बुडोल सामुदायिक साकोस: २५औं वार्षिक साधारण सभा
बुडोल सामुदायिक साकोस: अध्यक्षमा पुनः कैलाश केसी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बुडोल सामुदायिक साकोस:  अध्यक्षमा पुनः कैलाश केसी

काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. को अध्यक्षमा पुनः कैलाश केसी निर्वाचित हुनुभएको छ । असोज १९ गते शनिबार सम्पन्न संस्थाको २५ औं वार्षिक साधारण सभाले चार वर्षको लागि कैलाश केसीको नेतृत्वमा सञ्चालक समिति र पूर्णबहादुर कार्कीको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति सर्वसम्मत निर्वाचित  गरेको हो ।

नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा प्रकाश भुर्तेल, सचिवमा जयराम थापा, कोषाध्यक्षमा राधेश्याम केसी, सह–सचिवमा गीता कुँवर क्षेत्री, सह-कोषाध्यक्षमा राधाकृष्ण श्रेष्ठ चयन हुनुभएको छ । त्यस्तै सञ्चालक समितिको सदस्यहरुमा हरिराम कुइकेल, गायत्री खड्का, भवानी केसी, सुनिता मल्ल ठकुरी, अर्मेसा लामा चयन हुनुभएको हो ।

त्यस्तै लेखा सुपरीवेक्षण समितिको सदस्यहरुमा शर्मिला नेपाल र दिपक केसी निर्वाचित हुनुभएको छ । संस्थाले २५औं वार्षिक साधारण सभा चाव वटा एकाईमा सञ्चालन गरेको थियो ।

संस्थाको साधारण सभा पाँचखाल, नाला, धुलिखेल र बनेपा एकाइमा क्रमशः असोज १४ गतेदेखि १७ गतेसम्म एकाइगतरुपमा सम्पन्न गरी शनिबार निर्णय प्रमाणित सभा सम्पन्न भएको हो । चार वटै एकाईबाट छनोट भएर आएका प्रतिनिधि र निर्णय प्रमाणितकर्ताहरूको साथमा शनिबार अन्तिम निर्णय प्रमाणित सभा भएको थियो ।

साधारण सभाले विभिन्न प्रतिवेदनहरु सर्वसम्वत रुपमा पारित गरेको छ । साथै सभाले सदस्यहरुलाई १० प्रतिशतका दरले शेयर लाभांश वितरण गर्ने निर्णय गरेका छ ।

संस्थाको आर्थिक वर्ष २०८०/०८१ को अन्त्यमा संस्थाको कुल सम्पत्ति २ अर्ब ७६ लाख, कुल बचत १ अर्ब ५८ करोड ५ लाख , शेयर पुँजी १६ करोड ५७ लाख, लगानीमा रहेको ऋण १ अर्ब ३५ करोड ६१ लाख, संस्थागत पूँजी १६ करोड ६२ लाख र सञ्चालन मूनाफा ५ करोड ६२ लाख रहेको छ ।

यसका साथै सभाले संरक्षित पुँजी फिर्ता कोषबाट बचतमा योगदान गर्ने सदस्यहरुलाई २.५ प्रतिशत र ऋणमा योगदान गर्ने सदस्यहरुलाई २.५ प्रतिशतका दरले हुन आउने रकम प्रदान गर्ने निर्णय गरेको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप