सहकारी संस्थामा सदस्यको गुणात्मक व्यवस्थापन आवश्यक: नेफ्स्कून बरिष्ठ उपाध्यक्ष अधिकारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी संस्थामा सदस्यको गुणात्मक व्यवस्थापन आवश्यक: नेफ्स्कून बरिष्ठ उपाध्यक्ष अधिकारी

काठमाडौं । बर्दियाको गुलरियामा आज साकोस सञ्जाल अभिमुखीकरण तथा व्यवसाय प्रवर्धन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले बचत ऋण सहकारीका सिद्धान्तहरुबारे प्रस्तुतीकरण गर्नुभएको थियो । प्रस्तुतीकरणमा उहाँले सहकारी सुदृढीकरणको मुख्य आधार सदस्यहरुको विश्वास, एकता र सहकार्य रहेको बताउनुभयो । उहाँले नेफ्स्कूनले सदस्य संघ संस्थाहरुलाई संस्था बलियो र दिगो बनाउन सदस्यको बिश्वास जित्न अति आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

त्यही भएर नेफ्स्कूनले 'ब्याक टु मेम्बर्स' भनेर सदस्यको विश्वास जित्नुपर्ने तथ्यलाई जोड दिएको उहाँले जानकारी गराउनुभयो । बरिष्ठ उपाध्यक्ष अधिकारीले भन्नभुयो, 'संस्थामा सदस्यको संख्यात्मक वृद्धि मात्रै ठूलो कुरा होइन गुणात्मक व्यवस्थापन पनि अति आवश्यक छ ।' 

कार्यक्रममा जिल्ला सहकारी संघ, बर्दियाका उपाध्यक्ष नेत्र सापकोटा, जिल्ला बचत संघ बर्दियाका अध्यक्ष नवराज न्यौपान, प्रदेश बचत संघकी लेखा सुपरिवेक्षण समिति सदस्य दुर्गा सापकोटा, जिल्ला बचत संघ बर्दियाकी कोषाध्यक्ष सरस्वती शर्मा, नेफ्स्कून उप समिति सदस्य भिखुराम चौधरी लगायतको सहभागिता थियो । कार्यक्रममा चौधरीले स्वागत मन्तव्य राख्नुभएको थियो भने संघको बाँके सदस्य सेवा कार्यालय इन्चार्ज छत्र धमलाले नेफ्स्कको अवस्था, वित्तीय स्थिति, ध्येय, परिकल्पना, छैंठौं रणनीतिक योजना, सञ्जालका संस्थागत मूल्यहरु, संघका वस्तु तथा सेवा आदिबारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा २१ वटा संस्थाको प्रतिनिधित्व रहेको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप