नेफ्स्कून र साकोस व्यवस्थापकहरुबीच अन्तरक्रिया 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून र साकोस व्यवस्थापकहरुबीच अन्तरक्रिया 

काठमाडौं । आफ्ना सदस्य संघ संस्थाहरुसँग निकटम सम्बन्ध कायम गर्ने प्राथमिक रणनीतिक उद्देश्य अनुरुप नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । सोही सन्दर्भमा आज संघको चाबहिल सदस्य सेवा कार्यालयको आयोजनामा साकोसका व्यवस्थापकहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

नेफ्स्कून सञ्चालक सदस्य एवम् चाबहिल सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक सिता ढकाल पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, सञ्चालक खेमराज सुवेदी,  प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा, उपसमिति सदस्य दामोदर पौडेल, संघका बरिष्ठ अधिकृत दिनेश गौतमसँगै २८ साकोसका व्यवस्थापकहरुको उपस्थिति थियो ।

संघका अध्यक्ष ढकाल तथा सञ्चालक पौडेलले अन्तरक्रियामा सहभागी साकोसका व्यवस्थापकहरुको रचनात्मक सुझावहरुलाई संघले आत्मसात् गर्ने भन्दै नेफ्स्कूनप्रति साकोसहरुको विश्वास र भरोसाको लागि कृतज्ञता व्यक्त गर्नुभयो । उहाँहरुले नेफ्स्कून सदैव सदस्यहरुको भावना र इच्छाचाहना अनुरुप अघि बढ्ने भन्दै अहिलेको विषय परिस्थितिमा झनै एकताबद्ध भएर संस्थालाई सुशासन, पारदर्शी र इमानदारीपूर्वक सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा संघका प्रमुख कार्यकारी अधिकृत डा. सापकोटाले सहकारी संस्था सञ्चालन, व्यवस्थापन र विश्व अभ्यासबारे प्रस्तुतीकरण गर्दै सदस्य सेवालाई कसरी प्रभावी बनाउन सकिन्छ भन्ने सन्दर्भमा अनुसरणयोग्य असल विश्व अभ्यासहरुबारे जानकारी गराउनुभएको थियो ।

यसैगरी, चाबहिल सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्य दामोदर पौडेलले शुभकामना एवम् स्वागत मन्तव्य राख्नुभएको थियो भने संघका बरिष्ठ अधिकृत दिनेश गौतमले कार्यक्रमको औचित्य प्रकाश पार्नुभएको थियो ।

कार्यक्रम सञ्चालन संघकी चाबहिल सदस्य सेवा कार्यालय इन्चार्ज राधा पोखरेलले गर्नुभएको संघका व्यवसाय सहायक निरञ्जन घिमिरेले जानकारी गराउनुभयो । नेफ्स्कूनको स्तरीकरण कार्यक्रममा आवद्ध साकोसहरुको बाहुल्यता रहेको कार्यक्रमा बडा दशैं २०८१ को शुभकामना समेत आदानप्रदान गरिएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप