पाँचतारा साकोसद्वारा सञ्चालक समिति तथा उप–समितिहरुका लागि उत्प्रेरणात्मक कार्यक्रम 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पाँचतारा साकोसद्वारा सञ्चालक समिति तथा उप–समितिहरुका लागि उत्प्रेरणात्मक कार्यक्रम 

काठमाडौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्था लि. ले सञ्चालक समिति तथा उप–समितिहरुलाई लक्षित गरी उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न गरेको छ । असोज ३ गते संस्थाको शिक्षा उपसमितिको आयोजना तथा संस्थाका अध्यक्ष भोलानाथ पाठकको अध्यक्षतामा भएको कार्यक्रम नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत प्राचार्य सञ्जयराज तिमल्सिनाले सहजीकरण गर्नुभएको थियो ।

सहजीकरणका क्रममा उहाँले सञ्चालक समिति र उपसमितिको संस्थाप्रतिको काम, कर्तव्य र अधिकारबारे प्रस्तुतीकरण गर्नुभएको थियो । सहकारीका सञ्चालकहरु नायक जस्तै भएकाले सदस्यहरुलाई प्रभाव पार्न पहिलो आफुनै नै अभिप्रेरित हुनुपर्ने उहाँले बताउनुभयो ।

आफु संस्थामा आवद्ध भएपछि विभिन्न बहानाबाजी गरेर जिम्मेवारीबाट पञ्छिने भन्दा पनि जिम्मेवारी बहन गर्न अग्रसर भएर लाग्नुपर्ने उहाँको भनाइ थियो । सदस्यले सहकारीमा आबद्ध भएपछि पालना गर्नु पर्ने नियम, वर्तमान समयमा सहकारीप्रति फैलिरहेको अफवाह र सहकारी इतिहासका साथै सहकारी के हो भन्ने बिषयमा समेत उहाँले  प्रष्ट पार्नुभएको थियो ।

अध्यक्ष भोलानाथ पाठकले पाँचतारा सहकारी संस्था स्थापनाको उद्देश्य सहित समुदाय र सदस्य केन्द्रीत रहेर वित्तीय कारोबार गर्दै आएकाले पछिल्लो समय सहकारी क्षेत्रमा आएको विषम परिस्थितिमा समेत सदस्यको विश्वास जितेको दाबी गर्नुभयो ।

सहकारी सदस्यका लागि भएकाले पाँच ताराले सदस्यलाई पहिलो प्राथमिकतामा राखेर वित्तीयलगायत अन्य क्रियाकलाप गर्ने गरेको पाठकले जानकारी दिनुभयो । संस्था सदस्यसँग नजिक रहेको भन्दै उनले उमेरसमुह अनुसार संस्थाले विभिन्न गतिविधि गर्ने गरेको उल्लेख गर्नुभयो ।

संस्था बचत तथा ऋणमा मात्रै केन्द्रीत नभई सामाजिक कार्यमा पनि उतिकै सक्रिय रहेको र रक्तदान,सहकारी शिक्षा, स्थानीय मठ मन्दिर तथा सार्वजनिक सम्पत्तिको जर्गेनामा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको सो अवसरमा अध्यक्ष पाठकले बताउनुभयो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप