काठमाडौं । रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा गिरीप्रसाद पुन निर्वाचित हुनुभएको छ । संस्थाको १९औं वार्षिक साधारण सभाले पुनको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति तथा खुमाकान्त अधिकारीको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरेको हो ।
सभाले सञ्चालक समितिको उपाध्यक्षमा सरु राना, सचिवमा अन्जु जैसी, कोषाध्यक्षमा निल प्रसाद पुनलाई चयन गरेको छ । त्यसैगरी संस्थाको सञ्चालक सदस्यहरुमा गंगा अधिकारी, विष्णुमाया कुवर, सीता बस्याल, खिमबहादुर राना, सफिउर्रहमान अन्सारी, भैरबहादुर थापा, जोग बहादुर सुर्यवंशी, पुरन बहादुर शाही र लिला कुमारी थापालाई निर्वाचित गरेको हो । यस्तै लेखा सुपरीवेक्षण समितिको सदस्यहरुमा रामबहादुर सोमरे र रुपा भण्डारी निर्वाचित हुनुभएको छ ।
सभामा संस्थाले सबै शेयर सदस्यहरुबाट १० र १० रुपैया उठाएर प्रधानमन्त्री राहत कोषमा ४ लाख रुपैयाँ बुझाएको छ । त्यस्तै सभाले तिलोत्तमा सिटि न्यूजका सम्पादक मोहन न्यौपानेलाई यस वर्षको जनउत्थान सहकारी पत्रकारिता पुरस्कार २०८१ बाट सम्मानित गरेको छ । संस्थाले १० वटै सेवा केन्द्रमा असोज १२ गते साधारण सभा सम्पन्न गरेको थियो । साकोसले शनिबार तिलोत्तमा मणिग्राममा अन्तिम निर्णय प्रमाणित सभा गरी १९औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
कार्यक्रममा फिल्ड सहायकको तर्फबाट अन्जु कुमारी चौधरी, कार्यालय सहायकको तर्फबाट सीता रजाली, सेवा केन्द्र प्रमुखको तर्फबाट जोग बहादुर थापालाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित गरिएको थियो ।
कार्यक्रम संस्थाको कार्यवाहक अध्यक्ष गिरीप्रसाद पुनको अध्यक्षता र रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, विशिष्ठ अतिथी नेप्mस्कून सञ्चालक ज्ञानु पौडयालले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सभाले गत आर्थिक वर्ष२०८०/८१ को ११।१८ करोड (शुद्ध मुनाफा) सहितको आय व्यय विवरण र आगामी आर्थिक वर्ष २०८१/ ८२ मा करिब १२ करोड शुद्ध मुनाफा र ४३५ करोड कुल वासलात पुर्याउने लक्ष्य सहितको अनुमानित आय व्यय र्सबसम्मत पारित गरेको छ । संस्थामा हाल ८७ जना कर्मचारीहरु कार्यरत छन ।
३१ जनाले सय सय रुपैया उठाएर बाग्लुङ सामुदायिक संस्थाबाट शुरु भई २०६२ पौष १ गते जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको रुपमा दर्ता भएको हो ।
हाल जनउत्थान साकोस, पहुँच महिला साकोस, गौमुखि साकोस, बुद्ध बहुउद्देश्यीय सहकारी, पटाकसार बचत तथा ऋण सहकारी संस्था, सुदृढ साकोस र सगोल महिला साकोस गरी हालसम्म ७ वटा सहकारीहरु एकिकरण भइसकेका छन् । संस्थामा ३८ हजार सदस्यहरु रहेका छन् भने ४ अर्ब पूँजी संकलन भएको जनाइएको छ । संस्थाका १० सेवाकेन्द्र छन् ।
१ दिन अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
१० दिन अगाडि
२५ दिन अगाडि
२३ दिन अगाडि
३३ दिन अगाडि
३३ दिन अगाडि
२७ दिन अगाडि