स्यूचाटार साकोसको १८औं वार्षिक साधारण सभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्यूचाटार साकोसको १८औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । नागार्जुन नगरपालिका १० स्युचाटारस्थित स्युचाटार बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो १८औं वार्षिक साधारण सभा असोज १७ गते बिहिबार घटस्थापनाको दिन सम्पन्न गरेको छ ।

साकोसका अध्यक्ष साधुराम गौतमको अध्यक्षतामा आयोजित सभाका प्रमुख अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकाल रहनुभएको थियो भने कार्यक्रमका कास्कूनका अध्यक्ष दिपक पनेरु बिशिष्ट अतिथि रहनुभएको थियो । सँगै  अन्य अतिथिहरु तथा साकोसको सञ्चालक समिति, व्यवस्थापन तथा सेयर सदस्यहरुको सहभागिता रहेको थियो ।

सभामा नेफ्स्कून अध्यक्ष ढकालले सहकारी अभियानका पछिल्ला गतिविधिहरुबारे जानकारी गराउँदै संस्था सुसञ्चालनमा सञ्चालक समिति, व्यवस्थापन र सेयर सदस्यहरुको त्रिकोणात्मक सम्बन्धबारे चर्चा गर्नुभएको थियो । सहकारीमाथिको कालो बादल मडारिहेको सन्दर्भमा समुदायमा आधारित संस्थाहरुले अझै सक्रियतापूर्वक सदस्य र समुदायको हितमा उदाहरणीय काम गरी आफ्नो उपस्थितिलाई दरिलो बनाउनुपर्ने बेला आएको बताउनुभयो ।

साथै, अध्यक्ष ढकालले नेफ्स्कूनमार्फत सदस्यहरुको सक्षमता वृद्धिका साथै बहसपैरवीमा भैरहकेका बाहरुबारे पनि सभामा उपस्थितहरुलाई जानकारी गराउनुभएको थियो  । उहाँले साकोसको संस्थागत ग्रोथप्रति हार्दिक बधाई समेत दिनुभएको थियो ।

५ हजार २ सय बढी सदस्यरहेको स्युचाटार साकोसको सेयर पुँजी ८ करोड बढी रहेको छ भने ६१ करोड बढी बचत, ६२ करोड बढी ऋण लगानी तथा २४ प्रतिशत बढी तरलता रकम रहेको साकोसको कुल सम्पत्ति ८४ करोड बढी छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप