काठमाडौंको थानकोटस्थित चन्द्रागिरि साकोसले महिला सदस्यहरुको उद्यमशीलता प्रवर्धनको उद्देश्यसहित दशैं तिहार उद्यमी मेला २०८१ आयोजना गर्ने भएको छ ।
साकोसको उमन्स क्रिएशन सेवा केन्द्रले प्रत्येक महिना उद्यमी मेला आयोजना गर्दै आएकोमा नजिकिदो दशैं तथा तिहारको अवसर पारी “दशैं तिहार उद्यमी मेला २०८१” आयोजना गर्न लागेको जनाएको हो ।
आश्विन १९ गते शनिबार बिहान ११ बजे देखि चन्द्रागिरि साकोस उमन्स क्रिएशन सेवा केन्द्रको प्राङ्गणमा हुने उक्त उद्यमी मेलामा उपस्थित भई उद्यमी महिला दिदिबहिनीहरुलाई हौसला तथा उत्प्रेरणा प्रदान गर्न साकोसले सबैसँग हार्दिक अनुरोध गरेको छ ।
साथै मेलाका सहभागीहरुमध्ये लक्कीड्र मार्फत केहीलाई सहभागिता पुरस्कार समेत प्रदान गर्ने साकोसले जनाएको छ ।
१६ घण्टा अगाडि
१७ घण्टा अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
१६ घण्टा अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
५ दिन अगाडि
४ दिन अगाडि
७ दिन अगाडि
१४ दिन अगाडि