ऋणको कानूनी प्रक्रिया तथा धितो लिलामी तालिम
सहकारीको आजको आवश्यकताः कृषि, पर्यटन र पर्यावरणीय सुरक्षामा लगानी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीको आजको आवश्यकताः कृषि, पर्यटन र पर्यावरणीय सुरक्षामा लगानी

बुटवल । नेफ्स्कून रुपन्देही सदस्य सेवा कार्यालयको आयोजनामा 'ऋणको कानूनी प्रक्रिया तथा धितो लिलामी तालिम' आज बुटवलमा सुरु भएको छ । भोलिसम्म चल्ने तालिममा ५५ साकोसबाट ७० जनाको सहभागिता रहेको छ ।

तालिम उद्घाटनमा राष्ट्रिय सहकारी महासंघ नेपालका लेखा सुपरिवेक्षण समिति संयोजक भिम प्रसाद तुलाचनले सहकारी ऐन २०७४ को प्राप्ति र त्यसको उपलब्धिको चर्चा गर्दै ऐनका कतिपय व्यवस्था कार्यान्वयन गर्न नसकिएको पनि चर्चा गर्नुभयो । उहाँले ऐनले निर्दिष्ट गरेका सुविधा र अधिकारको प्रयोगमा कठिनाइ भएको भन्दै राज्यले साकोसहरुलाई उत्पादनमा नगएको विषयमा दोष लगाएको उल्लेख गर्नुभयो । समसामयिक विषयहरुसँगै उहाँले सहकारीलाई व्यवस्थित रुपमा सञ्चालन गर्न तालिमको आवश्यकता भएको बताउनुभयो ।

यस्तै, नेफ्स्कून सञ्चालक एवम् संघको रुपन्देही सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक ज्ञानु पौड्यालले साकोसहरुको आर्थिक विकाससँग जोडिएको ऋणलाई प्रभावकारी रुपमा लगानी गर्नुपर्ने भन्दै कृषि, पर्यटन, पर्यावरणीय सुरक्षा आजको आवश्यकता भएकोमा जोड दिनुभयो । उहाँले सहकारी क्षेत्रको आजको आवश्यकता कृषि, पयर्टन र पर्यावरणीय सुरक्षामा लगानी भएकोमा बिशेष जोड दिनुभयो ।उहाँले ऋण लगानी गर्दा प्रक्रिया, तिर्न सक्ने सक्षमता, अनुगमन, ऋण सदुपयोगिता, असुली आदि विषयमा पनि चनाखो हुनुपर्ने बताउनुभयो ।

नेफ्स्कूनका कानूनी सल्लाहकार अधिवक्ता शिव अधिकारीले सहजीकरण गर्नुभएको तालिममा नेफ्स्कून रुपन्देही सदस्य सेवा कार्यालय व्यवस्थापन उप समिति सदस्य महेश्वर श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने व्यवस्थापन समितिका अर्का सदस्य मिन प्रसाद पोखरेलले शुभकामना मन्तव्य राख्नुभएको थियो । उद्घाटन कार्यक्रममा नेफ्स्कून साकोस म्यानेजर्स क्लबका पूर्व सदस्य अनन्त पाण्डे अतिथि रहनुभएको थियो । उद्घाटन कार्यक्रम सञ्चालन नेफ्स्कून रुपन्देही सदस्य सेवा कार्यालय इन्चार्ज कल्पना भण्डारीले गर्नुभएको थियो ।

भर्खरै
नियमित बचतको माध्यमबाट वृद्धाश्रममा बस्नुपर्ने बाध्यता अन्त्य हुन्छ: नेफ्स्कून महासचिव अधिकारी
नियमित बचतको माध्यमबाट वृद्धाश्रममा बस्नुपर्ने बाध्यता अन्त्य हुन्छ: नेफ्स्कून महासचिव अधिकारी

३ दिन अगाडि

भारत भ्रमण ‘ल्याण्डमार्क भिजिट’ साबित भएको छ 
भारत भ्रमण ‘ल्याण्डमार्क भिजिट’ साबित भएको छ 

४ दिन अगाडि

महाराष्ट्र बचत ऋण सहकारी संघको आयोजनामा अन्तर्राष्ट्रिय सहकारी सम्मेलन-२०२५ सम्पन्न
महाराष्ट्र बचत ऋण सहकारी संघको आयोजनामा अन्तर्राष्ट्रिय सहकारी सम्मेलन-२०२५ सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनद्वारा एनसीयूआइ तथा नाफ्कूबसँग नयाँ दिल्लीमा छलफल
नेफ्स्कूनद्वारा एनसीयूआइ तथा नाफ्कूबसँग नयाँ दिल्लीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनले वित्तीय विवरणमा कुनै छेडखानी नगरेको कोषाध्यक्ष थापाको स्पष्टोक्ति
नेफ्स्कूनले वित्तीय विवरणमा कुनै छेडखानी नगरेको कोषाध्यक्ष थापाको स्पष्टोक्ति

७ दिन अगाडि

हामीले सधै साकोस अभियानलाई साक्षी राखेर काम गरेका छौं : नेफ्स्कून महासचिव अधिकारी
हामीले सधै साकोस अभियानलाई साक्षी राखेर काम गरेका छौं : नेफ्स्कून महासचिव अधिकारी

८ दिन अगाडि

शुभकामना साकोसले रक्त संकलन कक्ष निर्माणमा आर्थिक सहयोग गर्ने
शुभकामना साकोसले रक्त संकलन कक्ष निर्माणमा आर्थिक सहयोग गर्ने

८ दिन अगाडि

नेफ्स्कूनको वित्तीय अवस्थालाई लिएर दिग्भ्रमित हुनुपर्ने अवस्था छैनः कार्यवाहक अध्यक्ष अधिकारी
नेफ्स्कूनको वित्तीय अवस्थालाई लिएर दिग्भ्रमित हुनुपर्ने अवस्था छैनः कार्यवाहक अध्यक्ष अधिकारी

८ दिन अगाडि

लोकप्रिय
भक्तपुरका साकोसहरुबीच वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
भक्तपुरका साकोसहरुबीच वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन

९५५ दिन अगाडि

जिल्ला बचत संघ मोरङको आयोजनामा भोलिदेखि साकोस गोष्ठी सुरु हुने 
जिल्ला बचत संघ मोरङको आयोजनामा भोलिदेखि साकोस गोष्ठी सुरु हुने 

९५९ दिन अगाडि

जोखिम सुपरिवेक्षण कार्यक्रममा सहभागी काठमाडौं दोस्रो समुहको सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न 
जोखिम सुपरिवेक्षण कार्यक्रममा सहभागी काठमाडौं दोस्रो समुहको सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न 

९६३ दिन अगाडि

दिगो र सुशासित सहकारीका लागि बलियो आन्तरिक नियन्त्रण प्रणाली आवश्यक
दिगो र सुशासित सहकारीका लागि बलियो आन्तरिक नियन्त्रण प्रणाली आवश्यक

२८३ दिन अगाडि

नेफ्स्कून ’कन्सोलिडेटेड’ अवस्थामा पुगेको छ  
नेफ्स्कून ’कन्सोलिडेटेड’ अवस्थामा पुगेको छ  

२८९ दिन अगाडि

नवलपुर जिल्ला बचत संघको आयोजनामा 'लेखा सुपरिवेक्षण समितिको क्षमता विकास तालिम'
नवलपुर जिल्ला बचत संघको आयोजनामा 'लेखा सुपरिवेक्षण समितिको क्षमता विकास तालिम'

३२७ दिन अगाडि

'प्रथम सहकारी डिजिटल कन्क्लेभ’ को सात बुँदे प्रतिबद्धता
'प्रथम सहकारी डिजिटल कन्क्लेभ’ को सात बुँदे प्रतिबद्धता

३३६ दिन अगाडि

सहकारी अभियानको भावनासँग जोडिन्छु र सहयोग गर्छुः मन्त्री अधिकारी
सहकारी अभियानको भावनासँग जोडिन्छु र सहयोग गर्छुः मन्त्री अधिकारी

३४१ दिन अगाडि

पाठकबाट थप