केही महिनायता सहकारी ऐन कार्यान्वयनमा तदारुकता देखिएको नेफ्स्कून अध्यक्ष ढकालको भनाइ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
केही महिनायता सहकारी ऐन कार्यान्वयनमा तदारुकता देखिएको नेफ्स्कून अध्यक्ष ढकालको भनाइ

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड महामारी, भूकम्प र तरलता चापका कारण सहकारीहरुबाट प्रवाह भएको ऋण असुलीमा बिगतमा समस्या आएको भएपनि अब समस्या बिस्तारै समाधान उन्मुख हुँदै गएको बताउनुभएको छ । यसैगरी, सहकारी ऐन २०७४ तथा नियमावली २०७५ कार्यान्वयनमा ढिलासुस्तीका कारण पनि केही समस्या थपिएको भन्दै उहाँले पछिल्लो समय भने कानून कार्यान्वयनमा सरकारको तदारुकता देखिएको बताउनुभयो ।

असोज ६ गते महोत्तरी जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को सम्पर्क कार्यालय (सम्सी गाउँपालिका ५) मा उद्घाटन तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि नेफ्स्कून अध्यक्ष ढकालले विगतमा सहकारीहरुमा केही समस्या भएको स्वीकार्दै उहाँले अहिले भने सहकारीहरुमा अधिक तरलता रहेको बताउनुभयो ।

अध्यक्ष ढकालले भन्नुभयो, 'साकोसहरुमा अधिक तरलता भनेको सदस्यको विश्वास हो । तरलता बढ्नु सदस्यको बचत बढ्नु हो । संस्थाप्रति सदस्यको विश्वास बढ्नु हो ।' यसैगरी, कर्जा सूचना केन्द्र, बचत सुरक्षण कोष, ऋण असुली न्यायाधिकरण लगायत सहकारी ऐन कार्यान्वयनका विषय समयमै नहुँदा पनि केही समस्याहरु सहकारी क्षेत्रमा सिर्जित भएको उहाँको भनाइ थियो ।

यद्यपि, ऐन कार्यान्वयनका विषयहरु पनि बिस्तारै सम्बोधन हुने क्रममा रहेको भन्दै अध्यक्ष ढकालले आश्वस्त पार्नुभयो । उहाँले भन्नुभयो, 'सहकारी संस्थाको बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन समितिले बुझाएको प्रतिवेदनमा पनि हाल भएकै कर्जा सूचना केन्द्रलाई सहकारीहरुको कर्जा सूचनाका लागि पनि उपयोग गर्ने सुझाव आएको छ ।

यसैगरी, ऋण असुली न्यायाधिकरण दशैंको अघि आइसक्ने जानकारी पाएको छु । बचत सुरक्षण कोष स्थापनाका लागि चालु आर्थिक वर्षको बजेटमा ५ करोड विनियोजन गरिएको छ । यसरी हेर्दा पछिल्लो केही महिना यता सहकारी ऐन कार्यान्वयनको विषयमा तदारुकता देखिएको छ । अब सहकारी क्षेत्रका समस्याहरु बिस्तारै समाधान उन्मुख भएको पाएका छौं । यो हामी सबैको लागि खुसीको कुरा हो ।'

यसैगरी उहाँले गैर सहकारी भावनाका साथ सहकारी मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात बिना सञ्चालित संस्थाहरुमा मात्र समस्या आएको संसदीय समितिको प्रतिवेदनमा उल्लेख भएको बताउनुभयो । सहकारीको संलग्नता केवल पैसाका लागि भएका कारण नै समस्या आएको भन्दै अध्यक्ष् ढकालले सदस्य सेवा वा सामाजिक सेवाभावका कार्यक्रमहरुमा त्यस्ता संस्थाहरु नजोडिएको सबैलाई ज्ञात भएको उल्लेख गर्नुभयो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप