संकल्प साकोस: १६ औ बार्षिक साधारण सभा
संकल्प साकोसमा गणेश पौडेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
संकल्प साकोसमा गणेश पौडेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति

रौतहट । चन्द्रनिगाहपुर स्थित संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औ बार्षिक साधारण सभा असोज १९ गते शनिबार सम्पन्न भएको छ ।  सभाको उदघाटन चन्द्रपुर नगरपालिकाका प्रमुख संजय काफ्लेले गर्नुभएको थियो ।

सभामा नगर प्रमुख काफ्लेले संकल्प बचत तथा ऋण सहकारी संस्थाले सदस्यमार्फत उत्पादनशीलता बढाउँदै समाजलाई सहकारी सेबाको माध्यमबाट उज्यालो तर्फ डोहोर्याउन आग्रह गर्नुभएको थियो ।

सभामा संस्थाका अध्यक्ष बिभु पोखरेलले अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै २०६५ पौष २१ गते १ सय ११ सदस्यबाट ३१ लाख १९ हजार १ सय पुँजी संकलन गरी संकल्प साकोसको स्थापना गरिएको इतिहास स्मरण गराउँदै हाल प्रबिधिमैत्री युग अनुरुप संकल्प साकोसलाई पनि सोही अनुसार संचालन गर्दै आएको जानकारी गराउनुभयो ।

संस्थाको वार्षिक प्रतिबेदनमा सम्पुर्ण प्रबिधिलाई आत्मसात गर्दै आर्थिक बर्ष ०८०/०८१ को असार मसान्तमा आई पुग्दा ४ हजार ४ सय ५१ जनाको शेयर पुजी ६५ करोड ६६ लाख ९ हजार ३ सय, निक्षेप ४९ करोड ७२ लाख १० हजार ६ सय २१ रुपैया १८ पैसाको शुध्द ऋण लगानी ४९ करोड ९९ लाख ३४ हजार ४ सय २० रुपैया ४२ पैसा गरी कुल सम्पती ६७ करोड २२ लाख २० हजार ६ सय ४८ रुपैया २४ पैसा रहेको जनाइएको थियो ।

संस्थाका कोषाध्यक्ष बलराम गौतमले बार्षिक प्रतिबेदन र लेखा समितिको तर्फबाट संयोजक गणेश पौडेलले प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाका सहसचिब चीरन्जिवी गौतमले सञ्चालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तब्य संस्थाका सचिब कुल बहादुर थापाले राख्नुभएको थियो ।

संस्थाको साधारण सभाले आगामी कार्यकालको लागि गणेश पौडेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित गरेको छ । साकोसको उपाध्यक्ष कुलबहादुर थापा, सचिवमा चिरञ्जिबी गौतम, सहसचिव रामचन्द्र तिमल्सिना, कोषाध्यक्ष कृष्णचन्द्र पोखरेल, सदस्यहरुमा जनकराज भारती, वेदनाथ हुमागाई, एकनाथ चौलागाई, विदुर प्रसाद न्यौपाने, राजकिशोर गुप्ता, शारदा भण्डारी, गृष्मा सापकोटा, सुब्बा कार्की, रामानन्द साह र सत्यभामा अधिकारी रहनुभएको छ ।

त्यसैगरी संस्थाको लेखा सुपरिवेक्षण समितिको संयोजक पदमा बलराम प्रसाद गौतम र राजनारायण चौधरी र राम प्रसाद तिमल्सिना सदस्य निर्वाचित हुनुभएको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप