६ जिल्ला बचत संघसँग सञ्जाल साझेदारी सम्झौता 
एउटै ताल र लयमा जोडिदैं साकोस अभियान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एउटै ताल र लयमा जोडिदैं साकोस अभियान

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) र बागमती प्रदेश भित्रका ६ वटा जिल्ला बचत संघबीच सञ्जाल साझेदारी सम्झौता सम्पन्न भएको छ । नेफ्स्कून केन्द्रीय कार्यालयमा २०८१ असोज ८ गते मंगलबार आयोजित कार्यक्रमका बीच यो महत्वपूर्ण सम्झौता भएको हो ।

बागमती प्रदेश अन्तर्गतका काठमाडौं, भक्तपुर, काभ्रे, नुवाकोट, धादिङ र सिन्धुली जिल्ला बचत संघसँग यो सम्झौता भएको हो । बागमती प्रदेश भित्रका जिल्ला संघहरुसँगको साझेदारी सम्झौताले सञ्जाल व्यवस्थापनलाई थप बलियो बनाएको विश्वास नेफ्स्कून र तत्तत् जिल्ला संघहरुले लिएका छन् । बचत तथा ऋण सहकारी अभिभयानको एउटै ताल र लय हुनुपर्छ भन्ने अन्तर्राष्ट्रिय मान्यतालाई आत्मसात् गरेको नेफ्स्कूनले यो पछिल्लो सम्झौतालाई महत्वपूर्ण उपलब्धिको संज्ञा दिएको छ । सघन छलफल र मन्थन पछि यो सम्झौता सम्पन्न भएको हो ।

यो सम्झौता बचत तथा ऋण सहकारी अभिायनका साझा समस्या समाधानका लागि कोशेढुङ्गो हुने विश्वास नेफ्स्कून अध्यक्ष ढकालले लिनुभएको छ । उहाँले यो पछिल्ला सम्झौता सञ्जाल साझेदारी तथा सञ्जाल व्यवस्थापनको दिशामा प्रमुख उपलब्धिको कडी भएको दाबी गर्नुभयो । यस्तै, विश्वास काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि. (कास्कून) का अध्यक्ष दिपक पनेरुले लिनुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले प्रतिक्रिया जनाउनुभएको छ, ‘केन्द्रीय संघ बलियो हुँदा हामी सबै सुरक्षित हुन्छौं ।’

यस्तै, भक्तपुर जिल्ला बचत संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले पनि जिल्ला बचत संघहरुसँगको साझेदारीप्रति सकारात्मक टीप्पणी गर्दै तालिम, अन्तरलगानी, तहगत संरचना र अभियानका धारणाबारे एकरुपता कायम गर्न सहज हुने विश्वास व्यक्त गर्नुभएको छ ।

स्मरणीय छ, नेफ्स्कूने आफ्नो छैठौं रणनीतिक योजनामा सञ्जाल व्यवस्थापनलाई प्रधानता दिएको छ । यसले साकोस अभियानको शक्ति, सामर्थर्य र स्रोत सबल हुने विश्वास नेफ्स्कूनको छ ।

नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा लगायतको उपस्थितिमा कास्कूनका अध्यक्ष दिपक पनेरु, महासचिव निरञ्जन सेढाई तथा सचिव विरेन्द्र भण्डारीको उपस्थितिमा सम्झौता भएको हो । 

यसैगरी, भक्तपुर जिल्ला बचत संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजु, कोषाध्यक्ष कान्छाभक्त घजु तथा प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुको उपस्थितिमा सम्झौता आदानप्रदान भएको हो भने नुवाकोट जिल्ला बचत संघ (नुस्कून) का अध्यक्ष नारायण श्रेष्ठको उपस्थितिमा नेफ्स्कूनका सिईओ डा. सापकोटा तथा नुस्कूनका सचिव नारायण प्रसाद खनालले द्धिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

यस्तै, धादिङ जिल्ला बचत संघका अध्यक्ष नवराज शर्माको उपस्थितिमा व्यवस्थापक गोकर्ण दुवाडीले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । यसैगरी, जिल्ला बचत संघ काभ्रेका अध्यक्ष उदयराम कायस्थको उपस्थितिमा नेफ्स्कून सिईओ र काभ्रे जिल्ला बचत संघका व्यवस्थापक गुरु प्रसाद ढकालले हस्ताक्षर गर्नुभएको थियो भने सिन्धुली जिल्ला बचत संघका तर्फबाट अध्यक्ष मिथुला घिमिरेले हस्ताक्षर गर्नुभएको थियो ।

भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२४ घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

पाठकबाट थप