मूल्यवान साकोस: ११ औं वार्षिक साधारणसभा
समुदायससँग जोडिएका सहकारीहरुले सदस्यहरुको सामाजिक आर्थिकस्तर उकास्न मद्दत गरेको नेफ्स्कून सञ्चालक पौड्यालको दाबी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
समुदायससँग जोडिएका सहकारीहरुले सदस्यहरुको सामाजिक आर्थिकस्तर उकास्न मद्दत गरेको नेफ्स्कून सञ्चालक पौड्यालको दाबी

देवदह । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) की सञ्चालक संचालक ज्ञानु पौड्यालले समुदायसँग जोडिएको सहकारीमा कुनै समस्या नरहेको बताउनुभएको छ । शनिबार रुपन्देहीको देवदहमा रहेको मूल्यवान बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभामा बोल्दै संचालक पौड्यालले समुदायसँग जोडिएका र नीति नियमअनुसार चल्ने सहकारीमा कुनै समस्या नरहेको स्पष्ट पार्नुभएको हो ।

ब्याजदरको प्रलोभनमा पारेर गलत उद्देश्यका साथ स्थापित सहकारीहरुका कारण समस्या उत्पन्न भएको बताउँदै उहाँले त्यस्ता खालका सहकारीहरुलाई कारबाही गर्न सिफारिश गरिने उल्लेख गर्नुभयो ।

नेफ्स्कूनको लुम्बिनी प्रदेश संयोजक समेत रहनुभएकी पौड्यालले समुदायससँग जोडिएका सहकारीहरुले सदस्यहरुको सामाजिक आर्थिकस्तर उकास्न मद्दत गरेको दाबी प्रस्तुत गर्नुभयो । उहाँले विपन्न वर्गका नागरिकको जीवनस्तर उकास्ने सहकारीको उद्देश्य पूरा गर्न मूल्यवान साकोसलाई शुभकामना समेत दिनुभएको थियो। स्थिरीकरण कोष संचालन समिति सदस्य समेत रहनुभएकी पौड्यालले कोषको महत्व प्रष्ट पार्दै मूल्यवान साकोसले कोषमा योगदान गरेकोमा कृतज्ञता समेत व्यक्त गर्नुभयो । 

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि रुपन्देही जिल्ला सहकारी संघ लिमिटेडका कोषाध्यक्ष सहकारी अभियान्ता सुबकान्त न्यौपानेले सहकारी संघसंस्थाले मुलुकमा आर्थिक समृद्धिका लागि ठूलो टेवा पुर्याएको बताउनुभयो।

कार्यक्रमा रुपन्देही जिल्ला बचत तथा ऋण सहकारी संघका सदस्य निर्मला अधिकारी, जनप्रतिनिधि टिकाराम विक, संस्थापक अध्यक्ष गङ्गा बहादुर विक लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

साधारणसभाले संस्थाका अध्यक्ष गोविन्द बहादुर ठडराईले प्रस्तुत गर्नुभएको गर्नुभएको प्रतिवेदन, संस्थाका सचिव दिल कुमार विकले प्रस्तुत गर्नुभएको कार्यक्रम तथा बजेट तथा संस्थाको प्रगति प्रतिवेदन, कोषाध्यक्ष विकास गहतराजद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक हुन बहादुर सुनारले प्रस्तुत गर्नुभएको लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पारित गरेको छ ।

संस्थाका अध्यक्ष गोविन्द बहादुर ठडराईले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा सदस्यहरुको आय आर्जन वृद्धि गर्ने उदेश्यका साथ कृषि, महिला उद्यमशिलता, जिविकोपार्जन व्यवसायलाई आधुनिकिकरण, सीप र दक्षताका आधारमा युवा स्वरोजगार कार्यक्रमलाई अगाडी बढाउने उल्लेख गरिएको छ।

आर्थिक वर्ष २०८१/०८२ को भाद्र मसान्तसम्म संस्थाको सेयर पुँजी ७५ लाख ६ हजार पुगेको छ। त्यस्तै, सोही अवधिमा संस्थाले २ करोड ३ लाख ८ हजार बचत संकलन, २ करोड ५१ लाख ८४ हजार ऋण लगानी र ७८४ जना रहेको अध्यक्ष ठडराईले बताउनुभयो ।

साधारणसभाको अवसरमा जेष्ठ सदस्य, असल बचतकर्ता , असल ऋणी, असल बाल बचातकर्ता, असल उद्यमशिल सदस्य, कर्मचारी, कक्षा १२ मा उतिर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको थियो।

कार्यक्रम संस्थाका अध्यक्ष गोविन्द बहादुर ठडराईको अध्यक्षता, उपाध्यक्ष गणेश विकको स्वागत र सचिव दिल कुमार विकको संचालनमा सम्पन्न भएको थियो।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप