चन्द्रोदय साकोस: १६औं वार्षिक साधारण सभा
समृद्धिको ढोका सहकारीमार्फत खुल्ने भएकाले सबै नागरिक सहकारीको सदस्य बन्नुको विकल्प छैन: नेफ्स्कून अध्यक्ष ढकाल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
समृद्धिको ढोका सहकारीमार्फत खुल्ने भएकाले सबै नागरिक सहकारीको सदस्य बन्नुको विकल्प छैन: नेफ्स्कून अध्यक्ष ढकाल

चन्द्रपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको समृद्धिको ढोका सहकारीमार्फत खुल्ने भएकाले सबै नागरिक सहकारीको सदस्य बन्नुको विकल्प नभएको दाबी प्रस्तुत गर्नुभएको छ । समाज रुपान्तरणमार्फत समृद्धिको यात्रा तय गर्न सबै नागरिक सहकारीको सदस्य बन्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभएको हो ।

रौतहटको चन्द्रपुर नगरपालिकास्थित चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लि.को असोज ५ गते शनिबार आयोजित १६औं वार्षिक साधारण सभाका प्रमुख अतिथि नेफ्स्कून अध्यक्ष ढकालले भन्नुभयो,  सबै नागरिक असली मालिक बन्ने ढोका सहकारी मार्फत मात्र खुल्ने भएकाले सबै सहकारीको सदस्य बन्नुको विकल्प छैन । सरकार, निजी क्षेत्र र सहकारीबीचको सहकार्यले समाज रुपान्तरण गर्न सहज हुने भएकाले सबै नागरिक सहकारीको सदस्य बन्नुको विकल्प नरहेको उहाँको स्पष्टोक्ति थियो । 

चन्द्रपुर साकोसका अध्यक्ष बसन्त कुमार आचार्यको अध्यक्षतामा भएको सभामा रौतहट बचत तथा ऋण सहकारी संघ लि.का उपाध्यक्ष राम बिश्वास पासवान, सर्लाही बचत तथा ऋण सहकारी संघकी अध्यक्ष मन्दिरा आचार्य, चन्द्रपुर नपा वाड नं ६ का वडाध्यक्ष सहदेब केसी, चन्द्रपुर नपा सहकारी इकाई प्रमुख नसरे आलम, लगायतको उपस्थिति रहेको थियो ।

सभामा संस्थाको बार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष वसन्त कुमार आचार्यबाट, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा सुपरिवेक्षण समिति संयोजक रामहरि पंडितबाट, सचिबको प्रतिवेदन सचिब संजय प्रसाद साहबाट तथा कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष भिम बहादुर बिक बाट प्रस्तुत गरिएको थियो भने कार्यक्रममा संस्थामा गत आव२०८०/०८१का  असल कारोवारी सदस्य,असल बचत कर्ता, असल नियमित बचत कर्ता, असल बाल बचत सहित कलाकारिता क्षेत्रबाट नगरलाई देश बिदेशमा चिनाउन सफल चन्द्रपुर ५ निवासी ध्रुव कोइराला तथा संस्थाका संस्थापक सदस्यदेखि विभिन्न पदमा रहेर संस्थालाई सफलता दिलाउन अहम् भूमिका निभाउने तथा दन्त रोगको क्षेत्रमा सक्रिय भएर दन्त चिकित्सकको उपाधि पाउन सफल डा. यादव प्रसाद घिमिरेलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।

अन्य संघ संस्थामा चन्द्रोदयले गर्ने बार्षिक रक्तदान कार्यक्रममा बढी भन्दा बढी रक्तदाताको उपस्थिति गराउने चन्द्रपुर सुनचाँदी व्यावसायी संघ तथा ख्रीष्टियन समाज रौतहटलाई समेत सम्मान गरिएको थियो । यस्तै, संस्थाका जेष्ठ सदस्य उपस्थितिहरु मध्येबाट महिला पुरुष दुई जनालाई समेत सम्मान गरिएको कार्यक्रमको दोस्रो सत्रको अन्त्यपछि उपहार कार्यक्रम राखिएकोमा संस्थाका विभिन्न २५ जना सदस्यहरुले लक्की ड्र बाट उपहार प्राप्त गरेका थिए । सभामा स्वागत संस्थाका बरिष्ठ उपाध्यक्ष वासुदेव अधिकारीबाट तथा कार्यक्रम संचालन कोषाध्यक्ष भिम बहादुर बिकबाट भएको थियो । सभाले लेखा सुपरिवेक्षण समितिमा रिक्त सदस्य पदमा देव नारायण गुप्तालाई चयन गरेको थियो । 

यसैबीच, नेफ्स्कून अध्यक्ष ढकालले रौतहट बचत संघका अध्यक्ष बिभु पोखरेलकी ममतामयी माताको दुस्खद निधनमा शोकाकुल परिवारजनलाई भेटी समवेदना व्यक्त गर्नुभएको थियो । 
 
भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१३ घण्टा अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१४ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१३ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

४ दिन अगाडि

किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन
किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

६ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१४ दिन अगाडि

पाठकबाट थप