धितो लिलामीको काूननी प्रक्रिया तालिम
'सञ्जाल बलियो हुँदा सहकारी अभियानको आवाज बलियो हुन्छ' 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'सञ्जाल बलियो हुँदा सहकारी अभियानको आवाज बलियो हुन्छ' 

काठमाडौं । नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले सञ्जाल बलियो हुँदा सहकारी अभियानको आवाज पनि बलियो हुने भन्दै सञ्जाल सहकार्यको शक्तिप्रति सबैको ध्यान खिच्नुभएको छ ।

नेफ्स्कूनले रणनीतिक महत्व दिएको सञ्जाल व्यवस्थापनका विषयमा प्रकाश पार्दै अध्यक्ष ढकालले सञ्जाल कमजोर हुँदा अभियानको आवाज पनि कमजोर हुने बताउनुभएको हो ।

नेफ्स्कून गोंगबु सदस्य सेवा कार्यालयले आज आयोजना गरेको धितो लिलामीको काूननी प्रक्रिया तालिमको समापनमा नेफ्स्कून अध्यक्ष ढकालले आफ्ना सदस्यहरुप्रति सहकारी संस्थाहरुको जवाफदेहिता स्पष्ट हुनुपर्ने धारणा राख्नुभयो ।

अध्यावधिक हु‌न नसकेका विषयलाई प्रमुख एजेन्डाको रुपमा अगाडि बढाउन नेफ्स्कून सदस्यहरुको साथमा रहेको भन्दै उहाँले भन्नुभयो, 'इतिहासदेखि वर्तमान सम्म केलाउँदा अभियानको जरा (लिगेसी) बिर्सनु हुँदैन यसले अभियानलाई धुमिल बनाउँछ।'

अध्यक्ष ढकालले थप्नुभयो, 'हामीले कल्चरल बिषयहरुलाई ब्यबस्थापन गरेनौ भने सहकारीको सामाजिक सद्भाव, मानवीय स्वभावमा परिवर्तन देखा पर्छ जुन सहकारीका लागि लाभदायक नबन्न सक्छ ।'

समापनका सभाध्यक्ष नेफ्स्कून सञ्चालक एवम् संघको गोंगबु सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक सुशिल कुमार बस्न्यातले बैंक नपुगेको ठाउँमा सहकारीले सदस्यहरुको वित्तीय आवश्यकता पूरा गरेको भन्दै हामीले सहकारीको सेवालाई विश्वसनीय बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । 

गोंगबु, टोखा, तारकेश्वर, चाबहिल, बालाजु लगायत आपसासका २६ साकोसबाट ६ महिला २४ पुरुष गरी ३० जनाको सहभागिता रहेको तालिमको सहजीकरण संघका कानूनी सल्लाहकार अधिवक्ता शिव अधिकारीले गर्नुभएको संघको गोंगबु सदस्य सेवा कार्यालय प्रमुख राधा पौडेलले जानकारी गराउनुभयो ।

तालिममा सक्रियता देखाउनुभएका सहभागीहरुले समय सान्दर्भिक र अत्यन्त प्रभावकारी तालिम आयोजना गरिएको भन्दै कृतज्ञता व्यक्त गर्नुभएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१९ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप