सगुन साकोस: २५औं वार्षिक साधारण सभा सम्पन्न
'सदस्यहरूको विश्वास र निरन्तर साथले सगुन साकोस सबल बन्दै गएको छ' 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'सदस्यहरूको विश्वास र निरन्तर साथले सगुन साकोस सबल बन्दै गएको छ' 

काठमाडौं । सर्लाहीको सगुन बचत तथा ऋण सहकारी संस्था लि.को २५ औं वार्षिक साधारण सभा असोज ६ गते सम्पन्न भएको छ । सभामा साकोसका अध्यक्ष केशवप्रसाद ढकालको अध्यक्षता तथा पूर्व मन्त्री संविधान सभा सदस्य हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो । 

सभामा प्रदेश सांसद जवाहरलाल कुशवाह, हरिवन नगर प्रमुख रमेश बुढाथोकी, बरहथवा नगरप्रमुख कल्पना कट्वाललगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । 

सभामा अध्यक्ष ढकालले सदस्यहरूले समयमा ऋणको साँवाब्याज भुक्तानी नगर्दा, सदस्यलाइ मागेका बेला बचत रकम फिर्ता गर्न अधिक तरलता रकम राख्नुपर्दा संस्थाको आम्दानी खुम्चिएको बताउनुभयो । संस्थाले जोखिम विश्लेषण गरी ऐन कानूनको पूर्ण पालना गरेकाले सुरक्षित रूपमा अगाडि बढाउने सकेको भनाइ उहाँले राख्नुभयो । विश्वव्यापीमा रुपमा आएको आर्थिक मन्दीको प्रभाव मुलुकको अर्थतन्त्रमा समेत पर्दा त्यसबाट सहकारी क्षेत्र पनि प्रभावित भएको उहाँले बताउनुभयो । सहरकेन्द्रीत केही ठुला सहकारी संस्थाको व्यवस्थापकीय कमजोरी र गलत नियतका कारण सदस्यको बचत फिर्ता गर्न नसक्दा त्यसको प्रभाव समुदायमा आधारित सहकारी संस्थाहरुमा समेत परेको उनको भनाइ थियो । 

‘उत्कृष्ट व्यवसायिक दीगो वित्तीय सहकारी’ भन्ने परिकल्पनाका साथ संस्थालाई नीति विधि र प्रविधिमा सञ्चालन गर्दै आएको सभामा अध्यक्ष ढकालले जानकारी गराउनुभयो । सहकारी क्षेत्रमा आएको संकटपूर्ण समयमा पनि सदस्यहरूको विश्वास र निरन्तरको साथले संस्था सबल बन्दै गएको उहाँले दाबी गर्नुभयो ।

सभामा सचिव राजकुमार उप्रेतीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सदस्यको हित केन्द्रमा राखेर बचतको माध्यमबाट पुँजी एकीकृत गरी सदस्यहरूको आर्थिक र सामाजिकस्तर माथि उकास्न संस्थाले काम गर्दै आएको बताउनुभयो । संस्थाले आर्थिक वर्ष २०८०।८१ मा गरेका कार्यक्रमको जानकारी दिँदै चालु आर्थिक वर्षमा पनि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने उल्लेख गर्नुभयो । 

संस्थाको आ.व. २०८०।८१ अन्त्यसम्म शेयर पुँजी १४ करोड ८४ लाख २५ हजार रहेको छ भने जगेडा कोषमा १४ करोड ८१ लाख रकम पुगेको छ । त्यस अविधमा संस्थाले बचत संकलन १ अर्ब १५ करोड ३३ लाख र ऋण लगानी १ अर्ब १८ करोड ४८ लाख रहेको छ । संस्थाले त्यस अवधिमा ३ करोड ३७ लाख खुद मुनाफा गरेको छ ।  संस्थामा १२ हजार ९२० सदस्य आवद्ध रहेका छन् । सदस्यहरूमाझ अधिकतम १३।५ प्रतिशत ब्याजदरमा विभिन्न १३ शीर्षकमा संस्थाले ऋण लगानी गर्दै आएको छ । संस्थाले १ अर्ब ५६ करोड ३७ लाख कुल कारोबार गर्न सफल भएको छ ।

सभामा संस्थाका अध्यक्ष ढकालले प्रस्तुत गरेको १६ प्रस्ताव मध्ये १५ प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। संस्थाले सामाजिक कार्य अन्तरगत नेपाल रेडक्रम सोसाइटी प्रादेशिक रक्त संचार केन्द्रको प्राविधिक सहयोगमा आयोजना गरेको रक्तदान कार्यक्रममा ७५ जनाले  रक्तदान गरेका थिए ।


 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप