पोखरा रोयल साकोस: २३औं वार्षिक साधारण सभा
पोखरा रोयल साकोसको साधारण सभा सम्पन्न, १० संकल्प प्रस्ताव पारित, सदस्यलाई ९.४८ प्रतिशत लाभांश 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पोखरा रोयल साकोसको साधारण सभा सम्पन्न, १० संकल्प प्रस्ताव पारित, सदस्यलाई ९.४८ प्रतिशत लाभांश 

पोखरा (कास्की) । 'सुखी सदस्य, दिगो सहकारी’ को परिकल्पना बोकेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाको २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभाले सहकारी क्षेत्रमा देखिएको समसामयिक समस्या समाधान गर्न र सदस्य सेवाका लागि १० वटा संकल्प प्रस्ताव र सदस्यहरुलाई ९.४८ प्रतिशत शेयर लाभांश प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

त्यसैगरी, कारोबारको आधारमा बचततर्फको कारोबारमा २.१३ प्रतिशत र ऋण तर्फको कारोबारमा २.२३ प्रतिशत अतिरिक्त लाभ (संरक्षित पूँजी फिर्ता कोष) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । तीन वटा एकाई सभामार्फत सञ्चालन गरिएको वार्षिक साधारण सभा २०८१ असोज ३ गतेदेखि शुरु भई असोज ७ गते एकाई प्रतिनिधिहरुको निर्णय प्रमाणिकरण सभा गरि सम्पन्न भएको संस्थाका सूचना अधिकारी मीलन ढकालले जानकारी गराउनुभयो ।

सभाले सदस्यहरुबाट प्राप्त सुझावहरुलाई मार्गदर्शनको रुपमा ग्रहण गर्ने, नियामक निकायबाट जारी निर्देशनको पालना गर्ने, ‘सुखी सदस्य दिगो सहकारी’को परिकल्पनालाई साकार पार्ने, वित्तीय सुशासनलाई पहिलो प्राथमिकतामा राख्ने, नीति, विधि र प्रविधिको उच्चतम प्रयोग गर्ने, वर्तमान असहज वित्तीय अवस्थालाई अवसरमा बदल्ने र पोखरा रोयल सहकारीलाई समुदायको पहिलो रोजाईको संस्था बनाउने जस्ता संकल्प प्रस्तावहरु पारित गरेको छ ।

यसरी नै संस्थाले सदस्य वृद्धि, बचत वृद्धि, ऋण वृद्धि र कूल वासलात वृद्धि गर्न मिसन १०० जस्ता गतिविधि गर्ने समेत सभाले निर्णय गरेको छ ।

यसैबीच सभाले उत्कृष्ठ कारोबार गर्ने सदस्य, उत्कृष्ठ कार्य गर्ने कर्मचारी र सहकारी अभियानमा योगदान गर्ने अभियन्ताहरुलाई समेत सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा प्रमुख कार्यकारी अधिकृत भीम गुरुङ्ग वर्ष २०२४ को उत्कृष्ठ सिईओ (नेफ्स्कून) घोषणा, केशवप्रसाद ढकाल कास्की बचत तथा ऋण सहकारी संघको लेखा समितिको संयोजकमा निर्वाचित, मुख्य प्रबन्धक मीलन ढकाल, प्रबन्धक परमेश्वर दाहाल र अधिकृत उमनाथ आचार्यलाई २५ वर्ष सेवा गरे वापत रजत सेवा पदक, अधिकृत विजया श्रेष्ठ, सुपरिवेक्षक मन्जु दाहाल र म्यासेन्जर पूजा गुरुङ्गलाई दशक सेवा पदकबाट सम्मान गरिएको छ । त्यसैगरी मदन कुमारी गुरुङ्ग र झमान सिंह गुरुङ्गलाई वर्ष उत्कृष्ठ सदस्य र म्यासेन्जर संगीता गुरुङ्ग वर्ष उत्कृष्ठ कर्मचारीको रुपमा सम्मानित हुनुभएको छ ।

त्यसैगरी, लघु बचत समूह तर्फबाट उत्कृष्ठ हुने केन्द्रहरुमा स्वाभिमान रोयल केन्द्र, वनपोखरी रोयल केन्द्र र अम्बिका रोयल केन्द्र रहेका छन् भने उत्कृष्ठ सेवाकेन्द्र तर्फ दुलेगौंडा सेवाकेन्द्र र उत्कृष्ठ बाल बचत तर्फ रोवेन थापालाई नगद र प्रमाणपत्रबाट सम्मान गरिएको सूचना अधिकारी ढकालले बताउनुभयो ।

साकोसकी अध्यक्ष रुद्रकुमारी गुरुङ्गको अध्यक्षतामा भएको एकाई प्रतिनिधीहरुको निर्णय प्रमाणिकरण सभामा उपाध्यक्ष क्या।चन्द्रप्रसाद गुरुङ्ग, सचिव केशवप्रसाद ढकाल, लेखा समिति संयोजक हर्कबहादुर गुरुङ्ग, प्रमुख कार्यकारी अधिकृत भीम गुरुङ्ग, सल्लाहकार एक नारायण शर्मा ढकाल, मुख्य प्रबन्धक मीलन ढकाल तथा युवा उपसमिति संयोजक रोजिना श्रेष्ठ लगायतका वक्ताहरुले समितिको प्रतिवेदन, एकाई सभाको जानकारी र समसामयिक विषयमा प्रस्ट पार्नुभएको थियो ।

हाल संस्थाको सदस्य ९,३५६ जना रहेको छ भने संस्थाको कूल वासलात २ अर्ब ५२ करोड बराबरको रहेको छ । साधारण सभामा ६०।२१ प्रतिशत सदस्यको उपस्थिती रहेको पनि ढकालले जानकारी गराउनुभयो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप