ऋणको कानूनी प्रक्रिया तथा धितो लिलामी तालिम
सहकारीको आजको आवश्यकताः कृषि, पर्यटन र पर्यावरणीय सुरक्षामा लगानी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीको आजको आवश्यकताः कृषि, पर्यटन र पर्यावरणीय सुरक्षामा लगानी

बुटवल । नेफ्स्कून रुपन्देही सदस्य सेवा कार्यालयको आयोजनामा 'ऋणको कानूनी प्रक्रिया तथा धितो लिलामी तालिम' आज बुटवलमा सुरु भएको छ । भोलिसम्म चल्ने तालिममा ५५ साकोसबाट ७० जनाको सहभागिता रहेको छ ।

तालिम उद्घाटनमा राष्ट्रिय सहकारी महासंघ नेपालका लेखा सुपरिवेक्षण समिति संयोजक भिम प्रसाद तुलाचनले सहकारी ऐन २०७४ को प्राप्ति र त्यसको उपलब्धिको चर्चा गर्दै ऐनका कतिपय व्यवस्था कार्यान्वयन गर्न नसकिएको पनि चर्चा गर्नुभयो । उहाँले ऐनले निर्दिष्ट गरेका सुविधा र अधिकारको प्रयोगमा कठिनाइ भएको भन्दै राज्यले साकोसहरुलाई उत्पादनमा नगएको विषयमा दोष लगाएको उल्लेख गर्नुभयो । समसामयिक विषयहरुसँगै उहाँले सहकारीलाई व्यवस्थित रुपमा सञ्चालन गर्न तालिमको आवश्यकता भएको बताउनुभयो ।

यस्तै, नेफ्स्कून सञ्चालक एवम् संघको रुपन्देही सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक ज्ञानु पौड्यालले साकोसहरुको आर्थिक विकाससँग जोडिएको ऋणलाई प्रभावकारी रुपमा लगानी गर्नुपर्ने भन्दै कृषि, पर्यटन, पर्यावरणीय सुरक्षा आजको आवश्यकता भएकोमा जोड दिनुभयो । उहाँले सहकारी क्षेत्रको आजको आवश्यकता कृषि, पयर्टन र पर्यावरणीय सुरक्षामा लगानी भएकोमा बिशेष जोड दिनुभयो ।उहाँले ऋण लगानी गर्दा प्रक्रिया, तिर्न सक्ने सक्षमता, अनुगमन, ऋण सदुपयोगिता, असुली आदि विषयमा पनि चनाखो हुनुपर्ने बताउनुभयो ।

नेफ्स्कूनका कानूनी सल्लाहकार अधिवक्ता शिव अधिकारीले सहजीकरण गर्नुभएको तालिममा नेफ्स्कून रुपन्देही सदस्य सेवा कार्यालय व्यवस्थापन उप समिति सदस्य महेश्वर श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने व्यवस्थापन समितिका अर्का सदस्य मिन प्रसाद पोखरेलले शुभकामना मन्तव्य राख्नुभएको थियो । उद्घाटन कार्यक्रममा नेफ्स्कून साकोस म्यानेजर्स क्लबका पूर्व सदस्य अनन्त पाण्डे अतिथि रहनुभएको थियो । उद्घाटन कार्यक्रम सञ्चालन नेफ्स्कून रुपन्देही सदस्य सेवा कार्यालय इन्चार्ज कल्पना भण्डारीले गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

वारा स्थित उपलब्धी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

४ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप