साताव्यापी कार्यक्रम गरी रजत महोत्सव मनाउँदै बालकुमारी साकोस 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साताव्यापी कार्यक्रम गरी रजत महोत्सव मनाउँदै बालकुमारी साकोस 

भक्तपुर । बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि.ले साताव्यापी कार्यक्रम आयोजना गरी २५ औं स्थापना दिवस तथा रजत महोत्सव मनाइरहेको छ । साकोसले भक्तपुर जिल्लाव्यापी चित्रकला प्रतियोगिता, रक्तदान कार्यक्रम, वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले  साताव्यापी कार्यक्रमको पहिलो दिन भदौं २७ गते संस्थामा आवद्ध सदस्यहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गाप्रसाद ढकालले प्रशिक्षण दिनुभएको थियो ।

संस्थाका अध्यक्ष श्रेष्ठले शाताव्यापी कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाइराखेको जानकारी गराउनुभयो । संस्थाले साताव्यापी कार्यक्रमको पहिलो दिन वित्तीय साक्षरता मार्पmत सहकारी के हो र संस्थाप्रति सदस्यको भूमिका के हुन्छ भन्ने विषयमा प्रशिक्षण दिएको जानकारी गराउनुभयो । त्यसैगरी, ऋण परिचालन र बचत गर्दाको महत्वको विषयमा पनि जानकारी दिइएको थियो । तालिममा २ सय बढी सदस्यको सहभागिता थियो । संस्थाले भक्तपुर जिल्लाव्यापी चित्रकला प्रतियोगिता समेत आयोजना गरेको छ ।

संस्थाले बालकुमारी मन्दिर क्षेत्र र बालबालिकालाई पायक पर्ने अन्य दुई ठाउँमा समेत गरी तीन क्षेत्रमा चित्रकला प्रतियोगिता आयोजना गरेको छ । संस्थाले शाताव्यापी कार्यक्रमको तेस्रो दिन खुल्ला रक्तदान, चौथो दिन बृद्धाआश्रम तथा मानवविद्या गृहलाई भौतिक सामाग्री सहयोग,पाँचौ दिन सरसफाई कार्यक्रम,छैटौँ दिन प्रभातफेरी कार्यक्रम र सातौं दिन रजत महोत्सव समारोह समापन तथा सस्थापक पूर्व सञ्चलाक र कर्मचारीलाई सम्मान गरी रजत बर्ष कार्यक्रम समापन गर्ने संस्थाले जनाएको छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप