुभयो ।

केही सहकारीमा आएका समस्याले राम्रो काम गरेका सहकारीहरुमा पनि मर्का परेको भन्ने विषयहरु सबैतिरबाट उठेको पनि उहाँले स्वीकार्नुभयो । यसका लागि राज्य र सरकारलाई घच्घच्याउने अनि अभियानको साझा बुझाइ बनाएर सहकारीलाई शुद्ध र सृदढ बनाउने काममा नेफ्स्कून लागि परेकोमा अध्यक्ष ढकालले आश्वस्त तुल्याउनुभयो ।

चाबहिल मित्रपार्कस्थित नव दीपज्योति महिला उत्थान बचत तथा ऋण सहकारी संस्था लि.को आज सम्पन्न २२औं वार्षिक साधारण सभामा प्रमुख अतिथिको रुपमा बोल्दै नेफ्स्कून अध्यक्ष ढकालले उक्त विचार राख्नुभएको हो ।

साकोसकी अध्यक्ष हिरामाया लामाको अध्यक्षतामा सञ्चालित सभामा अध्यक्ष ढकालले नव दीपज्योति महिला उत्थान साकोस नेफ्स्कूनले सञ्चालन गरेको प्रोवेशन कार्यक्रममा आवद्ध भएर नीति, विधि र प्रविधि अनुरुप चलाउने विषयमा निरन्तर शिक्षा, अनुगमन तथा सुपरिवेक्षणबाट लाभान्वित भएको दाबी समेत गर्नुभयो ।

यसैगरी, असहज परिस्थितिका बाबजूद साकोसले सदस्यहरुलाई राम्रो मुनाफा उपलब्ध गराउन तथा संरक्षित पुँजी फिर्ता कोषको रकम बाँडफाँड गर्न सक्ने सक्षमता हासिल गरेकोमा समग्र साकोस बधाईको पात्र भएको पनि अध्यक्ष ढकालले बताउनुभयो । यद्यपि, चर्को करको मारमा सहकारीहरु परेको विषयमा नेफ्स्कूनले निरन्तर बहसपैरवी गरेको विषय उहाँले छुटाउनुभएन ।

यसैगरी, उहाँले भविष्यमा संभावित जोखिमका विषयमा सधै सर्तक रहनुपर्ने भन्दै त्यसका लागि नेफ्स्कून सधैं आफ्ना सदस्यहरुसँग रहने प्रतिबद्धता समेत अध्यक्ष ढकालले व्यक्त गर्नुभयो ।

कार्यक्रममा साकोसकी संस्थापक अध्यक्ष एवम् वर्तमान सल्लाहका विमला तामाङ, नेपाल बसोबास बस्ती संरक्षण समाजका महासचिव राजु तामाङ, बागमती प्रोस्कूनका सञ्चालक ठाकुर बास्कोटा, नेपाल महिला एकता समाज जिल्ला अध्यक्ष मनि लामा, नेफ्स्कून चावहिल सदस्य सेवा कार्यालय इन्चार्ज राधा कुमारी पोखरेल लगायत अतिथि रहनुभएको थियो ।

सभामा अध्यक्ष लामाले स्वागतसँगै अध्यक्षको प्रतिवेदन पेश गर्नुभएको थियो भने सचिव, तथा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पेश गरिएको थियो । साकोसकी कोषाध्यक्षको अनुपस्थितिमा व्यवस्थापक कमला लामाले कोषाध्यक्षको प्रतिवेदन पढेर सुनाउनुभएको थियो ।

सभामा ९ जनालाई ज्येष्ठ सदस्य सम्मान, ६ जनालाई एसईई सम्मान, उत्कृष्ट सेयर खरिद सदस्य, बाल बचतकर्ता, बचतकर्ता, ऋणी सम्मान आदि प्रदान गरिएको थियो । नेफ्स्कूनले सदस्य साकोसहरुको गुणस्तर सुनिश्चिितताका लागि सञ्चालन गरेको राष्ट्रिय स्तरीकरण कार्यक्रम प्रोवेशनमा आवद्ध नव दीपज्योति महिला उत्थान साकोसको सेयर पुँजी २ करोड ५३ लाख बढी रहेको छ भने कुल सम्पत्ति ३० करोड बढी रहेको छ ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप