चमेली साकोस :२२औं वार्षिक साधारण सभा
आर्थिक पारदर्शिताका साथ चमेली साकोस सबल बन्दै गएको छ: नेफ्स्कून कोषाध्यक्ष थापा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आर्थिक पारदर्शिताका साथ चमेली साकोस सबल बन्दै गएको छ: नेफ्स्कून कोषाध्यक्ष थापा

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का कोषाध्यक्ष दिपक थापाले चमेली साकोसले आर्थिक पारदर्शिता कायम गर्दै संस्थालाई थप सबल बनाउँदै लगेकोमा प्रशंसा गर्नुभएको छ । उहाँले धेरै जसो वित्तीय संस्थाको वित्तीय विवरण अपेक्षाकृत राम्रो नरहेको अवस्थामा पनि चमेली साकोसले आर्थिक पारदर्शितालाई केन्द्रमा राखी संस्थागत सक्षमता र व्यवासायिक सफलता प्राप्त गर्नु खुसीको कुरा भएको बताउनुभयो । 

भक्तपुरको सुर्यविनायक नगरपालिका-१ विरुवास्थित चमेली साकोसको असोज ५ गते सम्पन्न २२औं वार्षिक साधारण सभाका प्रमुख अतिथि नेफ्स्कून कोषाध्यक्ष थापाले वित्तीय सहकारीहरुले अत्यधिक तरलता न्यूनीकरण गर्न कृषि एवं पर्यटन क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय उत्पादन एवम् स्थानीय संस्कृतिलाई समेत सहकारीमार्फत प्रवर्धन एवम् विकास गर्न सकिने भएकाले त्यसतर्फ सदस्यहरुको अभिमुखीकरणको आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रमका सभाध्यक्ष एवं चमेली साकोसका अध्यक्ष प्रमोद घिमिरेले वर्तमान अवस्थामा सुशासनमा नचलेका केही सहकारीहरुको कारण सिंङ्गो सहकारी अभियान प्रति आम जनमानसमा भ्रम सृजना हुनगएको बताउनुभयो । उहाँले सहकारीकर्मीहरु र सहकारी संस्थाहरुले ठोस रणनीति लिई सहकारी मैत्रीकारोबार र सदस्य केन्द्रीत गतिविधि गर्दै त्यसप्रति सजग रहनुपर्ने आवश्यकता रहेको बताउनभयो ।

कार्यक्रममा चमेली साकोसका उपाध्यक्ष मिठाराम न्यौपानेले प्रमुख अतिथि, विशेष अतिथि, अतिथि लगायत सम्पूर्ण उपस्थित सदस्यहरुलाई स्वागत गर्दै आफ्नो मन्तव्य राख्नुभएको थियो । साकोसका सचिव दिपककुमार न्यौपानेले सचिवको प्रतिवेदन पेश गर्नुका साथै कार्यक्रम संचालकको भूमिका निर्वाह गर्नुभएको थियो । संस्थाका कोषाध्यक्ष नवराज घिमिरेले कोषाध्यक्षको प्रतिवेदन पेश गर्नुका साथै संस्थाको वर्तमान आर्थिक अवस्थालाई प्रष्ट पार्नुभएको थियो । साथै संस्थाको लेखा सुपरिवेक्षण समिति संयोजक शालिकराम घिमिरेले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पेश गर्नुभएको थियो ।

कार्यक्रममा ज्येष्ठ नागरिक सदस्यहरुलाई सम्मानतथा पुरस्कार वितरण गरिएको थियो । साथै संस्थामा आबद्ध सदस्यको छोराछोरीमध्ये एसइईमा उत्कृष्ट जिपिए ल्याउने छात्राछात्रालाई पनि सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । संस्थामा लामो समय कार्य गर्नुभएका प्रल्हाद घिमिरेलाई उत्कृष्ट कर्मचारीको रुपमासम्मान गरिएको थियो । संस्थाले उत्कृष्ट ऋणि, उत्कृष्ट वचतकर्ता र उत्कृष्ट लघुवित्त समूहलाई समेत सम्मान गरेको थियो । वार्षिक साधारणसभाको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा सन्ताउन्न जना रक्तदाताले रक्तदान गर्नुभएको थियो ।

यसैबीच, साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट सदस्यलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । संस्थाले गत आर्थिक बर्षमा ३ करोड ३३ लाख ४७ हजार सञ्चालन मुनाफा आर्जन गरेको थियो । संस्थाले ३४ लाख ४४ हजार आयकर व्यवस्था गरी २ करोड ९९ लाख २ हजारलाई विनियम अनुसार विभिन्न कोषहरुमा बाँडफाड पश्चात शेयर लाभांश कोषमा १ करोड ८ लाख ६० हजार विनियोजन गरेको सभामा जानकारी दिइयो ।

उक्त कोषबाट सदस्यलाई १५ प्रतिशत लाभांश प्रदान गरिने भएको हो । त्यसैगरी संस्थाले संरक्षित पुँजी फिर्ता कोषमा पनि ४२ लाख ५ हजार छुट्याएको छ भने उक्त कोषबाट सदस्यहरुले ऋण र  बचतमा गरेको योगदानका आधारमा ६० र ४० प्रतिशत फिर्ता दिने भएको छ । 


 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप