कोलिय देवदह साकोस: १९औं वार्षिक साधारण सभा
वित्तीय सहकारीको अनुशासनमा रहेका संस्थाहरुको जिम्मा स्थिरीकरण कोषमार्फत नेफ्स्कूनले लिन्छ: अध्यक्ष ढकाल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
वित्तीय सहकारीको अनुशासनमा रहेका संस्थाहरुको जिम्मा स्थिरीकरण कोषमार्फत नेफ्स्कूनले लिन्छ: अध्यक्ष ढकाल

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्र प्रसाद ढकालले स्थिरीकरण कोषलाई केन्द्रमा राखेर गैरस्थलगत सुपरिवेक्षणको संरचना तयार भएको दाबी गर्नुभएको छ । नेफ्स्कूनले स्थलगत एवम् गैरस्थलगत सुपरिवेक्षण विधिमार्फत सदस्य संघ संस्थाहरुको सघन र नियमित सुपरिवेक्षणका गर्ने भन्दै पछिल्लो समय कानूनी तथा नीतिगत संरचनाका साथै बलियो आन्तरिक तयारी गरी अफसाइट सुपरिवेक्षणको काम स्थिरीकरण कोषमामर्फत थालनी गर्न लागेको उहाँले बताउनुभयो ।

वित्तीय सहकारीको अनुशासनमा रहेका संस्थाहरुको जिम्मा स्थिरीकरण कोष मार्फत नेफ्स्कूनले लिने विश्वास अध्यक्ष ढकालले दिलाउनुभयो । उहाँले भन्नुभयो, 'वित्तीय सहकारी सञ्चालनका सिद्धान्त, मूल्य र मान्यताको परिपालना गर्ने साकोसहरुको जिम्मा कोषमार्फत नेफ्स्कूनले लिन्छ । यो ढंगबाट हामीले काम अघि बढाएका छौं ।' 

अध्यक्ष ढकालले भन्नुभयो, ‘अफ साइट सुपरभिजनको मेकानिजम तयार भैसकेको छ, कानूनी आधार पनि बनेको छ, स्थिरीकरण कोषमार्फत यो काम अघि बढाउँदै छौं । अन्तर्राष्ट्रिय असल अभ्यासलाई समेत ध्यानमा राखी हामीले कोषमार्फत सुपरिवेक्षणको लागि सबै संरचना तयार गरिसकेका छौं । यसले नेफ्स्कूनमाथि सदस्य संघ संस्थाको भरोसा बढोत्तरी हुने पूर्ण विश्वास लिएका छौं ।’

उहाँले थप्नुभयो, ‘गैर स्थलगत सुपरिवेक्षणका लागि कार्यक्रममा सहभागी एक सय सदस्यहरुको लागि चार जना जनशक्ति व्यवस्थापन गरिएको छ ।’ सुपरिवेक्षणका ढाँचाहरु केन्द्रीय बैंकका ढाँचाहरुसंग मिलान गरी कोष सञ्चालन समितिले स्वीकृत गरि सकेको र हाल सफ्टवेयर प्रणाली विकासको चरणमा रहेको अध्यक्ष ढकालले बताउनुभयो ।

रुपन्देहीको देवदह ७ स्थित कोलिय देवदह बचत तथा ऋण सहकारी संस्था लि. को २०८१ असोज १९ गते आयोजित १९औं वार्षिक साधारण सभाका प्रमुख अतिथि नेफ्स्कून अध्यक्ष ढकालले अन्तर्राष्ट्रिय असल अभ्यासका लागि एक्सेस स्तरीकरण कार्यक्रम निरन्तर गरिएको पनि बताउनुभयो । साकोसका अध्यक्ष ऋषिराम सापकोटाको अध्यक्षतामा आयोजित सभामा संघको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति, व्यवस्थापन तथा सेयर सदस्यहरुसँगै विभिन्न सरोकारवालाहरुको समेत सभामा बाक्लो उपस्थिति थियो ।

सभामा सञ्जाल साझेदारीको विषयमा धारणा राख्दै अध्यक्ष ढकालले साझेदारी मार्फत संघका कार्यक्रमहरुमा एकरुपता ल्याउने प्रयास गरिएको बताउनुभयो । उहाँले सञ्जालीकरणका लागि चालु योजनामा एक सय संस्था लिने नेफ्स्कूनको योजना रहेको पनि सुनाउनुभएको ।

यस्तै, जनशक्ति प्रमाणीकरणको संरचना तयार गरिएको, कर्जा सूचना केन्द्र, ऋण असुली न्याधिकरण, बचत सुरक्षण कोषका लागि पैरबी गरिएको तर सुक्ष्म सुपरिवेक्षण विना सफल नभएकोले स्थिरीकरण कोषवाट सुपरिवेक्षणको ढाँचा शुरु गरी पुनः पैरबी गरिने अध्यक्ष ढकालले कोलिय देवदह साकोसको साधारण सभालाई जानकारी गराउनुभएको हो ।

यसैगरी, संघ सञ्चालक समितिमा रहेकाहरुको प्रारम्भिक संस्थाहरुको स्थलगत सुपरिवेक्षण गरी प्रतिवेदन सहकारी विभागमा पेश गरिएको उहाँले बताउनुभयो ।

नेफ्स्कून अध्यक्ष ढकालले बचत तथा ऋण सहकारीहरुलाई वित्तीय संस्था मान्न नेपाल राष्ट्र बैंक तयार नभएकाले क्रेडिट युनियन ऐनका लागि बहस पैरवी गरिएको बताउनुभयो । 

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

४ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

पाठकबाट थप