सहकारी संघ संस्थाहरुलाई सुशासनका लागि श्वेत पत्र जारी गर्न कमलामाई नगरपालिकाको अनुरोध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी संघ संस्थाहरुलाई सुशासनका लागि श्वेत पत्र जारी गर्न कमलामाई नगरपालिकाको अनुरोध

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिकाले आफ्नो कार्यक्षेत्र भित्रका सहकारी संघसंस्थाहरुलाई सुशासनका लागि श्वेतपत्र जारी गर्न अनुरोध गरेको छ । सहकारी नियमावली २०७५ को नियम ७६ (१) बमोजिम श्वेत पत्र जारी गरी पेश गर्नुपर्ने निकायमा पेश गर्न नगरपालिकाले आग्रह गरेको हो ।

यस्तै, कमलामाई नगरपालिकाले सहकारी संघ संस्थाहरुलाई वित्तीय साक्षरतामा जोड दिदैं भाखा नाघेको ऋण असुली तथा बचत निक्षेपबारे कार्य सञ्चालन गर्न पनि अनुरोध गरेको छ । नगरपालिकाले वार्षिक साधारण सभामा संस्थाका सबै सदस्यको उपस्थितिका लागि आव्हान गर्दै कुल सदस्य संख्याको ५१ प्रतिशत सदस्य गणपुरक संख्या पुर्याएर मात्र साधारण सभा सञ्चालन गर्न, साधारण सभा सम्पन्न भएको मितिले १५ दिनभित्र नियमनकारी निकायमा प्रतिवेदन पेश गर्न, कोपोमिस प्रणालीमा नियमित तथा अनिवार्य प्रतिवेदन पेश गर्न, सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारी चयन वा निर्वाचन गर्नुपरेमा प्रचलित कानून मापदण्ड एवम् विनियम बमोजिमको योग्यता पुगेका सदस्यहरुबाट मात्र निर्वाचन गर्न ध्यानाकर्षण गराएको छ ।

त्यस्तै, संस्थाको विनियम संशोधन गर्नुपरे नियमनकारी वा सम्बन्धित निकायबाट पूर्व स्वीकृति पश्चात साधारणसभाबाट पारित गर्न आग्रह गरेको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका नगर कार्यपालिकाको कार्यालयले २०८१ असोज ९ गते सूचना जारी गरी नगरपालिकामा दर्ता भएका तथा नियमनमा रहेका सहकारी संघसंस्थाहरुका लागि वार्षिक साधारण सभा तथा अन्य कानूनी व्यवस्था सम्बन्धमा ध्यानाकर्षणसहित अनुरोध गरेको हो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप