लक्ष्मी महिला साकोस: २६औं वार्षिक साधारण सभा
महिलाद्धारा सञ्चालित सहकारीहरु सुशासित, विश्वासिलो र सदस्यहरुप्रति बढी उत्तरदायी छन्: नेफ्स्कून अध्यक्ष 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महिलाद्धारा सञ्चालित सहकारीहरु सुशासित, विश्वासिलो र सदस्यहरुप्रति बढी उत्तरदायी छन्: नेफ्स्कून अध्यक्ष 

काभ्रे । पनौती नगरपालिका-५ स्थित लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो २६औं वार्षिक साधारण सभा असोज १७ गते सम्पन्न गरेको छ ।

साकोसकी अध्यक्ष मैया महतको अध्यक्षतामा आयोजित सभाका प्रमुख अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकाल रहनुभएको थियो भने सभामा बागमती प्रदेश सहकारी संध लि. का कोषाध्यक्ष शम्भुलाल श्रेष्ठ, जिल्ला सहकारी संघ लि का महिला उपाध्यक्ष मिरा सत्याल, जिल्ला बचत संघ लि का उपाध्यक्ष सागरनाथ कपाली, संस्थाका बाह्य लेखा परिक्षक, सुनिल श्रेष्ठ, निर्वाचन अधिकृत गुरु प्रसाद ढकाल लगायतको सहभागिता थियो । 

सभाका प्रमुख अतिथि नेफ्स्कून अध्यक्ष ढकालले लक्ष्मी महिला सहकारी नेपालकै उत्कृष्ट साकोस भएको बताउनुभयो । महिलाद्धारा सञ्चालित सहकारीमा कुनै आर्थिक अपचलन नहुने र सबै सदस्यले ढुक्क सँग विश्वास गर्ने स्थिति रहेको बताउनुभयो । उहाँले समग्रमा महिलाहरुले सञ्चालन गरेको सहकारीहरु सुशासित, विश्वासिलो र सदस्यहरुप्रति बढी उत्तरदायी भएको उदाहरण प्रस्तुत गर्दै सोही कोटीमा लक्ष्मी महिला साकोस पर्ने दाबी गर्नुभयो ।

उहाँले सहकारीको ऐन, नीति र परिधिधित्र रही सञ्चालन भएको भन्दै सोही कारण लक्ष्मी महिला साकोस यो स्थानमा आउन सफल भएको बताउनुभयो । सहकारीका बारेमा आफुले धेरै बताउन नपर्ने भन्दै उहाँले कुन सहकारी कसरी सञ्चालन भएका छन् सम्पुर्णलाई थाहा भएको अध्यक्ष ढकालले उल्लेख गर्नुभयो ।

उहाँले सहकारी अभियानका पछिल्ला गतिविधिहरुबारे जानकारी गराउँदै समुदायमा आधारित संस्थाहरुले अझै सक्रियतापूर्वक सदस्य र समुदायको हितमा उदाहरणीय काम गरी आफ्नो उपस्थितिलाई दरिलो बनाउनुपर्ने बेला आएको बताउनुभयो । साथै, अध्यक्ष ढकालले नेफ्स्कूनमार्फत सदस्यहरुको सक्षमता वृद्धिका साथै बहसपैरवीमा भैरहकेका बाहरुबारे पनि सभामा उपस्थितहरुलाई जानकारी गराउनुभएको थियो  । 

सभामा २९ जना जेष्ठ नागरिक सदस्य सम्मान, संस्थाका उत्कृष्ट शेयर बचत,बाल बचत एव असल कर्जा व्यबसाय गर्ने सदस्य एवं बाल सदस्य,एव उत्कृष्ट एसईई सम्मान तथा उत्कृष्ट शेयर सदस्य बनाउन सफल संञ्चालक समिति, उप समिति एवं कर्मचारी सम्मान कार्यक्रम गर्दै संस्थाको आगामी चार वर्षको लागि नयाँ  संञ्चालक समिति एव लेखा सुपरिवेक्षण समितिको कार्यसमिति निर्विरोध निर्वाचित भएका छन् ।

हिमाली श्रेष्ठ नेतृत्वको नयाँ सञ्चालक समिति
साधारण सभाले हिमाली श्रेष्ठको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । सभाले उपाध्यक्षमा कविता कार्की, सचिवमा सकुन्तला श्रेष्ठ, सह सचिवमा शर्मिला अधिकारी, कोषाध्यक्षमा कल्याणी चन्द ठकुरी सहित सदस्यहरुमा प्रिंयका श्रेष्ठ, रिता नराल, सुजना योगल श्रेष्ठ, ममिता श्रेष्ठ, सुर्य कमल श्रेष्ठ, प्रमिला श्रेष्ठ, ज्योती हुमागाई र अनिता सापकोटालाई निर्वाचित गरेको छ ।

त्यसैगरी, सहकारीको लेखा सुपरिबेक्षण समितिको संयोजकमा सोविता थापा मगर र सदस्यहरुमा प्रतिज्ञा भण्डारी र मिना श्रेष्ठ निर्वाचित हुनुभएको छ । संस्थाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिबेदन सकुन्तला श्रेष्ठले, आर्थिक प्रतिबेदन कोषाध्यक्ष सर्मिला अधिकारीले र लेखा सुपरिबेक्षण समितिको प्रतिबेदन संयोजक सोविता थापा मगरले सभामा प्रस्तुत गर्नुभएको थियो ।

संस्थाको शेयर पुँजी २ करोड ९४ लाख ७० हजार, बचत निक्षेप २२ करोड ३१ लाख ६४ हजार, ऋणलगानी १९ करोड १५ लाख ९० हजार, नाफा ४६ लाख ७२ हजार रहेको छ । महिलाद्धारा सञ्चालित नमुनाका रुपमा रहेको उक्त सहकारीले महिला दिदिबहिनिहरुलाई आत्मर्निभर बनाउनका लागी विभिन्न सिपमुलक तालिम, सामुहिक लगानी, नवदुलही भेटघाट, प्रसुती राहत सेवा, मृत्यु राहत सेवा, विरामी राहत लगाएतका थुप्रै सेवाहरु प्रदान गर्दै आएको छ । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप