कोलिय देवदह साकोस: १९औं वार्षिक साधारण सभा
वित्तीय सहकारीको अनुशासनमा रहेका संस्थाहरुको जिम्मा स्थिरीकरण कोषमार्फत नेफ्स्कूनले लिन्छ: अध्यक्ष ढकाल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
वित्तीय सहकारीको अनुशासनमा रहेका संस्थाहरुको जिम्मा स्थिरीकरण कोषमार्फत नेफ्स्कूनले लिन्छ: अध्यक्ष ढकाल

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्र प्रसाद ढकालले स्थिरीकरण कोषलाई केन्द्रमा राखेर गैरस्थलगत सुपरिवेक्षणको संरचना तयार भएको दाबी गर्नुभएको छ । नेफ्स्कूनले स्थलगत एवम् गैरस्थलगत सुपरिवेक्षण विधिमार्फत सदस्य संघ संस्थाहरुको सघन र नियमित सुपरिवेक्षणका गर्ने भन्दै पछिल्लो समय कानूनी तथा नीतिगत संरचनाका साथै बलियो आन्तरिक तयारी गरी अफसाइट सुपरिवेक्षणको काम स्थिरीकरण कोषमामर्फत थालनी गर्न लागेको उहाँले बताउनुभयो ।

वित्तीय सहकारीको अनुशासनमा रहेका संस्थाहरुको जिम्मा स्थिरीकरण कोष मार्फत नेफ्स्कूनले लिने विश्वास अध्यक्ष ढकालले दिलाउनुभयो । उहाँले भन्नुभयो, 'वित्तीय सहकारी सञ्चालनका सिद्धान्त, मूल्य र मान्यताको परिपालना गर्ने साकोसहरुको जिम्मा कोषमार्फत नेफ्स्कूनले लिन्छ । यो ढंगबाट हामीले काम अघि बढाएका छौं ।' 

अध्यक्ष ढकालले भन्नुभयो, ‘अफ साइट सुपरभिजनको मेकानिजम तयार भैसकेको छ, कानूनी आधार पनि बनेको छ, स्थिरीकरण कोषमार्फत यो काम अघि बढाउँदै छौं । अन्तर्राष्ट्रिय असल अभ्यासलाई समेत ध्यानमा राखी हामीले कोषमार्फत सुपरिवेक्षणको लागि सबै संरचना तयार गरिसकेका छौं । यसले नेफ्स्कूनमाथि सदस्य संघ संस्थाको भरोसा बढोत्तरी हुने पूर्ण विश्वास लिएका छौं ।’

उहाँले थप्नुभयो, ‘गैर स्थलगत सुपरिवेक्षणका लागि कार्यक्रममा सहभागी एक सय सदस्यहरुको लागि चार जना जनशक्ति व्यवस्थापन गरिएको छ ।’ सुपरिवेक्षणका ढाँचाहरु केन्द्रीय बैंकका ढाँचाहरुसंग मिलान गरी कोष सञ्चालन समितिले स्वीकृत गरि सकेको र हाल सफ्टवेयर प्रणाली विकासको चरणमा रहेको अध्यक्ष ढकालले बताउनुभयो ।

रुपन्देहीको देवदह ७ स्थित कोलिय देवदह बचत तथा ऋण सहकारी संस्था लि. को २०८१ असोज १९ गते आयोजित १९औं वार्षिक साधारण सभाका प्रमुख अतिथि नेफ्स्कून अध्यक्ष ढकालले अन्तर्राष्ट्रिय असल अभ्यासका लागि एक्सेस स्तरीकरण कार्यक्रम निरन्तर गरिएको पनि बताउनुभयो । साकोसका अध्यक्ष ऋषिराम सापकोटाको अध्यक्षतामा आयोजित सभामा संघको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति, व्यवस्थापन तथा सेयर सदस्यहरुसँगै विभिन्न सरोकारवालाहरुको समेत सभामा बाक्लो उपस्थिति थियो ।

सभामा सञ्जाल साझेदारीको विषयमा धारणा राख्दै अध्यक्ष ढकालले साझेदारी मार्फत संघका कार्यक्रमहरुमा एकरुपता ल्याउने प्रयास गरिएको बताउनुभयो । उहाँले सञ्जालीकरणका लागि चालु योजनामा एक सय संस्था लिने नेफ्स्कूनको योजना रहेको पनि सुनाउनुभएको ।

यस्तै, जनशक्ति प्रमाणीकरणको संरचना तयार गरिएको, कर्जा सूचना केन्द्र, ऋण असुली न्याधिकरण, बचत सुरक्षण कोषका लागि पैरबी गरिएको तर सुक्ष्म सुपरिवेक्षण विना सफल नभएकोले स्थिरीकरण कोषवाट सुपरिवेक्षणको ढाँचा शुरु गरी पुनः पैरबी गरिने अध्यक्ष ढकालले कोलिय देवदह साकोसको साधारण सभालाई जानकारी गराउनुभएको हो ।

यसैगरी, संघ सञ्चालक समितिमा रहेकाहरुको प्रारम्भिक संस्थाहरुको स्थलगत सुपरिवेक्षण गरी प्रतिवेदन सहकारी विभागमा पेश गरिएको उहाँले बताउनुभयो ।

नेफ्स्कून अध्यक्ष ढकालले बचत तथा ऋण सहकारीहरुलाई वित्तीय संस्था मान्न नेपाल राष्ट्र बैंक तयार नभएकाले क्रेडिट युनियन ऐनका लागि बहस पैरवी गरिएको बताउनुभयो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४० दिन अगाडि

पाठकबाट थप