बचत खेल र लघु उद्यम खेल प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न
तपाईहरु, नेपालको कुना कन्दरालाई जर्मनीको सिकाइसँग जोड्ने दूत हो, समुदायका भुईमान्छेहरु माझ जान तयारी गर्नुहोस्
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
तपाईहरु, नेपालको कुना कन्दरालाई जर्मनीको सिकाइसँग जोड्ने दूत हो, समुदायका भुईमान्छेहरु माझ जान तयारी गर्नुहोस्

काठमाडौं । नेफ्स्कून तथा जर्मनीको सेभिङज् बैंक अन्तर्गतको विकास नीति हेर्ने अंग (डीएसआईके) को आयोजनामा ९ दिने 'बचत खेल र लघु उद्यम खेल प्रशिक्षक प्रशिक्षण तालिम' (टट्) काठमाडौंमा सम्पन्न भएको छ ।

२०८१ भदौं ३१ गतेबाट सुरु भएको तालिम असोज ८ गते सम्पन्न भएको हो । तालिममा नेफ्स्कूनका १३ पुरुष र २ महिला कर्मचारीको सहभागिता थियो ।

नेफ्स्कून र जर्मनीको स्पार्कासन्स फाइनान्स ग्रुप अन्तर्गतको डिएसआईकेबीचको रणनीतिक साझेदारी अन्तर्गत यो लामो अवधिको तालिम आयोजना गरिएको हो ।

स्पार्कासन्स फाइनान्स ग्रुपले डिएसआईके मार्फत वित्तीय पहुँच अभिवृद्धि गरी गरिबी निवारणमा भूमिका निर्वाह गर्ने विषयमा सफल साबित आफ्नो मोडललाई मुलुकको सीमा र त्यो भन्दा पर विकासोन्मुख तथा उदीयमान अर्थतन्त्रहरुमा लागू गर्दै आएको छ ।

सोही सन्दर्भमा नेपालमा पनि सहकारीका सदस्यहरुमार्फत पिँधमा परेको वर्ग र समुदायको वित्तीय पहुँच अभिवृद्धि गर्ने हेतुले नेफ्स्कूनसँगको साझेदारीमार्फत विभिन्न चरणमा तालिम र शिक्षा लगायतका कार्यक्रम आयोजना गरिएका हुन् ।

यसैबीच, तालिम समापनमा नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले ९ दिने तालिमको प्रभावकारिताप्रति आफू विश्वस्त भएको बताउँदै प्रशिक्षितहरु अब दुई तालिमको दूतका भएको उल्लेख गर्नुभयो । नेपालको कुना कन्दरालाई जर्मनीको सिकाइसँग जोड्ने प्रतिनिधि भएको बताउँदै उहाँले तालिमबाट प्रशिक्षितहरुलाई नेतृत्वको संज्ञा दिनुभयो ।

तालिमको समापनमा अध्यक्ष ढकालले भन्नुभयो, ‘तपाईको काम, क्रियाकलाप, योगदानले तपाईको पहिचान झल्कन्छ । तपाईहरु तपाई हुने तपाईको काम र योगदानले हो । त्यसैले जिम्मेवार भएर उच्च मनोबलका साथ काम गर्नुस् ।’ उहाँले थप्नुभयो, ‘आफुलाई निर्खार्ने तथा तिखार्ने कार्यमा निरन्तर क्रियाशिल रहनुस् । पक्कै पनि बुझाइमा एकरुपता कायम गर्न यो तालिम प्रभावकारी भएको मैले महसुस गरेको छु । यो खेल तालिममा जीवन्तता दिने गरी कार्य गर्नुहुनेछ भन्ने अपेक्षा गर्दछु ।’

यसैगरी, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा. शिवजी सापकोटाले १५ जनाले ९ दिनको तालिम प्राप्त गरेकोमा बधाई दिदैं प्रशिक्षितहरुले वित्तीय पहुँच नपुगेको वर्गमा दुतको रुपमा गई कार्य गर्नुपर्ने बताउनुभयो ।

उहाँले नेफ्स्कूनको ध्यये नै जनताहरुको जीवनस्तर उकास्ने रहेको भन्दै १५ जनाको तालिममा ८ दिनमा बचत तथा ऋण सहकारी अभियानको जननी जर्मनीलाई नजिकबाट नियाल्ने मौका पाएको उहाँले उल्लेख गर्नुभयो ।

त्यहाँको सहकारीको चेत तथा सिकाइलाई अनुसरण गर्नेक मौका यो तालिमले सहभागीहरुलाई उपलब्ध गराएको सिईओ सापकोटाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘तालिम सम्पन्न गरेबापत तपाईहरुले प्रमाणपत्र त प्राप्त गर्नुभयो । अब प्रमाणिकृत हुनका लागि परिक्षणको सुरुवात हुनेछ । तपाईहरुले आफूले सिकेको ज्ञान सीप भुइमान्छेहरु माझ लैजानु पर्छ । तपाईको कौशलले मानिसहरुको ज्ञान, सीप व्यवहार र आचरणमा परिवर्तन गराउनुपर्छ  तपाईहरुले बचत खेल र लघु उद्यम खेलको मार्गनिर्देशनको प्रवर्तकको भूमिका निर्वाह गर्नुपर्नेछ ।

तपाईले जर्मनीको सिकाईलाई समुदायका पहुँचविहिन माझ लैजानु पर्दछ ।’ आफ्नो कामलाई माया गर्न आग्रह गर्दै सिईओ सापकोटाले उच्च मनोबलका साथमा कर्ममा लाग्न सुझाउनुभयो ।

उहाँले भन्नभुयो, ‘यो सिकाइ मोड्युलका विषयवस्तु, सन्दर्भ सामग्रीहरु नेपाली भाषामा तयार गरी तपाईलाई उपलब्ध गराइनेछ । अब तपाईहरु हाम्रो समुदायका भुईमान्छेहरु माझ जान तयारी गर्नुहोस् ।’

तालिमको प्रशिक्षण डिएसआईकेका अल्बर्टो र टुङले गर्नुभएको थियो भने भाषा तथा विषयवस्तु सहजकर्ता सुर्यलक्ष्मी बज्राचार्य रहनुभएको थियो । यसैगरी, डीएसआईकेबाट यान बायर र लाउरा स्कियालोको पनि सहभागिता थियो । समापनमा नेफ्स्कूनका अधिकृतद्वयः सुमनराज घिमिरे र सोविता मौनालीले तालिमको सिकाइ तथा सुझावबारे अनुभवजन्य धारणा राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन नेफ्स्कूनका अधिकृत श्यामराजा तिमल्सीनाले गर्नुभएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१४ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप