युक्रेनी क्रेडिट युनियनहरुलाई बचत सुरक्षण कोषमा आवद्धताका लागि ओकूको सहयोग
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
युक्रेनी क्रेडिट युनियनहरुलाई बचत सुरक्षण कोषमा आवद्धताका लागि ओकूको सहयोग

युद्धग्रस्त पूर्वी युरोपेली मुलुक युक्रेनमा क्रेडिट युनियनहरुलाई बचत सुरक्षण कोषमा आवद्ध हुन विश्व ऋण परिषद् (ओकू) ले सहयोग गर्दै आएको छ ।

ओकूले युक्रेनमा क्रेडिट युनियनहरुका लागि बचत सुरक्षण कोषमा आवद्धताका लागि प्राविधिक लगायत अन्य आवश्यक सहजीकरण गर्दै आएको छ । त्यसका लागि युक्रेनको बचत सुरक्षण कोषसम्बन्धी कानून संशोधन गरी क्रेडिट युनियनहरु पनि त्यसमा आवद्ध हुने वातावरण निर्माणमा ओकूले निरन्तर र सघन सहयोग तथा सहजीकरण गर्दै आएको छ ।

यसै अंग्रजी महिना विश्व ऋण परिषद् (ओकू) की प्रमुख कार्यकारी अधिकृत एलिसा म्याकार्टर लाबोर्डले युक्रेन भ्रमणका क्रममा त्यहाँको बचत सुरक्षण कोषका निर्देशकसँग भेट गरी क्रेडिट युनियनका सदस्यहरुको बचत सुरक्षणको प्रत्याभूतिका विषयमा छलफल गर्नुभएको छ ।

तीन दिने भ्रमणमा एलिसाले कोषमा आवद्धतासँगै अन्य कानूनी तथा नीतिगत विषयमा त्यहाँको केन्द्रीय बैंकका उच्च अधिकारीहरुसँग समेत छलफल गर्नुभएको थियो । यसैगरी, उहाँले युक्रेनी क्रेडिट युनियन अभियानका जल्दाबल्दा विषयमा भैरहेका बहसपैरवीहरुका साथै कानूनी अनुकूलता निर्माणका लागि ओकूकोतर्फबाट सहजीकरण गर्नुभएको हो ।

रुस युक्रेन युद्ध सुरु भएयता ओकूले युक्रेनी क्रेडिट युनियनहरुको संरक्षण गर्दै प्रभावकारी भूमिका निर्वाहका साथै क्रेडिट युनियनका सदस्यहरुको उद्दार तथा राहत, जीवनरक्षा, संरक्षण आदिमा राहत कोष स्थापनादेखि विभिन्न कामहरु गर्दै आएको छ । यसैगरी, ओकूले अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएड) सँगको साझेदारीमा युक्रेनमा 'ग्रो प्रोजेक्ट' सञ्चालन गर्दै आएको छ ।

युक्रेनका क्रेडिट युनियनहरुको छाता संगठनAll Ukrainian Association of Credit Unions (VAKS) हो । VAKS मा हाल ४० बढी क्रेडिट युनियनहरु आबद्ध छन् । यसको कार्यालय राजधानी किएभमा छ ।

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

११ घण्टा अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१२ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

१० दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

११ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

पाठकबाट थप