युद्धग्रस्त पूर्वी युरोपेली मुलुक युक्रेनमा क्रेडिट युनियनहरुलाई बचत सुरक्षण कोषमा आवद्ध हुन विश्व ऋण परिषद् (ओकू) ले सहयोग गर्दै आएको छ ।
ओकूले युक्रेनमा क्रेडिट युनियनहरुका लागि बचत सुरक्षण कोषमा आवद्धताका लागि प्राविधिक लगायत अन्य आवश्यक सहजीकरण गर्दै आएको छ । त्यसका लागि युक्रेनको बचत सुरक्षण कोषसम्बन्धी कानून संशोधन गरी क्रेडिट युनियनहरु पनि त्यसमा आवद्ध हुने वातावरण निर्माणमा ओकूले निरन्तर र सघन सहयोग तथा सहजीकरण गर्दै आएको छ ।
यसै अंग्रजी महिना विश्व ऋण परिषद् (ओकू) की प्रमुख कार्यकारी अधिकृत एलिसा म्याकार्टर लाबोर्डले युक्रेन भ्रमणका क्रममा त्यहाँको बचत सुरक्षण कोषका निर्देशकसँग भेट गरी क्रेडिट युनियनका सदस्यहरुको बचत सुरक्षणको प्रत्याभूतिका विषयमा छलफल गर्नुभएको छ ।
तीन दिने भ्रमणमा एलिसाले कोषमा आवद्धतासँगै अन्य कानूनी तथा नीतिगत विषयमा त्यहाँको केन्द्रीय बैंकका उच्च अधिकारीहरुसँग समेत छलफल गर्नुभएको थियो । यसैगरी, उहाँले युक्रेनी क्रेडिट युनियन अभियानका जल्दाबल्दा विषयमा भैरहेका बहसपैरवीहरुका साथै कानूनी अनुकूलता निर्माणका लागि ओकूकोतर्फबाट सहजीकरण गर्नुभएको हो ।
रुस युक्रेन युद्ध सुरु भएयता ओकूले युक्रेनी क्रेडिट युनियनहरुको संरक्षण गर्दै प्रभावकारी भूमिका निर्वाहका साथै क्रेडिट युनियनका सदस्यहरुको उद्दार तथा राहत, जीवनरक्षा, संरक्षण आदिमा राहत कोष स्थापनादेखि विभिन्न कामहरु गर्दै आएको छ । यसैगरी, ओकूले अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएड) सँगको साझेदारीमा युक्रेनमा 'ग्रो प्रोजेक्ट' सञ्चालन गर्दै आएको छ ।
युक्रेनका क्रेडिट युनियनहरुको छाता संगठनAll Ukrainian Association of Credit Unions (VAKS) हो । VAKS मा हाल ४० बढी क्रेडिट युनियनहरु आबद्ध छन् । यसको कार्यालय राजधानी किएभमा छ ।
२१ घण्टा अगाडि
२२ घण्टा अगाडि
२२ घण्टा अगाडि
२३ घण्टा अगाडि
४ दिन अगाडि
८ दिन अगाडि
११ दिन अगाडि
११ दिन अगाडि
२२ घण्टा अगाडि
२३ घण्टा अगाडि
९२६ दिन अगाडि
५८६ दिन अगाडि
५९७ दिन अगाडि
६०५ दिन अगाडि
६१२ दिन अगाडि
६२४ दिन अगाडि