कन्फ्रेन्श आइटीनरी
अन्तर्राष्ट्रिय सहकारी सम्मेलन २०२४ : के के छन् विषय ? को को छन् वक्ता ?
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अन्तर्राष्ट्रिय सहकारी सम्मेलन २०२४ : के के छन् विषय ? को को छन् वक्ता ?

काठमाडौं । अबको ४९ दिनपछि विश्व सहकारी अभियानको सबैभन्दा ठूलो मध्येको एक भेला भारतमा आयोजना हुँदैछ । विश्व सहकारी अभियानको ध्यान खिच्ने उक्त भेलाको सम्बन्धमा अहिलेदेखि नै चर्चापरिचर्चा सुरु भएको छ । कतिपयले आईसीए– अन्तर्राष्ट्रिय सहकारी सम्मेलन–२०२४ मा सहभागिताको लागि नाम दर्ता गराइसकेका छन् भने कतिपय तयारी गर्दैछन् ।

अन्यले पनि सञ्चारमाध्यममार्फत यसमा हुने छलफल, प्रस्तुतीकरण, सहभागीहरुबारे जानकारी ‘फिड’ गरिरहेका छन् । हुन् पनि हो, अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) स्थापनाको १ सय ३० वर्षे इतिहासमा पहिलो पटक दक्षिण एशियाली मुलुक भारतमा अन्तर्राष्ट्रिय सहकारी सम्मेलन आयोजना हुन गैरहेको छ ।

त्यसमाथि विश्व अर्थतन्त्र अनि विश्व सहकारी मञ्चमा भारतको प्रभुत्व बढिरहेको समयमा यो सम्मेलन नयाँ दिल्लीमा आयोजना गर्न लागिएको हो । विश्वका ३ सय ठूला सहकारीहरुको सूचीमा भारतको इन्डियन फारमर्स फर्टिलाइजर कोआपरेटिभ लिमिटेड (इफ्को), अमूल, लगायतका सहकारीहरु अग्रस्थानमा रहेका छन् । सोही कारण हाम्रो छिमेकी मुलक भारत विश्व सहकारीको ध्यान खिच्न सफल भएको छ । 

उक्त सम्मेलनमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसदेखि भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, वातावरण चिन्तक, लेखक तथा अभियन्ता बन्दना शिवा, भारतीय सहकारी मन्त्रालयका सचिव आशिष कुमार भुटानी, आईसीए अध्यक्ष एरियल ग्वार्को, आयोजक इफ्कोका प्रबन्ध निर्देशक उदय शंकर अवस्थी लगायत वक्ता रहनुभएको छ । सम्मेलनको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नु हुने सम्भावना छ भने उक्त सहकारी महाकुम्भमा भारतीय गृह एवम् सहकारी मन्त्री अमित शाह लगायतको पनि उपस्थिति रहने प्रबल सम्भावना छ । (सम्मेलनको उद्घाटन कार्यक्रम बारे भने अहिलेसम्म केही जानकारी उपलब्ध छैन ।)

यसैगरी, सम्मेलनमा कोअपरेटिभ्ज यूकेकी प्रमुख कार्यकारी अधिकृत रोज मार्ली, अफलातून इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत रोल्याण्ड मोनाश, भारतको केन्द्रीय बैंक रिजर्ब बैंक अफ इन्डियाको सहकारीसम्बन्धी प्रतिनिधि सतीश मराठी, अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सहकारी हेर्ने साइमल एसिम, क्यानाडाको सेन्ट मेरिज युनिभर्सिटीकी प्राध्यापक सोन्जा नोभोकिच, कोअपरेटिभ हेरिटेज ट्रस्टकी महाप्रबन्धक लिज म्याकभोर, नेदरल्याण्ड्सको राबो बैंक अन्तर्गत साना किसानहरुलाई जलवायु परिवर्तनको असर सामनामा सहयोगी गर्न सञ्चालित कार्यक्रम हेर्ने प्रमुख यल्मर भ्यान डी मोर्टेल पनि उक्त बहुप्रतिक्षित सम्मेलनका वक्ता रहनुभएको छ ।

यस्तै, हावार्ड विश्वविद्यालयको बर्कम्यान क्लेन सेन्टरका प्राध्यापक ट्रेबर स्कोल्ज, आईसीए लैङ्गिक समानता समितिकी अध्यक्ष सायोमारा नुनेज सेस्पिडिज, इटालीको लेगाकोपकी पूर्व बरिष्ठ अधिकारी स्टेफानिया मार्कोन, फेयर ट्र्ड इन्टरनेशनलकी प्रमुख कार्यकारी अधिकृत सान्ड्रा उवेरा मुरासा, सोलिड्यारिड्याड एशियाका सतद्रु चटोपाध्याय, लगायत छन् ।

१ सय ३० वर्षपछि भारतमा आयोजना हुने सम्मेलनमा ३ दर्जन बढी वक्ताहरु रहेको आईसीएले जनाएको छ । सम्मेलनका लागि ‘नीतिगत तथा उद्यशमीलताको अनुकूल वातावरण निर्माण’, ‘सहकारी परिचयको पुनर्पुष्टि, ‘उद्देश्यमूलक नेतृत्व विकास’ र ‘न्यायोचित, समतापूर्ण र उत्थानशील भविष्य निर्माण’ गरी ४ वटा मुख्य थिम छनौट गरिएका छन् । तीनै थिममा आधारित छलफल र प्रस्तुतीकरण रहने आईसीएले जनाएको छ । 

उद्घाटन सत्रको दिन ‘सहकारीले सबैका लागि समृद्धि निर्माण गर्दछ’ भन्ने थिममा आधारित प्रस्तुतीकरण समेत रहेको छ भने दिगो विकासमा सहकारीको योगदान बारे चर्चा हुनेछ । नेतृत्व विकाससँगै सहकारीमार्फत उद्यमशीलता प्रवर्धनका लागि नीतिगत अनूकलनको वातावरण निर्माणबारे पनि बहस हुनेछ ।

यस्तै, सहकारी परिचयको सघनताका उपाय तथा आयाम, सहकारीमार्फत समृद्ध भविष्य निर्माणको सम्भावना तथा त्यसका लागि गरिनुपर्ने कामहरु, आदिबारे सामूहिक छलफलको कार्यक्रम छ । यसैगरी, सम्मेलनमा सहकारी अभियानका अग्रदूतहरु रोचडेली पायोनियर्सबारेको वृत्तचित्र ‘द रोचडेल पायोनियर्स’ तथा ‘मन्थन’ चलचित्र पनि प्रदर्शन गरिने कार्यक्रम छ ।

सम्मेलनकै अवसर पारेर आईसीएको सञ्चालक समितिको बैठक समेत आयोजना गरिएको छ भने त्यसअघि महासंघका ४ वटै क्षेत्रीय संगठनहरु, विषयग निकायहरु, तथा विभिन्न उपसमितिका बैठकहरु सञ्चालन हुनेछन् ।

सम्मेलनकै अवसर पारेर अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को समेत औपचारिक घोषणा हुने कार्यक्रम छ । संयुक्त राष्ट्र संघले सन् २०२५ लाई दोस्रो अन्तर्राष्टिय सहकारी वर्षका रुपमा मनाउने घोषाणा गरिसकेको सन्दर्भमा नयाँ दिल्ली सम्मेलनले उक्त अभियानको औपचारिक घोषणा गरी कार्यक्रमहरु समेत सार्वजनिक गर्ने जनाइएको छ ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२० घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप