गिताञ्जली साकोस: १७औं वार्षिक साधारण सभा
साकोस अभियानको सबलीकरणका लागि स्थिरीकरण कोष र स्तरीकरण कार्यक्रमः नेफ्स्कून महासचिव अधिकारी  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस अभियानको सबलीकरणका लागि स्थिरीकरण कोष र स्तरीकरण कार्यक्रमः नेफ्स्कून महासचिव अधिकारी  

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का महासचिव घनश्याम अधिकारीले स्थिरीकरण कोष र स्तरीकरण कार्यक्रममार्फत साकोस अभियानको सबलीकरण र सुदृढीकरण सम्भव भएको दाबी गर्नुभएको छ ।

काठमाडौं महानगरपालिका ४ चन्डोलस्थित गिताञ्जली महिला बचत तथा ऋण सहकारी संस्था लि.को आज आयोजित १७औं वार्षिक साधारण सभामा बोल्दै महासचिव अधिकारीले स्थिरीकरण कोषमार्फत जोखिम सुपरिवेक्षण तथा स्तरीकरण कार्यक्रममार्फत गुणस्तर सुनिश्चितता कायम गर्दा साकोस अभियान सबल अनि सुदृढ हुने दाबी प्रस्तुत गर्नुभएको हो ।

स्थिरीकरण कोषको माध्यमबाट सदस्य संस्थाहरुको जिम्मा लिने गरी नेफ्स्कूनले काम अघि बढाएको दाबी महासचिव अधिकारीको थियो । उहाँले भन्नुभयो, ‘बैंकहरु तलमाथि हुँदा नेपाल राष्ट्र बैंकले जिम्मा लिए जस्तै सदस्य साकोसहरुको नियमित जोखिम सुपरिवेक्षणमार्फत जिम्मा लिने संयन्त्रको रुपमा स्थिरीकरण कोषले काम गर्ने गरी कार्यविधि संशोधन भएको उहाँले बताउनुभयो । त्यस्तै, नेफ्स्कूनले सञ्चालन गरेको स्तरीकरण कार्यक्रमका माध्यमबाट संस्थाहरुलाई गुणस्तरीय बनाउने काम नेफ्स्कूनले गर्दै आएको पनि महासचिव अधिकारीले बताउनुभयो ।

गिताञ्जली साकोसकी अध्यक्ष सीमा अधिकारीको अध्यक्षतामा आयोजित सभामा साकोसको सञ्चालक तथा लेखा सुपरिवेक्षण समिति, उपसमितिहरु, व्यवस्थापन तथा सेयर सदस्यहरुको उपस्थिति रहेको थियो । 

सभामा नेफ्स्कून महासचिव अधिकारीले संसारभरका वित्तीय सहकारीहरु विश्व ऋण परिषद् (ओकू) मार्फत एउटै सूत्रमा बाँधिएको भन्दै नेपालको सन्दर्भमा नेफ्स्कूनले त्यो कामको अगुवाइ गरेको जानकारी गराउनुभयो । ‘नेफ्स्कूनका सदस्य साकोसहरुलाई अमेरिकामा मुख्यालय रहेको विश्व ऋण परिषद्सँग जोड्ने काम हामीले गरिसकेका छौं’, महासचिव अधिकारीले भन्नुभयो, ‘विश्व ऋण परिषद् (ओकू) ले चिन्ने ठाउँमा हामी पुगिसकेका छौं ।

नेफ्स्कूनसँग आवद्ध ३७ लाख बढी व्यक्तिगत सदस्यहरुलाई ओकूसँग टाईअप गराएका छौं ।’ यसले विश्व बचत तथा ऋण सहकारी (क्रेडिट युनियन) अभियान एउटै सिद्धान्त, मूल्य र मान्यताबाट सञ्चालित हुने परिपाटी विकासका निम्ति नेपाली साकोस अभियानलाई त्यो छाताभित्र अटाउने काम नेफ्स्कूनले गरेको महासचिव अधिकारीले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामी एक्लो वा टुहुरो छैंन् । हामीसँग राज्य छ, विश्व साकोस र सहकारी अभियान छ ।’

केन्द्रीय संघको भूमिकाबारे थप चर्चा गर्दै उहाँले हिजो भन्दा आज नेफ्स्कून परिस्कृत भएको, सञ्चालनको मोडालिटी फरक भएको बताउनुभयो । 

कोभिड १९, विश्व आर्थिक मन्दी र त्यसले नेपालको अर्थतन्त्रमा पारेको संकुचनको समयमा समेत नेफ्स्कूनले सदस्य संघ संस्थाहरुलाई सही मागनिर्देशित गरेका कारण सहकारीका सदस्यहरु हरतरहको सेवाबाट बञ्चित नभएको भन्दै उहाँले सहकारीका कर्मचारीहरुले जोखिम मोलेरै भएपनि सदस्यहरुको बचत फिर्ता, राहत तथा उद्दारमा भूमिका, कार्यालय सञ्चालन आदि काम गरेको स्मरण गर्नुभयो ।

यसरी सहकारी दुःख र विपतका बेला झन बढी प्रभावकारी भएको उहाँले बताउनुभयो । गिताञ्जली साकोसले पनि प्रौढ शिक्षा, सिलाई बुनाईका कार्यक्रमहरु सञ्चालन गरेको जानकारी प्राप्त गर्दा खुसी लागेको उहाँले बताउनुभयो । अर्थोपार्जन तथा स्वरोजार सृजनामा सहकारीहरुले राम्रो काम गरेका प्रशस्त उदाहरण भएको भन्दै महासचिव अधिकारीले सहकारीमार्फत विश्वका थुप्रै मुलुकका अझै धेरै राम्रा काम भएको पनि बताउनुभयो ।

कार्यक्रममा नेफ्स्कून चाबहिल सदस्य सेवा कार्यालय प्रमुख राधा पोखरेल पनि अतिथि रहनुभएको थियो । १३ करोड ८८ लाख बढी कूल सम्पत्ति रहेको गिताञ्जली साकोसको १ करोड ३५ लाख बढी सेयर पुँजी, १० करोड १२ लाख बढी बचत निक्षेप तथा ८ करोड ६३ लाख बढी ऋण लगानी रहेको छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२३ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप