साकोस सञ्जाल अभिमुखीकरण तथा व्यवसाय प्रवर्धन कार्यक्रम
'सञ्जाल अभिमुखीकरण तथा व्यवसाय प्रवर्धन कार्यक्रम एकदमै प्रभावकारी भयो'
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'सञ्जाल अभिमुखीकरण तथा व्यवसाय प्रवर्धन कार्यक्रम एकदमै प्रभावकारी भयो'

बीरेन्द्रनगर, सुर्खेत । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) फिल्ड कार्यालय वीरेन्द्रनगर, सुर्खेतको आयोजनामा साकोसका अध्यक्षहरुसँग बिजया दशमी तथा शुभ दिपावलीको शुभकामना सहित साकोस सञ्जाल अभिमुखीकरण तथा ब्यवसाय प्रवर्धन सम्बन्धी १ दिने अन्तरक्रिया कार्यक्रम मिति २०८१ असोज २० गते नेफ्स्कून सञ्चालक तथा सुर्खेत सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक विर बहादुर रावत भोटेको अध्यक्षतामा बीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ ।

अन्तरक्रिया कार्यक्रममा उपसमिति सदस्य देबेन्द्र शाह, बली बहादुर अधिकारी, जिल्ला बचत संघ सुर्खेतका अध्यक्ष लगायत  सुर्खेत र दैलेख जिल्लाका विभिन्न साकोसका अध्यक्ष तथा प्रतिनिधी गरी जम्मा २५ जनाको सहभागिता रहेको थियो । 

कार्यक्रममा सबैले एक आपसमा शुभकामना आदानप्रदान गर्नु भएको थियो । कार्यक्रममा संघका सञ्चालक बिर बहादुर रावत भोेटेले अन्तरक्रिया कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागिलाई बिजया दशमी र शुभ दिपावली २०८१ को शुभकामना समेत व्यक्त गर्दै नेफ्स्कूनले सहकारी अभियानका लागि गरि रहेको पहल कदमीका बारेमा जानकारी गराउनु भएको थियो । नेफ्स्कूनले वित्तिय सहकारी ऐन, कर्जासुचना केन्द्र, कर्जा असुली न्यायधिकरण, बचत सूरक्षण कोषको स्थापनाका लगायत आफ्ना सदस्य संघसंस्थाहरुको बृद्धि, विकास र आवश्यक नीति तथा पहल कदमीका लागि निरन्तर रुपमा काम गरि राखेको जानकारी गराउनु भयो । 

विभिन्न साकोसका सहभागि हुनु भएका अध्यक्षहरुले नेफ्स्कून धेरै लामो पछि यसरी आयोजना गरेको सञ्जाल अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम एकदमै प्रभावकारी रहेको र धेरै कुराहरु सिक्ने अवसर प्राप्त भएकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्ने, राज्यले सहकारीको आयकरमा गरेको बृद्धिलाई पुरानै रुपमा यथावत राख्न, सदस्यहरुलाई ऋण लगानी गर्दा मालपोतमा लाग्ने दृष्टिबन्धक शुल्क छुट लगायतका विषयमा संघले पहल कदमी गरिदिनुपर्ने सुझाव प्रदान गर्नु भएको थियो ।

स्थिरीकरणकोषमा योगदान गर्ने साकोसहरुलाई तालिम तथा शिक्षामा कार्यक्रममा सहुलियत हुनु पर्ने, स्तरीकरण कार्यक्रममा सहभागितामा छुट लगायतका बिषयमा सुझाव दिनु भएको थियो । स्थिरीकरण कोषमा सहभागिता नभएका साकोसहरुले चाडैं स्थिरीकरण कोषमा योगदान गर्ने प्रतिबद्धता पनि ब्यक्त गर्नु भएको थियो । 

कार्यक्रममा सदस्य सेवा कार्यालयका प्रमुख चन्द्रदेव जोशीले संघको प्रदान गरीराखेको वित्तिय सेवाहरु, बचत तथा ऋण सहकारीका सिद्धान्तहरु, सहकारी नियमनको अन्तराष्ट्रिय अभ्यास, नफ्स्कूनको छैटै रणनीतिक योजना, सञ्जालका संथागत मूल्यहरु, स्थिरीकरण कोषको कानुनी पृष्ठभूमि, सञ्चालन समितिको संरचना, स्थिरीकरण कोष किन आवश्यक छ, कोषमा सहभागिताका लागि योग्यता र कोषको उपयोग, नेफ्स्कूनका बस्तु तथा सेवाहरु, जोखिम सुपरीवेक्षण कार्यक्रम, तालिम, शिक्षा, सदस्य सूचना प्रणाली (एम.आई.एस) मा तथ्यांक अद्यावधिक, मिरा सफ्टवेयरको प्रयोग, नेफ्स्कूनको अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गर्दै जानकारी गराउनु भएको थियो ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२२ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप