जय श्री माता नवदुर्गा साकोस: १५औं वार्षिक साधारण सभा  
'समयमै साधारण सभा गर्नु सुशासित हुनु हो'
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'समयमै साधारण सभा गर्नु सुशासित हुनु हो'

काठमाडौं । नेफ्स्कूनका सञ्चालक सदस्य खेमराज सुवेदीले समयमै वार्षिक साधारण सभा सम्पन्न गरेकोमा काठमाडौंको माछापोखरीस्थित जय श्री माता नवदुर्गा बचत तथा ऋण सहकारी संस्था लि.लाई बधाई दिदैं यो विषय सुशासनको एउटा प्रमुख पाटो भएको भएको बताउनुभयो ।

संस्थाका अध्यक्ष चन्द्र बहादुर श्रेष्ठ (बलामी) को अध्यक्षतामा आयोजित १५औं वार्षिक साधारण सभाका प्रमुख अतिथि नेफ्स्कून सञ्चालक खेमराज सुवेदीले वित्तीय कारोबार गर्ने सहकारीहरुले सर्वमान्य मूल्य, मान्यता र सिद्धान्तको परिपालना एवम् वित्तीय स्वस्थता कायम गर्नुपर्ने भन्दै समयमै साधारण सभा सम्पन्न गर्नुपर्ने विषय पनि सुशासनको दृष्टिले अहम भएको बताउनुभयो । सदस्यहरुको विश्वास र भरोसाबाट सम्भव यो उपलब्धिप्रति बधाई दिदैं उहाँले साकोसलाई निरन्तर यस्तै साथ र सहयोग मिलिरहोस् भनी उत्कृष्टताको शुभकामना समेत व्यक्त गर्नुभयो । 

संस्था हेरेर बुझेर कारोबार गर्न तथा सञ्चालक समिति तथा कर्मचारीसँग नजिक भइ नियमित कारोबारमा जोडिन आग्रह गर्दै उहाँले गुनासाहरु भए सम्बन्धित अधिकारीलाई राख्न तथा ढुक्कसँग कारोबार गर्न अनुरोध गर्नुभयो ।

नेफ्स्कून सञ्चालक सुवेदीले सहकारी अभियानदेखापरेका समस्याहरुबारे संस्था र सदस्यहरुबीच सघन छलफल हुनुपर्ने पनि बताउनुभयो । उहाँले सहकारी नियमनका लागि अधिकारसम्पन्न प्राधिकरण आउने विषयसँगै नेफ्स्कूनको पहलमा भैरहका बहसपैरवीबारे पनि जानकारी गराउनुभयो । सभामा साकोसका ऋण अधिकृत दिनेश आचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो ।

३९ करोड बढी कुल सम्पत्ति रहेको साकोसले आजबाट मोबाइल एप पनि लञ्च गरेको छ भने विभिन्न विधामा पुरस्कार समेत प्रदान गरेको संघका न्यूरोड सदस्य सेवा कार्यालय इन्चार्ज खिलनाथ लुइटेले जानकारी गराउनुभयो । सभामा नेफ्स्कून गोंगबु सदस्य सेवा कार्यालयकी इन्चार्ज राधा पौडेल पनि अतिथि रहनुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप