बुद्ध साकोस: १७ औँ वार्षिक साधारणसभा
सहकारी क्षेत्रका असहजता क्रमशः सहजतामा परिणत हुँदै गएको नेफ्स्कून सञ्चालक गिरीको दाबी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी क्षेत्रका असहजता क्रमशः सहजतामा परिणत हुँदै गएको नेफ्स्कून सञ्चालक गिरीको दाबी

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) की सञ्चालक सदस्य कमलादेवी गिरीले सहकारी क्षेत्रमा देखिएको असहज परिस्थिति बिस्तारै सहज बन्दै गएको दाबी गर्नुभएको छ । पछिल्ला समय देखिएका केही अहसजताहरु अब बिस्तारै सहजतामा परिणत हुँदै गएको उहाँले बताउनुभयो । पोखरा महानगरपालिका–४ बुद्धविशालबजारमा अवस्थित बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिक साधारणसभाको भदौ २९ गते शनिबार उद्घाटन गर्दै प्रमुख अतिथि गिरीले उक्त कुरा बताउनुभएको हो ।

कार्यक्रममा नेफ्स्कून सञ्चालक गिरीले सहकारी क्षेत्रमा देखिएका समस्याहरु समाधानका लागि अभियानको तर्फबाट ध्यानाकर्षण गराइएकाले सरकार समेत सहयोगी बनेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, सहकारीका सेयर सदस्यहरुले सहज तथा असहज अवस्था पहिचान गरी संस्था बनाउन र बचाउन लाग्नुपर्दछ । सहज अवस्थामा नाफा बढ्छ, असहजमा घट्छ तर संस्था सँधै स्वस्थ रहनुपर्दछ । 

सभामा संस्थाका अध्यक्ष वासुदेव पराजुलीले सेयर सदस्यहरुनै संस्थाको जग रहेकाले संस्था बलियो बनाउन ठूूलो भूमिका रहने बताउनुभयो । अध्यक्ष पराजुलीले विश्व अर्थतन्त्रमा आएको फेरबदल र देशभित्र देखिएको आर्थिक शिथिलतालाई मध्यनजर राख्दै आगामी वर्षमा रक्षात्मक नीति गय गरेर राजइले अवलम्बन गर्ने नीति र नियमप्रति सचेत रहँदै अघि बढ्ने बताउनुभयो ।

साधारणसभामा जिल्ला सहकारी संघ कास्कीका उपाध्यक्ष अम्बिका गौतम, कास्की बचत तथा ऋण सहकारी संघका सचिव मिनराज तिमिल्सिना, राष्ट्रिय सहकारी बैँकका अमृत श्रेष्ठ, संस्थाका निर्वतमान अध्यक्ष धुव्रप्रसाद रेग्मी,पूर्वअध्यक्ष नगेन्द्र प्रसाद पोखरेल,शेयरधनी प्रदीप कुमार लम्साल लगायतले संस्थालाई बलियो बनाउन शेयर सदस्यहरुको निरन्तर निगरानी आवश्यक रहेकामा जोड दिनुभयो ।

कार्यक्रममा स्वागत सहसचिव रामकुमार श्रेष्ठ र सञ्चालन सचिव प्रजनकुमार थापाले गर्नुभएको थियो । साधारणसभाले सचिव प्रजनकुमार थापाको सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन र कोषाध्यक्ष विष्णुहरि पन्थीको आव २०८१।०८२ को कार्यक्रम, लक्ष्य तथा बजेट पारित गरेको छ ।

साधारणसभाअवसरमा  उत्कृष्ट बचतकर्ता, उत्कृष्ट कारोवारी, उत्कृष्ट कर्मचारी, स्नातक तहमा विभिन्न संकायमा उत्कृष्ट हुने शेयर सदस्यका छोराछोरी तथा ज्येष्ठ नागरिकलाई सम्मानपत्रबाट सम्मान गरिएको थियो ।

बुद्ध बचत तथा ऋण सहकारीको शेयर पूँजी गत आर्थिक मसान्तसम्म रु चार करोड ९० लाख ८० हजार ६ सय रहेको, बचत निक्षेप रु ४० करोड ८२ लाख १२ हजार ७६, ऋण लगानी रु ३९ करोड ५८ लाख ६६ हजार २५४ रहेको संस्थाका कार्यालय प्रमुख नारायण तिवारीले जानकारी दिनुभयो ।

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१७ घण्टा अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१७ घण्टा अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पाठकबाट थप